13.6.23

आउँदै छ अब लुगा डिजाइन गरेजस्तै बेबी डिजाइन गर्ने दिन

ज्ञान मित्र-  केही दिनदेखि मलाई व्यासको सम्झना आइरहेको छ। प्रायः हिन्दु धर्मालम्बीहरुलाई यो श्लोक स्मरण हुन्छ – हिन्दु धार्मिक मान्यतामा आठजना व्यक्तिलाई चिरञ्जिवी मानिन्छ। व्यास यीमध्ये एक हुन्। व्यास जन्मसम्बन्धी कथाअनुसार ऋषि परासर वनप्रान्त हुँदै गइरहेका थिए। नदी छेउका माझी नाइके दासराजको छोरी मत्स्यगन्धाले आफ्नो नाउबाट उनलाई नदी पार लैजाँदै थिइन्। ऋषिको दिल माझी पुत्रीमा आकर्षित भयो। उनले कन्यासँग एउटा पुत्रको अभिलाषा गरे। 

अनेको शर्त र ‘डिमाण्ड’ पश्चात् माझीकन्या ऋषिको अभिलाषा पूरा गर्न सहमत भइन् र ऋषिले नियोग विधिद्वारा छोरो जन्माए, जुन कालान्तरमा गएर व्यास नामले विख्यात भए। सृष्टि मैथुनीय छ। सृष्टिलाई मैथुनीय मात्रै मान्ने दृष्टिकोणले मैथुनको अनिवार्यता अपरिहार्य हुन्छ सृष्टि सञ्चालनका लागि। यस दृष्टिकोणले आधुनिक युगमा नियोगलाई सम्भोगकै एउटा अथवा कुनै प्रकारको विधि सम्झिनु बाहेकको अर्को कुनै समझ हुन सक्दैन हामीसँग। यस पंक्तिलाई याद राख्नु होला, लेखमा पछि यसबारे चर्चा हुन्छ।

1.5.23

वैदिक हिन्दु संस्कारहरू

आमोदवर्धन कौण्डिन्न्यायन:-  संस्कारहरूको महत्त्व जन्मभन्दा अघिदेखि मृत्युपर्यन्त विभिन्न समयमा मनुष्यलाई परिष्कृत पार्न गरिने विशेष कर्महरूलाई वैदिक धर्ममा संस्कार भन्दछन् । संस्कारले प्राकृतिक रूपमा रहने विभिन्न दोषहरूलाई हटाई मनुष्यलाई परिष्कृत वा सुसंस्कृत पारी योग्य बनाउने काम गर्दछ । मनुष्य जन्मँदा प्रायः पशुसमान प्राणी हुने हुँदा उसमा मनुष्योचित गुण¬हरूको आधान गर्न र उसलाई आत्मज्ञान गर्ने उच्च भावभूमिमा पुर्‍याउनसमेत गर्भाधानको समयदेखि नै संस्कार गर्नुपर्ने बुझिन्छ । यथाकाल संस्कार नगरिएको मनुष्य व्रात्य हुन्छ । 

व्रात्य भनेको स्वजातिच्युत भनेजस्तै हो । तसर्थ समयमै विधिपूर्वक संस्कारहरू सम्पन्न गर्नुपर्छन् । मनुस्मृतिले शास्त्रनिर्दिष्ट गर्भाधानादि संस्कारलाई शरीरको (सूक्ष्म शरीरको समेत) संस्कारका निमित्त गरिने हो भन्ने मानेको छ—

पाणिनीय व्याकरण र कौण्डिन्न्यायन शिक्षा

आमोदवर्धन कौण्डिन्न्यायन:-  वेदका छ ओटा अङ्ग छन्— १.शिक्षा, २.कल्प, ३.व्याकरण, ४.निरुक्त, ५.छन्द र ६.ज्योतिष । वेदको स्वरूप, अर्थ, प्रयोग र रहस्य बुझाउन ऋषि–मुनिहरूले वेदाङ्गहरूको अर्थात् वेदका अङ्गहरूको रचना गर्नुभएको हो । यी छओटा शास्त्रलाई षडङ्ग पनि भन्दछन् । वेदको संरक्षण गर्न र वास्तविक अर्थ बुझाउन यी शास्त्रको ठूलो भूमिका रहेको हुनाले यिनको गम्भीर रूपमा अध्ययन–मनन गरेपछि मात्र वेदको अर्थ र तात्पर्य बुझ्न सक्ने आधार तयार हुन्छ ।

यहाँ यस लेखका विषयसित सम्बद्ध शिक्षा र व्याकरण यी दुई अङ्गको विशेष रूपमा चर्चा गर्न खोजिएको छ । त्योभन्दा पहिला अन्य चार अङ्गको सङ्क्षिप्त रूपमा उल्लेख गरिन्छ ।

नासदीय सूक्तमा सृष्टिचिन्तन

आमोदवर्धन कौण्डिन्न्यायन विश्ववाङ्मयमा संस्कृत साहित्यको स्थान अद्वितीय तथा अतुलनीय छ । त्यसमा पनि वेदको स्थान सर्वोच्च र विशिष्ट रहेको छ। प्राच्य परम्परामा वेदलाई परमात्माको निश्वासरूप र सर्वथा दोषरहित ज्ञानराशि मानिएको छ। अनादि, अपौरुषेय, नित्य तथा ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजित, अनेक शाखा भएको, गुरुशिष्यको अध्यापन र अध्ययनको परम्पराबाट आएको तथा मन्त्र र ब्राह्मणका रूपमा रहेको शब्दराशिलाई विद्वान्‌हरू वेद भन्दछन्। वेदको विधानको पालन गर्नु सनातन–वर्णाश्रम–धर्मावलम्बी आर्यहरूको परम कर्तव्य मानिन्छ। यसैबाट धर्म, अर्थ, काम र मोक्ष चार पुरुषार्थ सिद्ध हुन सक्छन्। 

