Showing posts with label विद्यानाथ कोइराला. Show all posts
Showing posts with label विद्यानाथ कोइराला. Show all posts

15.9.21

धर्म, धम्म र धर्म निरपेक्षता

विद्यानाथ कोइराला:- धर्म भनेको ऋत हो। ऋग्वेदले ६३ ठाउँमा यो शब्द लेख्यो। ऋतको अर्थ सत्य हो। त्यसो भए धर्म निरपेक्ष भनेको सत्यको विरोध गर्ने भनेको हो त ? ऋतको अर्थ नियमबद्धता पनि हो। त्यसो भए धर्म निरपेक्षता भनेको बेनियममा काम गर्ने भनेको हो त ? ऋतको अर्थ स्वाभाविक गुण पनि हो। त्यसो भए धर्म निरपेक्षता भनेको अस्वाभाविक कार्य गर्ने गराउने हो त ?

 वैदिक चिन्तनको धर्म : निरपेक्ष कि सापेक्ष हुने ? उपनिषदीय अर्थमा धर्म भनेको मेलमिलाप हो। सत्य हो। त्यसो भए धर्म निरपेक्षता भनेको बेमेलको खेल खेल्ने खेलाउने हो  त ? असत्यको खेल खेल्ने खेलाउने हो त ? बृहदारण्यकोपनिषद् (१.४.१४) अनुसार धर्म भनेकै सत्य हो। सत्य भनेकै धर्म हो। अर्थात् यी दुवै शब्द पर्यायवाची हुन्। त्यसैले धर्मराज्य भन्ने शब्द बनेको हो। सत्यको सहाराले राज्य गर भनिएको हो। योगमायाले बोकेको चिन्तन त्यही हो। भगत सर्वजित विश्वकर्माले बोकेको चिन्तन त्यही हो। त्यसो हो भने धर्म निरपेक्ष शासन व्यवस्था भनेको असत्यको बलमा शासन चलाउनुपर्छ भनेको हो त ? वात्स्यायनले धर्मलाई दुई भागमा बाँडे। शरीरको धर्म। मनको धर्म। उनका लागि शरीरको धर्म भनेको दान दिनु हो। 

27.8.21

व्याकरणीय अपराध : मूलै सुक्छ कि ?

प्रा. विद्यानाथ कोइराला :- लिपि हुन्छन् । बन्छन् । बनाइन्छन् । देवनागरी स्वार्जित लिपि हो । रोमन बनेको लिपि हो । थाई बनाइएको लिपि हो । देवनागरी लिपि नादबाट जन्मियो । नाद धुन हो । नाद ब्रह्म भनेको पनि त्यही हो । अर्थात् आफ्नो शरीरको धुन आफैंले सुन्नु । त्यसैमा रमाउनु नाद ब्रह्म हो । नादबाट शब्द बन्छ । नटेश्वर शिवले त्यसै गरे । शिव नादबाट १४ कोटी (थरी) का शब्द निस्किए– अ, इ, उ, ण, ऋ, लृ क आदि ।

यी निस्किएका शब्द नै शब्द ब्रह्म हुन् । ध्यानस्थले सुन्ने शब्द तिनै हुन् । यी नाद र शब्दहरूलाई एकसाथ झंकारित गर्ने अक्षर ॐ हो । त्यसैले ॐ आफैंमा नाद ब्रह्म हो । शब्द ब्रह्म हो । मान्त्रिक एवं तान्त्रिकहरूको चिन्तनमा नाद र शब्दले गति दिन्छ । ॐले गतिलाई झंकरित गर्ने तागत दिन्छ । यस अर्थमा ॐ ब्रह्म ऊर्जा तान्ने एकल नाद हो । शब्द हो । ऋग्वेदको पहिलो मण्डल त्यसै भन्छ । शिवले निकालेका १४ कोटीका शब्दमा क्रमबद्धता छ । फोनिक्स छ । संकेत (नोटेसन) छ । संगीत छ ।