Showing posts with label अन्तर्वार्ता. Show all posts
Showing posts with label अन्तर्वार्ता. Show all posts

8.10.22

नेपालीहरू हिन्दु होइनन् खस हुन मष्टो हुन सनातनी हुन।

समकालीन राजनीतिक-सामाजिक डिस्कोर्समा असहमति लेखिरहेका लेखक हुन्— सौरभ । उनी एकेडेमिक इतिहासले फेला नपारेका गुढ तथ्य उधिन्छन् । इतिहासलाई वर्तमानसँग जोडेर लेख्नु उनको विशेषता हो । नेपाली इतिहास, संस्कृति, पहिचान र राजनीतिबारे मूलधारको बुझाइमाथि प्रश्न गर्ने उनका ‘सौरभका पच्चीस वर्ष' र ‘असहमति' प्रकाशित छन् । ‘असहमति'लाई उनको वैचारिक स्पष्टताको विशिष्ट मोड मानिन्छ । त्यस्तै सुजित मैनालीसँग उनको सहकार्यमा पश्चिमा लेखकले नेपाली इतिहासबारे गरेका गलत टिप्पणीको संग्रह ‘ब्रेकिङ नेपाल' हालै प्रकाशित छ । समकालीन मुद्दामा फरक कोण प्रस्तुत गर्ने सिलसिलामै उनले ‘असंगति' लिएर आएका छन् । ‘असंगति'को सेरोफेरोमा सौरभसँग उनको लेखन, विषयवस्तु र समकालीन सन्दर्भमाथि दीपक सापकोटाले गरेको कुराकानीः

समकालीन राजनीतिक-सामाजिक डिस्कोर्समा असहमति लेखिरहेका लेखक हुन्— सौरभ ।

18.10.21

दशैंबारे जान्नैपर्ने पाँच तथ्य

महेशराज पन्त:- दशैंबारे मैले अखबारी लेखहरू तथा आफ्ना विभिन्न पुस्तकहरूमा लेखिसकेको छु । यद्यपि अहिले पनि दशैंबारे धेरै भ्रम व्याप्त छ । मानिसहरूले तथ्य र प्रमाणविनै आ–आफ्नो तरिकाले यो चाड कसरी सुरु भयो, कहिलेदेखि सुरु भयोजस्ता तर्क पेश गर्दै आएका छन् । यसले गर्दा सामान्यजनदेखि प्रबुद्ध व्यक्तिलाई समेत भ्रम पर्न गएको छ । पाठकको सहजताका लागि दशैंबारे अति सामान्य केही कुरा बुँदागत रूपमा उल्लेख गरेको छु :
१. दशैं मुख्यतः सामरिक चाड हो । समर अर्थात् लडाइँ, काटमार तथा बलिसँग दशैं बढी सम्बन्धित छ । हाम्रो धर्मशास्त्रअनुसार चारै वर्णको आ–आफ्ना प्रमुख चाड छन् । जस्तोः ब्राह्मणको लागि जनैपूर्णिमा, क्षेत्रीको दशैं, वैश्यको लक्ष्मीपूजा र शुद्रको फागुपूर्णिमा । यसर्थ ब्राह्मणले दशैं नमाने पनि अपराध हुँदैन । ब्राह्मणको सबैभन्दा विशिष्ट चाड जनैपूर्णिमा (जसलाई ऋषितर्पणी पनि भनिन्छ) हो ।

2.9.21

अनि कसरी सुध्रन्छ भाषा ?

शरच्चन्द्र वस्ती :- फागुन ९ गतेको सम्पादकीयमा पहिलो वाक्य छ, ‘किसानको सम्मान र कृषि कर्मलाई प्रतिष्ठित नबनाएसम्म नेपाल साँचो अर्थमा कृषिप्रधान देश हुन सक्दैन।’ किसानको सम्मान र कृषि कर्मलाई प्रतिष्ठित नबनाएसम्म रे! कृषि कर्मलाई प्रतिष्ठित बनाउनु त ठिकै हो। सम्मानलाई पनि प्रतिष्ठित बनाउने ? सम्मान त आफैमा प्रतिष्ठित हो नि हैन र ? 
यहाँ लेख्नेलाई सम्पादकीयमा के बिग्रियो भन्ने पनि बोध छैन। यो भनेको भाषाप्रतिको बेवास्ता हो। नेपाली सम्पादकीयमा भाषा सँगसँगै व्याकरण र हिज्जेप्रतिको बेवास्ता पनि उस्तै छ। यो गम्भीर लापरबाही हो। वाक्य गठन नै हास्यास्पद भएपछि शब्दहरू राम्रो राखेर के गर्नु।  