चार वेदमध्ये ऋग्वेद विविध दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ। शैशिरीय–शाकलशाखाका ऋग्वेदसंहितामा एक प्रकारले गणना गर्दा ८ अष्टक, ६४ अध्याय, २०२४ वर्ग र १०५५२ ऋचा छन् भने अर्को प्रकारले गणना गर्दा १० मण्डल, ८५ अनुवाक, १०२८ सूक्त र १०५५२ ऋचा छन्। विविध छन्दमा बाँधिएका मन्त्रलाई ऋचा भन्दछन्। मन्त्र अथवा ऋचाहरूको सङ्ग्रहलाई नै संहिता अथवा मन्त्रसंहिता भन्ने गरिन्छ। ऋग्वेदको विभाजन र गणना ठीक प्रकारले बुझ्न नसकेर धेरै अध्येता अलमलमा परेका पनि छन्।

30.4.23

माटाेकाे मृत्युले भन्छ, प्रकृतितिर फर्काैं

 केही दिनअघि ट्विटरमा एकजना साथीले मलाई ‘मेन्सन’ गरेर लेख्नुभयो- बिनुजीका आलेखहरुमा वैदिक ग्रन्थ र आधुनिक विज्ञानका तथ्यहरुको फ्युजन हुन्छ, त्यसैले पाठकलाई विचारमा विमति हुने ठाउँ हुँदैन । हामी त तपाईंले प्रस्तुत गरे जस्तै आफ्नै सांस्कृतिक दर्शनको बाटोमा लागिसक्यौं । तर, बिनुजी, के तपाईंले हामीलाई हिमालयको गुफातिर लैजान खोज्दै हुनुहुन्छ ?उहाँको प्रश्नले मलाई एउटा ताजा आवाजतर्फ धकेलिरहेको छ । यो आलेख त्यही आवाजबाट सुरु गर्छु । अहिले तपाईं हामीले प्रयोग गर्ने सञ्चारका श्रव्यदृश्य या अरु माध्यमहरुमा पटक पटक दोहोरिएर आइरहने एक हरफ अंग्रेजी आवाज छ- ‘ब्याक टु नेचर’ । ब्याक टु नेचर, अर्थात् प्रकृतितिर फर्कौं । आखिर किन ‘ब्याक टु नेचर’, ‘ब्याक टु नेचर’ भनेको यति धेरै पटक यी आवाज दोहोरिएर आइरहेका छन् ? 

के सोच्यौं हामीले ?

अघिअघि वेद, पछिपछि विज्ञान

 सन् २०२२ को नोवेल पुरस्कार क्वान्टम थ्योरी प्रमाणित गर्ने तीनजना वैज्ञानिक एलेन एस्पेक्ट (फ्रान्स), जोन एफ. क्लाउजर (अमेरिका) र एन्टन जेलिङ्गर (अष्ट्रिया) लाई दिइयो । उनीहरुले इन्ट्याङ्गल फुटोन वेल इन इक्वालिटी स्थापित गरेबापत क्वान्टम सूचना विज्ञानका लागि यो पुरस्कार दिइएको हो । यसलाई प्रमाणित गर्दै उनीहरुले भने, ‘द युनिभर्स इज लोकल्लि नट रियल ।’ अर्थात् ब्रह्माण्ड सत्य होइन र सबैभन्दा छोटो समयमा लामो यात्रा गर्ने प्रकाश नभएर सूचना हो । जसलाई उनीहरुले टेलिपोर्टेशन नाम दिएका छन् । यी दुई कुरा प्रमाणित गर्दै गर्दा उनीहरुले वैदिक शास्त्रमा उल्लेख गरिएका ‘अन्तर्ध्यान’, ‘संसार माया हो’, ‘टेलिपेथी’, ‘आत्मातत्व अमर हो’ जस्ता धेरै कुरा प्रमाणित गरेका छन् । जसको सविस्तार व्याख्या यस आलेखमा गरिएको छ ।

तन्त्र: अन्तरतम ऊर्जाको जागृति

विनु पाेखरेल- केही समयअघि मैले सामाजिक सञ्जालमा तन्त्रसम्बन्धी केही किताबहरुको तस्बिर राखेकी थिएँ । त्यसबेला त म किताब पढ्न नै व्यस्त थिएँ । पछि पनि ती तस्बिरहरुमा प्रतिक्रिया र टिप्पणी आइरहेका रहेछन् । मैले सबैजसो प्रतिक्रियाहरु हेरें । ती किताबहरुको तस्बिरमा आएका केही प्रतिनिधि प्रतिक्रिया यस्ता थिए- किन मान्छे मार्ने विद्यातिर लागेको ?, तन्त्र पढेर तपाईंले अब फू गरेर मान्छेलाई उडाइदिने होला हैन ? ओहो ! यस्तो विद्या पढ्न लाग्या ? अब तपाईंदेखि डराउनुपर्ने भो । तन्त्रको साधना नै गर्न लागेको हो र ?, सन्यासी बन्न लाग्या ? अघोरीको विद्या, आदि आदि । सामाजिक सञ्जालमा आएका यी सबै प्रतिक्रियाका बुझाइको आधार थियो- तन्त्र भनेको चमत्कार, वशीकरण, झारफुक हो ।

8.10.22

“पढ्नु ध्यान हो”

आठ वर्षको उमेरमा बुवाको निधन भएपछि सौरभले आफ्ना अगुवा, आदर्श व्यक्तित्व र प्रिय साथी एकैपटक गुमाएको अनुभूति गरे । त्यो खाली ठाउँ भर्न आइपुग्यो, किताब । हजुरबा र बुवाले पढ्ने ‘स्टेटस् म्यान’, ‘बेइजिङ रिभ्यु’, ‘चाइना पिक्टोरियल’लगायत पत्रिका र म्यागेजिनको चाङबाट उनले अध्ययन अगाडि बढाए । उनी सम्झिन्छन्, ‘त्यतिबेला ठेली किताब पढ्ने उमेर पनि थिएन, उपलब्धता पनि थिएन । त्यसैले पत्रिका र म्यागेजिनका तस्बिर, तिनका क्याप्सन पढेर मेरो पठन–यात्रा सुरु भयो । 
बुक क्याफे
आठ वर्षको उमेरमा बुवाको निधन भएपछि सौरभले आफ्ना अगुवा, आदर्श व्यक्तित्व र प्रिय साथी एकैपटक गुमाएको अनुभूति गरे । त्यो खाली ठाउँ भर्न आइपुग्यो, किताब । हजुरबा र बुवाले पढ्ने ‘स्टेटस् म्यान’, ‘बेइजिङ रिभ्यु’, ‘चाइना पिक्टोरियल’लगायत पत्रिका र म्यागेजिनको चाङबाट उनले अध्ययन अगाडि बढाए ।

