याे हाम्राे इतिहास लेख्ने समय हाे । भविष्यका सन्ततिहरुलाई जवाफ दिन केहि गर्नु अत्यन्तै आवश्यक छ । हामी सबैले आफ्नो कर्तव्य पुर्ण निष्ठापुर्वक स्वक्रियात्मक भएर निर्वाह गरौं । नेपालको परिप्रेक्ष्यमा, आधुनिकता र पुनर्जागरण दुवैलाई सँगसँगै अवलम्बन गर्ने प्रवृत्ति पृथ्वीनारायण शाहमा देखिन्छ । भीमसेन थापाले फ्रान्सेली पद्धतिको सिको गरी सेनाको पुनः संरचना गर्न खोजे । जब्गबहादुर राणाले बेलायत र फ्रान्सको यात्रापछि छापाखाना लगायतका विभिन्न प्रविधि भित्र्याए र नेपोलियन कोडको ढाँचामा मुलुकी ऐन बनाउन लगाए |
Showing posts with label निर्मलमणी अधिकारी. Show all posts
Showing posts with label निर्मलमणी अधिकारी. Show all posts
26.1.22
पुनर्जागरण अभियान
इतिहासकाे सवैभन्दा राम्राे र जटिल समयमा हामी उभिरहेका छौं । याे समय युगौं पछि प्राप्त भएकाे छ | जहाँ विज्ञान, प्रविधि, धर्म र सहृदयता एकै स्थानमा सुसंयाेजन गर्ने आत्यन्तै ठुलाे जिम्मेवारी छ र माैका पनि हाे | हामी स्वक्रियात्मक भएर आ-आफैले सबै क्षेत्रबाट जति सकेको मुठी दान, समय दान, प्रविधि दान, विवेक दान, ज्ञान दान र अर्थ दान जे-जे सकिन्छ सबैले सक्ने दान गरौँ ।
18.10.21
अहिंसा र हिंसा : राज्यनीतिमा कसरी अन्तःसम्बन्धित छन् ?
डा. निर्मलमणि अधिकारी :- “वैज्ञानिक सत्ययुग” लक्ष्य लिनेले अहिंसा र हिंसाको अन्तःसम्बन्धलाई कसरी हेर्ने भन्ने सवाल प्रस्तुत लेखको मुख्य विषय हो । राज्यतन्त्रको क्रमविकास मान्ने हो भने राज्यको अस्तित्त्व नहुँदैको अवस्थामा पहिले ‘ऋत’को र दोस्रो चरणमा ‘धर्म’ (‘धम्म’) को शासन चलेको थियो भन्ने साक्ष्य वैदिक, जैन र बौद्ध परम्पराका वाङ्मयहरूबाट पाइन्छ । ‘दण्डनीति’को चरण तेस्रोमा पर्छ । आधुनिक युगमा ‘कानुन’को शासन राज्यतन्त्रको मानक बनेको छ । ‘कानुन’लाई प्रतिमान नमानेर ‘मताग्रह’ (आइडियोलोजी) लाई मुख्य साधन मान्नेहरू पनि आधुनिक युगकै हुन् ।
‘ऋत’को शासनको युगमा अहिंसा र हिंसाको उहापोह गर्नु पर्ने नै थिएन । अझ भनौँ भने ‘ऋत’को युगमा हिंसाको उल्लेखै आवश्यक थिएन । ‘धर्म’को शासनको युगमा कम्तीमा पनि अवधारणात्मक हिसाबले अहिंसा र हिंसाको द्विविध विकल्प मानव समाजमा रहेको बुझिन्छ । तीमध्ये अहिंसा नै श्रेष्ठ हो भन्ने जोड त्यहाँ दिइएको देखिन्छ । ‘धर्म’को युगमा हिंसा पनि एक विकल्प हो भन्ने जानकारी दिइएको भएतापनि अहिंसालाई नै आदर्श व्यवहार मानिएको थियो ।
25.8.21
प्राचीन प्रमाण पद्धति
डा निर्मलमणी अधिकारी :- मान्छे स्वाभाविक तवरलेनै शंकालु छ भनिन्छ । कसैले यसै हुन्छ भन्योभन्दैमा त्यत्तिकै स्वीकार नगरी जाँच-परख गर्न चाहन्छ ऊ । कुनैपनि तथ्य ठिक वा बेठिक साबित गर्नकालागि प्रमाण चाहिन्छ भन्नेमा प्रागैतिहासिक काल देखिनै दार्शनिकहरु सहमत छन् ।
आधुनिक विज्ञान त झन् प्रमाणको जगमा नै उभिएको छ । तर प्रमाण के-कस्तो हुनुपर्ने र कति हुनुपर्ने भन्ने पक्षमा दार्शनिकहरुको आ-आफ्नै मत रहेको थियो; र छपनि । प्राचीन दर्शन-पद्धतिहरुमा एक देखिलिएर नौओटासम्म प्रमाण मानिएको पाइन्छ । प्राचीन कालका भौतिकवादी चार्वाक फगत् एक प्रमाणमात्र मान्दछन्- प्रत्यक्ष प्रमाण । बौद्धले दुईओटा प्रमाण मान्दछन्- प्रत्यक्ष र अनुमान । यता वैशेषिक दर्शनले पनि प्रत्यक्ष र अनुमान गरी दुईओटै प्रमाण मान्दछन्; तर बौद्धको अनुमान प्रमाण र वैशेषिकको अनुमान प्रमाण फरक-फरक किसिमका छन् ।
Subscribe to:
Posts (Atom)