त्यही सम्पादकीयको तलतिरको वाक्य छ, ‘सरकारले कुनै पनि कृषि लायक जग्गा बाँझो राख्न नपाउने नीति बनाएर कृषिलाई राष्ट्रिय प्राथमिकता दिएको छ।’

यसको अर्थ अनुसार कृषि गर्न लायक जग्गा बाँझो राख्न नपाउने नीति बन्ने बित्तिकै राष्ट्रिय प्राथमिकतामा कृषि पुग्यो भन्ने अर्थ लाग्यो। लेख्ने नै के आशय प्रकट गर्न खोजेको हो, प्रस्ट छैन।

27.8.21

किताबहरूबाट गुज्रँदा

सौरभ:- ग्रीष्म र शिशिर झन्डै १० किलोमिटर परको पुस्तकालयमा पुग्नुपथ्र्यो अहिले पन्ध्र सय पाउन्ड पर्ने पुस्तक पढ्नलाई। तेस्रो दिनपछि पुस्तकालय बन्द भयो। कारण के रहेछ भने आधा घन्टा पुस्तकालयमा बसेर लाइब्रेरियनको घर हिँड्ने बानी रहेछ कोही पनि नजाने हुनाले।त्यसपछि माथि भनसुन गरेर पुस्तकालय खोल्न लगाउनु पर्यो। तर, उसले पुस्तक नै लुकाइदियो। फेरि भनसुन गरेपछि बल्लबल्ल पढ्न पाइयो।

केन्द्रीय पुस्तकालयको नेपाल सेक्सनमा एक महिला लाइब्रेरियन थिइन्। दुईवटा किताबमात्र पढ्न दिने चलन भए पनि उनलाई लिस्ट दिएपछि पच्चीसवटै किताब ल्याएर बेलाबखत दिइन्। त्यसले गर्दा झन्डै बाह्र सय किताब तीन वर्षमा सर्सर्ती हेर्न पाइयो।

सौरभलाई १४ यात्रा प्रश्न


राजकुरमार बानियाँ:- लेखक/स्तम्भकार सौरभ, ५५, को एउटा गोडा घरबाहिरै हुन्छ । कहिले सिन्धुली हुन्छन् त कहिले त्रिशूली । कुन सनकमा कति बेला कता हिँडिहाल्छन् । त्यसैले फेरुवा लुगा, पन्जा, गगल्स, बायनाकुलर, औषधि राखिएको झोला हरदम तयार हुन्छ । जान लागेको ठाउँ घरमा कहिल्यै बताउँदैनन्, बरु गएको ठाउँ छाडेर आएपछि खबर दिन्छन् । फर्केपछि यात्राको विवरण कसैले सोध्दैन पनि । 
तपाईंलाई यायावर भन्न मिल्छ ?
यायावरीमा मेरो रुचि पक्कै छ । तर, मैले यायावरको धाक दिन मिल्दैन । घुमफिरमा रहर भएको मात्र हो । खैरे (विदेशी)सँग जति पैसा र समय छैन मसँग ।
घुमक्कड नेपाली त हो नि तपाईं ?
म बोटनिस्ट, जियोलोजिस्ट र जोग्राफर होइन । टोनी हागनले नेपालको आठ हजार किलोमिटर यात्रा गर्दाको सहयोगीका रूपमा आया शेर्पाको नाम लिएका छन् । मेरो विचारमा आया र योगी नरहरिनाथ घुमक्कड नेपालीमा पर्छन् । 

देशले संघीयता धान्न सक्दैन, मुख्य समस्या नै पैसा हो

सौरभसँगको कुराकानी :- देशको पछिल्लो राजनीतिक विकास क्रमलाई लेखक-बुद्धिजीवीहरु आ-आफ्नो ढंगमा विचार-विवेचना गरिरहेका छन् । कांग्रेस पराजयको कारणदेखि वाम गठबन्धनको भविष्यसम्ममा अनेक कोणबाट सञ्चार माध्यममा पोखिएका छन् ।
यो होहल्लाबीच मौन बसिरहेका छन्, चर्चित लेखक सौरभ । त्यसो त, उनी फ्याट्ट लेखिहाल्ने, बोलिहाल्ने मान्छे पनि होइनन् । हामीले अलि कर गरेपछि उनी समसामयिक राजनीतिका विषयमा अन्तरवार्ता दिन तयार भए । त्यस क्रममा उनले एमाले र माओवादी गठबन्धनलाई सकारात्मक रुपमा लिए पनि भविष्यमा प्रचण्डले केपी ओलीलाई धोका दिन सक्ने सम्भावना औंल्याए । प्रस्तुत छ, सौरभसँग गरिएको कुराकानीः