नेपालीहरू हिन्दु होइनन् खस हुन मष्टो हुन सनातनी हुन।

समकालीन राजनीतिक-सामाजिक डिस्कोर्समा असहमति लेखिरहेका लेखक हुन्— सौरभ । उनी एकेडेमिक इतिहासले फेला नपारेका गुढ तथ्य उधिन्छन् । इतिहासलाई वर्तमानसँग जोडेर लेख्नु उनको विशेषता हो । नेपाली इतिहास, संस्कृति, पहिचान र राजनीतिबारे मूलधारको बुझाइमाथि प्रश्न गर्ने उनका ‘सौरभका पच्चीस वर्ष' र ‘असहमति' प्रकाशित छन् । ‘असहमति'लाई उनको वैचारिक स्पष्टताको विशिष्ट मोड मानिन्छ । त्यस्तै सुजित मैनालीसँग उनको सहकार्यमा पश्चिमा लेखकले नेपाली इतिहासबारे गरेका गलत टिप्पणीको संग्रह ‘ब्रेकिङ नेपाल' हालै प्रकाशित छ । समकालीन मुद्दामा फरक कोण प्रस्तुत गर्ने सिलसिलामै उनले ‘असंगति' लिएर आएका छन् । ‘असंगति'को सेरोफेरोमा सौरभसँग उनको लेखन, विषयवस्तु र समकालीन सन्दर्भमाथि दीपक सापकोटाले गरेको कुराकानीः

समकालीन राजनीतिक-सामाजिक डिस्कोर्समा असहमति लेखिरहेका लेखक हुन्— सौरभ ।

चीन जाने बाटो

‘नेवाः राज्य सभ्यताको हाराकिरी’मा एउटा यस्तो वाक्य परेको थियो, लसुनको विशद बयान एउटै पुस्तकमा थियो र त्यो पुस्तकको एउटामात्र पृथ्वीमा जीवितप्रति नेवारहरूसँग थियो, काश्यप संहिता। जसले मह काढ्यो, उसले हात चाट्यो। लिम्बूहरूले लसुन चीनबाट आएको मानेका छन्, विज्ञानले त मानेकै छ। चीनको लसुनसँग नेवारहरूको गहिरो सम्बन्ध छ। अदुवा त्यस्तै सम्बन्ध रहेको अर्को खाद्य पदार्थ हो। लिम्बूहरूले अदुवालाई पनि चीनबाट आएको मानेका छन् (उनीहरूका देवता थुङ्थाङ्वा त्यसमा विराजमान भएर आए), विज्ञानले मानेको त छँदै छ। 

अदुवाको सम्भवतः हाम्रो प्राचीन उल्लेख अन्दाजी सन् ९४३ को बाजपरीक्षा (पोखरेल) को हो। तोरी नेवार, तामाङहरूमा मात्र नभएर ब्राह्मण, क्षत्रीहरूबीच पनि अत्यन्त प्रिय र कहिलेकाहीँ अनिवार्य साग हो। पवित्र मानिने भएकाले पनि नेवार र अरूहरूका पूजामा समेत प्रयोग हुन्छ। हजारौँहजार वर्षदेखि खाइँदै छ होला। यद्यपि सम्भवतः पुरानो उल्लेख सन् १६७३ को हो। 

‘नेपालीपनको अनुहार कोर्ने प्रयास’

सौरभ- 

अखबारहरूमा फरक बान्कीको लेखनशैली र विचार प्रवाहका कारण परिचित सौरभको ‘असंगति’ पुस्तक यसै साता सार्वजनिक भएको छ । उनका यसअघि ‘सौरभका २५ वर्ष’ र ‘असहमति’ प्रकाशित छन् । लेखकले ‘असहमति शृंखला’ अन्तर्गत पाँच कृति लेख्ने घोषणा गरेका छन् । असंगति उनको दोस्रो शृंखला हो । धेरै कुराहरू छुटे । अरूले लेख्दैनन् । लेखेको भए हुन्थ्यो । लेख्दे गयो भने भने डकुमेन्टेसन हुन्छ भनेर प्रयास गरेको हुँ ।

‘असंगति’ पुस्तक किन लेख्ने निर्णयमा पुग्नुभयो ? 
चराले जंगलमा एक दुई थोपा पानी खसालेको जस्तो प्रयास हो यो । नेपालीहरूले नेपालको ढाँचा कस्तो थियो भनेर बिर्सन थालेको हुनाले मैले सम्झाउने कोसिस गर्नुपर्‍यो । नेपाल देशको पहिचानमै निकै ठूलो संकट आएको छ, अहिले । किनकि पश्चिमाहरूले हाम्रो बारेमा धेरै गलत र भ्रामक कुरा लेखेका छन् । भिक्टोरिया, अलेक्जेन्डर, पिटर द ग्रेट आदिका बेला कस्तो अन्याय थियो, लुईहरूले फ्रान्समा के गरे भन्ने कुरा हामीले लेख्न सकेनौं । त्यस बेला हामी ‘अफेन्सिभ’ हुन नसकेका कारणले गर्दा अहिले ‘डिफेन्सिभ’ हुनुपर्‍यो । उनीहरूले हामीलाई ज्ञानको क्षेत्रमा झन्–झन् ‘डिफेन्सिभ’ बनाउँदै लगे । मगर, गुरुङ आदिको बारेमा बोल्ने उनीहरूको के हैकम ? 

7.10.22

पुराना दिनहरू

 काठमाडौँ — ‘कृष्णे/गोरखापत्र हेरेर/फिस्स हाँस्छ/फिस्स हाँस्छ/फिस्स हँँस्छ ।’ यसलाई पंक्तिकारले उद्धृत गरेको छ, कान्तिपुरको पहिलो अंक ७ फागुन, २०४९ मा, जुन दिन स्वयं कृष्णभक्त श्रेष्ठ गोरखापत्रको प्रधान सम्पादक हुनुहुन्थ्यो । कविता लेखिएको चाहिँ थियो, उहाँ प्रधान सम्पादक हुनुअघि नै एक पाठकका हैसियतले । 
प्रतिद्वन्द्वी छापाका रूपमा जन्मिन पुगेको दैनिकको पहिलो अंकमै अग्रज एक मात्र दैनिकलाई घुमाउरो पारामा गरिएको यो व्यंग्यको मर्म कतिले त्यति बेला बुझे होलान् वा बुझेनन्, थाहा छैन । 

उहाँले मलाई ‘मिस्कोटेड’ गरिदियो मात्रै भन्नुभयो । हाम्रो सद्भावना यथावत् छ । आजभोलि उहाँ घरमै अवकाश जीवन बिताइरहनुभएको छ । तर, त्यस दैनिकलगायत अरू कतिपय प्रकाशनहरूले प्रकाशन पनि एउटा प्याकेज हो भन्ने कुरा बुझेजस्तो चाहिँ लाग्दैन । 

युम्बिस्टा र ष्युम्बिल्हा ?

सौरभ- प्रारम्भयुमिला होइन युम्बिला हुनुपर्ने हो खुम्बिला हिमाल र तिब्बत दक्षिणको चुम्बी उपत्यका भनेजस्तै  । यसैबाट जुम्ला र हुम्ला स्थान नाम बने  । भन्ज्याङबोधक ला होइन, देवताबोधक ल्हा हो । शुद्ध हुन्छ जुम्ल्हा लेखिए, हुम्ल्हा लेखिए । तिब्बतको ल्हासा र ल्होसार चाड यसैबाट आउने हो । (यसैले जसरी हुम्लादरा तथा हिमालयको पर्यायवाची शब्दबाट बन्यो, द्यौल (देवल) र गरल दुई डाँडाबाट बनेको यमल संस्कृत शब्दबाट अपभ्रंसित रूपमा यमला–जुम्ला–जुंला–जुम्ला बन्यो— पेज २७, नेपाली ११०, लोकसाहित्य र सुदूरपश्चिमाञ्चलको देउदुराप–सिजापति, लाई मान्न सकिएन । त्यसैलाई समर्थन गर्ने १८ साउन २०७५ को कान्तिपुरको जुम्ला शब्दको व्याख्यालाई पनि मान्न सकिँदैन । किनभने नेपाली शब्द बनोटको परम्परा अंग्रेजीको एक्रोनिम होइन ।) बिष्ट पनि होइन, विष्ट हो । 

फुर्का पौभाको : हिमालयबाट पेरिससम्म

सोझै प्रारम्भ डोटीको फलेडीबाट नेपाली कागज बनाउन थालिएको हो (११ असोज २०३२ को गोरखापत्रमा सूर्यप्रसाद जोशी) । यो वाक्य पढेपछि पंक्तिकारलाई अचम्म लागेको थियो, कस्तो गजबको सूचना ? यस्तो पुरानो कुरा कसरी थाहा पाएको होला ? के होला स्रोत ? कौतूहल भयो । जसको स्रोत यस्तो रहेछ—नेपालमा सर्वप्रथम कागजी स्रेस्ता प्रयोग गर्ने प्रथम पुरुष राजा पहाडी शाहीका वास्तुकला प्रेमको एउटा नमुना हेरिसकेर सिलगढीतर्फ फिर्ता लागियो (पेज ४००, सेतीको नालिबेली –पूर्णप्रकाश नेपाल यात्री, २०३४) ।

कागजी स्रेस्ता, पहाडी शाही, शाके १५६६ (पेज २१९, सेती अञ्चल दिग्दर्शन –पूर्णप्रकाश नेपाल यात्री) । रहस्यको नजिकै पुगियो । नेपाली कागजलाई पहाडी कागज पनि भन्छन् । र, फलेडी भन्ने ठाउँमा १८ औं शताब्दी (विक्रम संवत् १७०५) तिर पहाडी शाही रजवार (राजकुमार/राजप्रतिनिधि) भएका रहेछन् । दुवै पहाडीको यस्तो फ्युजन भएको रहेछ । पूर्वप्रधानमन्त्री केआई सिंहका सम्भवतः पूर्वज हुन् पहाडी शाही ।

9.7.22

श्री पशुपतिनाथको भट्ट पुजारी परम्पराः एक परिशीलन

सन्दिप साप्कोटा:- 

पशुपतिनाथ मन्दिरसँग जोडिएको प्राचीनता, परम्परा र धार्मिक मूल्य मान्यता, रीतिस्थितिका सापेक्ष नै पुजारी परम्परा पनि चलिआएको छ । सनातनीय हिन्दूहरुको धार्मिक आस्था र विश्वासको केन्द्र श्रीपशुपतिनाथको पुजारी हुनका लागि निर्धारण गरिएका योग्यताहरु पनि हिन्दू धर्माबलम्बीहरुको आस्था र विश्वाससँग सम्बन्धित विषयहरु हुन् । 

त्यसलाई खल्बल्याएर हिन्दु धर्माबलम्बीहरुको आस्था र विश्वासमा चोट पुग्ने काम कसैले पनि गर्नु गराउनु हुँदैन । भारतीय भट्ट पुजारी परम्परा पशुपतिनाथमा अक्षुण्ण रुपले चलि आएको प्रचलन हो । परम्परा कानुनको रुपमा रहन पुगेको हुन्छ , वैधानिकता हुन्छ र त्यसलाई संविधानले पनि आत्मसात् गरेको हुन्छ । सनातन देखि चलि आएको परम्परा र त्यससँग जोडिएको धार्मिक आस्था र विश्वासलाई खलल पार्न कसैले पनि विवाद उठाउनु मनासिब रहदैँन ।

केही दिन अगााडि केही अनलाइन सञ्चार माध्यमबाट पशुपतिनाथ मन्दिरमा भारतीय भट्ट पुजारीलाई हटाई नेपाली ब्राह्मण पुजारी नियुक्त गर्ने सरकारी निर्णय भएको भनी समाचार सम्प्रेषण भएको थियो ।

29.5.22

धर्म र कम्युनिस्टबारे आहुतिको लेख र इसाईकरण

आहुति कमरेड ! तपाईंको लामो लेख पढ्न पाएँ, त्यसमा अभिव्यक्त विचार र धारणाप्रति जानीनजानी मैले निम्न टिप्पणीहरु गर्ने जमर्को गरेको छु– आजको २१औं शताब्दीमा पनि विश्व साम्राज्यवादले ‘धर्म’ लाई सर्वहारा क्रान्ति, राष्ट्रिय मुक्तिलगायतका सबै प्रकारका आन्दोलनलाई रोक्ने ‘हतियार’ का रुपमा प्रयोग गरिरहेको छ । विश्वका सबै खालका क्रान्तिकारीहरुबीच केवल सर्वहारा क्रान्तिकारीहरुले मात्र धार्मिक अन्धताका विरुद्धको मोर्चा सम्हाल्नु परिरहेको छ ।
२१औं सताब्दीको विश्व साम्राज्यवाद भनेको को हो ? भारत, चीन, रुस हो भनौं भने हामीले आजसम्म पढेका वा पढाइएका आधारमा त हामीले भारतलाई भारतीय विस्तारवाद, चीनलाई चीनिया संशोधनवाद, रुस (विघटन नहुँदासम्म) समाजवादी साम्राज्यवाद भनिन्थ्यो । अब आज आएर यल्त्सिनपछि के भनिन्छ ? थाहा भएन ।

25.5.22

शाक्यमुनि बुद्ध र हिन्दूको भगवान

देवेस झा:- विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतम बुद्धको जन्म आजभन्दा २६ सय वर्षअघि वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देही जिल्लाको लुम्बिनी (ल्हुङ्गबेनी) मा पर्ने तत्कालीन तिलौराकोटको शाक्यवंशका राजा शुद्धोदन र रानी मायादेवीका पुत्रका रूपमा भएको थियो ।

रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेटेपछि पुष्करिणी सरोवरको किनारमा एउटा रुखको फेदमा सुस्ताउँदै गर्दा बालक सिद्धार्थको जन्म भएको थियो । शाक्य कुलको रीतिअनुसार पाँचौँ दिनमा नामाकरण हुँदा सबै मनोकामनालाई पूर्ण गर्ने अर्थमा बालकको नाम ‘सर्वार्थसिद्ध’ राखियो जुन छोटकरीमा ‘सिद्धार्थ’ नामले पुकारियो।

24.5.22

निर्वाचन : शिवगढमाथिको हमला

सौरभ:- प्रजातन्त्रको आधार नै निर्वाचन हो । त्यो हुनैपर्छ । तर अहिले भएको निर्वाचन नेपालको इतिहासमा अस्वाभाविक किसिमको छ । लगभग ५ हजार वर्षअघि विश्व सभ्यता नै स्थापित गरिसकेको मुलुकबाटै त्यो सभ्यताको मूल नायकलाई मेटाउने उद्देश्यले आफू अनुकूलको संविधान स्थापना गर्नमा, पश्चिमले दक्षिणलाई उछिनेर पाएको अपार सफलता हो, यो निर्वाचन । हाम्रोभन्दा उसको संस्कृति परिपक्व र विश्वमान्य हो भनी लाद्नमा उसलाई सफलता दिलाए बापत अनेक आयाममा अनेक पुरस्कार मिल्ला नै नेताहरूलाई । 

तर हो यो कसरी त्यो प्राचीन विश्व सभ्यताको मूल राजधानी ? भन्ने प्रश्नको उत्तर हो, यो लेख ।

3.4.22

न ज्ञान, न विज्ञान ! :- शिव प्रकाश ।

शिव पोखरेल:-  सेन्सलेस्ली लभ एन्ड माइन्डलेस्ली हेट’ नेपाली समाजको चरित्र बनेको छ(— ‘ननसेन्स्’ चरित्र ! हामी यति आधुनिक र सम्य भयौं कि संस्कृतलाई सिधैं ‘टपरे भाषा’ भनिदियौं  । तर के विश्वविख्यात हारभर्ड विश्वविद्यालयमा पढाउने सामग्री केही नभएर त्यो ‘टपरे भाषा’ संस्कृत पढाइएको हो ? उही दर्जाका क्याम्ब्रिज र अक्सफोर्डमा किन संस्कृत पढाइन्छ ? सिलिकन सिटी नजिकैको युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्क्लीले अरू विषय पढ्ने विद्यार्थी पाएन ? किन त्यही अक्सफोर्डले १८ औं शताब्दीदेखि नै संस्कृत पढाउन थाल्यो ? के ती संस्कृतका पश्चिमा विद्वान् सबै टपरा थापेर खाँदै छन् ? किन लाग्छ, जर्मनका चौध विश्वविद्यालयमा संस्कृत पढ्नेको घुइँचो ? 

एटम बम बनाउँदा अमेरिकाको एउटा वैज्ञानिक गीता र महाभारतमा किन घोत्लिन्छ ? आइन्स्टाइनले परमाणुमा शक्ति पत्ता लगाए । त्यो खोजको स्रोत के हो ? प्रेरणा के हो ? के छ त्यो संस्कृतभित्र ?

जर्मनीलाई आज पनि संस्कृतको ज्वरोले गाँजेको छ । सन् २०१५ अप्रिल, डेलीमेल यूकेले आफ्नो एउटा खोजपूर्ण रिपोर्टमा लेखेको छ, ‘संस्कृत पढ्न चाहने विद्यार्थीको घुइँचो जर्मन युनिभर्सिटीले थेग्न सकेनन् ।’

पूर्वको दियो : पश्चिम उज्यालो ! :- शिव प्रकाश

शिव प्रकाश:- संस्कृतको पुनर्जागरण ‘वेद बहुमूल्य उपहार थियो, पश्चिम सधैँ पूर्वको ऋणी छ !’‘लेक्चर अन द साइन्स अफ ल्याङ्वेगज’मा लेखिएका शब्द हुन् यी । १७औँ शताब्दीका एक महान् फ्रान्सिसी दार्शनिक भोल्तेयरका शब्दलाई फ्रिड्रिच म्याक्स मलरले अक्षरमा अंकित गरे । म्याक्स मलर ऋग्वेदका एक उल्थाकार हुन् । सन् १८७९ मा ‘द सेक्रिड बुक्स अफ इस्ट’को पहिलो भाग छापियो । ५० भाग छन् । बुद्ध, जैन, इस्लाम र कन्फुसियस पनि समेटिएका छन् । संस्कृत भाषा मात्र होइन, विचार र बुद्धिको जीवन्त र सदृष्य भावना हो । 
हामी हेला गरिरहेका छौँ, पश्चिमाहरू पूजा गरिरहेका छन् । एक पूजक उनी पनि थिए, सांसारिक नाम थियो–फ्रान्सुवा मरी अरुएट । हामीले चिन्ने भोल्तेयर,उनको ‘पेन नेम’ हो ।‘इन्लाइटमेन्टका लिडिङ् फिगर’ मानिन्छन् ‘क्यान्डिड’का क्रिएटर भोल्तेयर । धर्म, व्यापार मुक्त हुनुपर्छ भन्ने उदात्त विचारका भोल्तेयरको मागलाई तीनसय वर्षअघि अपराधीको बोली मानिन्थ्यो । भोको बाघलाई जिक्याउनुजस्तो थियो त्यो समयमा अर्थोडक्स क्रिश्चियानिटीसामु धर्मका बारेमा प्रश्न गर्नु । बाइबलमाथि कारण र तर्क खोज्नु । तर, उनले कारण पनि खोजे र तर्क पनि गरे– ‘नट बाई फेथ बट -यादर बाई रिजन’ अर्थात् विश्वासद्वारा होइन, तर्कद्वारा विश्वास गर्न सकिन्छ । 

युद्धको मानसिक बीजः पश्चिमा धर्मग्रन्थ

विनु पोखरेल:- यतिबेला युक्रेन र रसियाबीच युद्ध चलिरहेको छ । युद्धको पेरिफेरिमा संसार रसिया र युक्रेनको पक्ष–विपक्षमा बाँडिएको छ । त्यसमा पनि कतिपय शक्तिशाली देश आफ्नो पक्षलाई जिताउन मिसाइल र गोली–गठ्ठा पठाएर सहयोग गरिरहेका छन् । देश मात्रै होइन, संसारका मानिसहरु यस युद्धमा उनीहरुको पक्ष–विपक्षमा बाँडिएका छन् । थोरै मात्र युद्धको विपक्षमा मुखर छन् । समकालीन विश्वमा आयोजित युद्धले शक्ति के हो भन्ने प्रश्न उठ्छ– के विस्फोटन शक्ति हो ? ध्वंश जित हो ? संसारमा सिर्जित वस्तुको स्वतः मृत्यु प्रकृतिको विराट र अकाट्य सत्य हो । यसलाई चुनौती दिन बम बारुद प्रयोग गरेर प्रकृतिलाई चोट लगाउने क्षुुद्र कामलाई कसरी जित मान्ने ? विजेता र पराजितको समकालीन विश्वको यो परिभाषालाई नफेर्ने हो भने अब जुनसुकै ध्वंश र त्यसबाट आर्जित शक्तिको प्रभुत्वलाई क्रान्ति, विकास वा शक्ति मान्नुपर्ने अवस्थामा संसार पुगिसकेको छ । हिंसातर्फ मानिसको आशक्ति र युद्ध नै जित हो भन्ने अहंकारका कारणहरुबारे यस आलेखमा चर्चा गरिनेछ । 

विज्ञानको नजरमा वेद र बाइबल :- रामचन्द्र ढकाल

रामचन्द्र ढकाल वेद र बाइबलमा चन्द्रमाको प्रकाश् बाइबल अनुसार उत्पत्ती चौथो दिन १|१६ ”त्यस्पछी परमेश्वर ले दुइवटा ठुला-ठुला प्रकाश पुन्ज बनाउनु भयो । दिनको निम्ती ठुलो प्रकाश पुञ्ज बनाउनु भयो भने रात को निम्ती सानो प्रकाश पुञ्ज बनाउनु भयो ।” “अनी ति सङकटका दिनहरु पछी सुर्य अध्यारो हुनेछ, चन्द्रमा ले पनि आफ्नो ज्योती दिने छैन ।” मत्ती :- २४|२९ अब एक्छिन बिचार गरौ माथी भएका यि श्लोकहरु बाट सिद्ध हुन्छन कि बाइबल ले चन्द्र्माको प्रकाश भनेको आफ्नो प्रकाश हो भन्छ । तर अहिले को बिज्ञान ले चन्द्रमाको प्रकाश भनेको सुर्यको प्रकाशको पराबर्तन हो भन्छ । यदी बाइबल पर्मेश्वोरको बचन भएको भए के पर्मेश्वोरलाई आफुले श्रेष्ठी गरेको कुरा नै थाहा हुँदैन र ??परमेश्वर लाई थाहा थिएन कि चन्द्रमाले सुर्यबाट प्रकाश प्राप्त गरेर मात्र चम्किन्छ भनेर ? त्यसैले बाइबल परमेश्वर को बचन हुन सक्दैन ।

19.2.22

प्रेम : दिलतिरको यात्रा

विनु पोखरेल:- पश्चिमी समाजमा प्रचलित ‘भ्यालेन्टाइन डे’को सप्ताह भर्खरै सकियो । वाणिज्य, व्यापार र राजनीतिले प्रभुत्वशाली पश्चिमी समाजको सांस्कृतिक प्रभाव हाम्रो समाजमा विस्तारित हुनु अनौठो होइन ।पूर्वीय समाजको धर्म, दर्शन, संस्कृतिको महत्वपूर्ण पक्ष ‘वसुधैव कुटुम्बकम्’ र ‘सर्वे भवन्तुः सुखिन’ भएजस्तै पश्चिमी समाजको धर्म, दर्शन र संस्कृतिको मूल पक्ष लेनदेन हो । 

बितेको हप्ता भ्यालेन्टाइन डेमा कति प्रेम लेनदेन भयो ? के-के लेनदेन भयो ? प्रेमीले के दिए-लिए ? प्रेमिकाले के दिइन्-लिइन् ? गुलाब, सामान, वचन, कसम, के-कस्ता सम्झौता आदानप्रदान भए ? के यस्ता सामान लेनदेन गरेर हामी प्रेम गरिरहेका छौं या अरु केही ? आखिर प्रेम के हो ? आउनुस् यस आलेखमा हामी प्रेममा छौं या अर्थोक केहीलाई प्रेम भनिरहेका छौं, दाँजेर हेरौं ।

4.2.22

वैदिक हिन्दु संस्कारहरू

आमोद आचार्य संस्कारहरूको महत्त्व जन्मभन्दा अघिदेखि मृत्युपर्यन्त विभिन्न समयमा मनुष्यलाई परिष्कृत पार्न गरिने विशेष कर्महरूलाई वैदिक धर्ममा संस्कार भन्दछन् । संस्कारले प्राकृतिक रूपमा रहने विभिन्न दोषहरूलाई हटाई मनुष्यलाई परिष्कृत वा सुसंस्कृत पारी योग्य बनाउने काम गर्दछ । 

मनुष्य जन्मँदा प्रायः पशुसमान प्राणी हुने हुँदा उसमा मनुष्योचित गुण¬हरूको आधान गर्न र उसलाई आत्मज्ञान गर्ने उच्च भावभूमिमा पुर्‍याउनसमेत गर्भाधानको समयदेखि नै संस्कार गर्नुपर्ने बुझिन्छ । यथाकाल संस्कार नगरिएको मनुष्य व्रात्य हुन्छ । व्रात्य भनेको स्वजातिच्युत भनेजस्तै हो । तसर्थ समयमै विधिपूर्वक संस्कारहरू सम्पन्न गर्नुपर्छन् । मनुस्मृतिले शास्त्रनिर्दिष्ट गर्भाधानादि संस्कारलाई शरीरको (सूक्ष्म शरीरको समेत) संस्कारका निमित्त गरिने हो भन्ने मानेको छ—

30.1.22

बद्रिनाथ कायस्थका पुर्वीय दर्शनका महत्वपूर्ण आलेखहरु।

बद्रिनाथ कायस्थ :- चाडपर्बहरु तिथि अनुसार मनाउने कारण हामी प्राय जस्तो सबै चाडपर्वहरु चन्द्रमास को शुक्ल पक्ष र कृष्ण पक्ष तिथिहरु अनुसार मनाउंछौ । यस्लाई मुख्य तीन तहबाट जवाफ पाउन कोशिश गरिएको छ । -१. पहिलो तहको सजिलो जवाफको लागि हेर्दा हाम्रो पुर्खाहरुले परापूर्ब काल देखि मानीआएको हुनाले हामीले पनि सोही अनुसार मनाईआएको हो भन्न सजिलै संग मिल्दछ ।

-२. अर्को तहमा हेर्दा हाम्रो सिद्धि प्राप्त पुर्खाहरुले धेरै बर्षको अभ्यास बाट तीन कुराहरु मा ध्यान दिएर यी चाडपर्बहरु तिथि बिशेष मनाउन निर्धारण गर्नु भएको भन्न मिल्दछ । ⁃ एक चन्द्रमास को शुक्ल पक्ष र कृष्ण पक्ष तिथिहरु मा चन्द्रमा द्वारा बिशेष गुणयुक्त कलाहरु भएको तेज प्रवाह गर्ने भएको ले सो तिथिहरु को छनौट भएको मान्यता छ ।
⁃ अर्को बिशेष तिथिहरु बिशेष देवी देवताहरु को लागि निर्धारण गरिएको मान्यता छ । यस्मा तिथि अनुसार को चन्द्रमा को तेज प्रवाह को साथ साथै देवताहरु को पनि दोहरो फ़ायदा देखेर सोही अनुसार बिशेष तिथिहरु मा मनाउने गरेको पाईन्छ ।

पुर्विय दर्शनका विभिन्न पक्षमा खोजमुलक आलेखहरुको संग्रह:- गोविन्द शरणका फेसबुक सामाग्री

गोविन्द शरण :- वरुण देव वेदमा वरुणका विषयमा प्रशस्त चर्चा गरिएको छ | वरुण जलका स्वामी हुन् र गोहीको सवारी गर्छन् | सूर्यपछि सबैभन्दा बढी वरुणदेवको चर्चा छ | जीवनको लागि जल अर्थात् पानीको कति बढी महत्व हुन्छ भन्ने तत्थ्य मैले भन्न पर्दैन | विश्वको ७२% भाग पानीले भरिएको छ भने मानव शरीरमा समेत ७३% पानी व्याप्त छ |

जल अर्थात् बरुण सबैका हुन् | विश्वका प्राणी मात्रले पानीको प्रयोग गर्छन् | विना पानी बाँच्न सक्दैनन् | वैदिक ऋषिहरूले पानीको एस्तो वैश्विक स्वरूपलाई वरुणका रूपमा पहिचान गरेर प्राणीमात्रले सम्मान गर्नु पर्ने रीत बसाले | तर मान्छेले आधुनिकताको अन्धो दौडमा ऋषिमुनिहरूको यो दृष्टिकोणलाई ओझेलमा पारिदिए | जल हिन्दू, मुस्लिम, इसाई नास्तिक केही हुँदैन | जल केवल जल हुन्छ र उसले सबैको जीवन रक्षा गर्छ | पानी प्राचीन, वर्तमान र आधुनिक पनि हुँदैन, वरुण रोकिए सबै रोकिन्छ - स्तम्भनमसि वरुणम् |

26.1.22

पुनर्जागरण अभियान

इतिहासकाे सवैभन्दा राम्राे र जटिल समयमा हामी उभिरहेका छौं । याे समय युगौं पछि प्राप्त भएकाे छ | जहाँ विज्ञान, प्रविधि, धर्म र सहृदयता एकै स्थानमा सुसंयाेजन गर्ने आत्यन्तै ठुलाे जिम्मेवारी छ र माैका पनि हाे | हामी स्वक्रियात्मक भएर आ-आफैले सबै क्षेत्रबाट जति सकेको मुठी दान, समय दान, प्रविधि दान, विवेक दान, ज्ञान दान र अर्थ दान जे-जे सकिन्छ सबैले सक्ने दान गरौँ । 

याे हाम्राे इतिहास लेख्ने समय हाे । भविष्यका सन्ततिहरुलाई जवाफ दिन केहि गर्नु अत्यन्तै आवश्यक  छ । हामी सबैले आफ्नो कर्तव्य पुर्ण निष्ठापुर्वक स्वक्रियात्मक भएर निर्वाह गरौं । नेपालको परिप्रेक्ष्यमा, आधुनिकता र पुनर्जागरण दुवैलाई सँगसँगै अवलम्बन गर्ने प्रवृत्ति पृथ्वीनारायण शाहमा देखिन्छ । भीमसेन थापाले फ्रान्सेली पद्धतिको सिको गरी सेनाको पुनः संरचना गर्न खोजे । जब्गबहादुर राणाले बेलायत र फ्रान्सको यात्रापछि छापाखाना लगायतका विभिन्न प्रविधि भित्र्याए र नेपोलियन कोडको ढाँचामा मुलुकी ऐन बनाउन लगाए |

20.1.22

मन्दिर किन जाने, के पाइन्छ त्यहाँ ?

विनु पोखरेल:- आजभोलि एकखालका मानिसहरु आफूलाई आधुनिक, परोपकारी, मानवसेवी देखाउन सामाजिक सञ्जालमा प्रतिक्रियाहरु दिइरहेका हुन्छन्– मन्दिर बनाएर के काम, त्यस ठाउँमा स्कुल बनाऔं । माओवादी केन्द्रले महाधिवेशनमार्फत् नै त्यस्तैखाले उर्दी जारी गर्‍याे । सतहमा हेर्दा उनीहरुको कुरा सही जस्तो पनि लाग्छ । मानिस भनेको शरीरको एउटा ढिको मात्रै हुन्थ्यो र उभित्र भावको पक्ष हुँदैनथ्यो भने उनीहरुका यी कुरा सही नै हुन् । तर शरीर मानिसको आवरण मात्रै हो । मान्छेलाई चित्त दुख्छ, कहाँनेर दुख्छ ? 

मन्दिर चाहिँदैन भन्नेले भन्न सक्दैन । मान्छे खुसी हुन्छ, शरीरको कुन भाग खुसी भएको हो ? तिनले भन्न सक्दैनन् । दुःख पर्दा कहाँनेर दुख्ने गरेको हो ? त्यो पनि उनीहरु भन्न सक्दैनन् । जब यो कुरा उनीहरु भन्न सक्दैनन्, तिनीहरुले मन्दिर हुनु र नहुनुको अर्थ थाहा पाउने कुरै हुँदैन । सार्वजनिक व्यक्तित्व दर्शाउन उनीहरुको तर्क हुन्छ– मन्दिरले मानवीय र भौतिक विकास ठप्पै पार्‍याे । व्यक्तिगत दुःख पर्दा उनीहरु नै फेरि मन्दिर पनि जान्छन्, ‘हे भगवान !’ पनि भन्छन् ।

लैंगिक विभेदका दुई अस्त्रः पुरुषको काँध र महिलाको योनि !

विनु पोखरेल:- सभ्यताको सुरुदेखि आजसम्म हरेक समाजमा एउटै परिवारमा बसेर र अझ एउटै ओच्छ्यानमा सुतेर पनि स्त्री र पुरुषबीच स्त्रीहरुले विभेद भयो र पुरुषले विभेद भएको छैन भन्न छोडेका छैनन् । स्त्रीहरुले विभेदको क्रन्दन निकाल्ने र पुरुषले त्यसलाई अस्वीकार गरी दबाएरै यतिका समय बित्यो । पुरुष र स्त्रीका बीच भिन्नता या असमानता पनि छ ? स्त्री पुरुषबीचमा निरन्तर आउने यहीं प्रश्नमा केन्द्रित भएर यो आलेख तयार गरिएको छ । 

आलेख सुरु गरौं भिन्नता र असमानता बीचको भेदबाट । यो अवश्य हो– पुरुष र स्त्रीको शारीरिक बनोटमा भिन्नता छ । उनीहरुको जैविक विकासमा पनि भिन्नता छ । पुरुषसँग लिङ्ग र स्त्रीहरुसँग योनि छ । अंग फरक भएकोले हार्मोन पनि केही तलमाथि छ । आधुनिक विज्ञानले भनिरहेको छ कि स्त्रीहरुमा पुरुषमा भन्दा अधिक हर्मोन (प्रोजेष्टोरन) पैदा हुन्छ । त्यो सन्तानोत्पादनको लागि हो ।

18.12.21

तहसनहसपछि राष्ट्रियताको संकल्पले उठेका विश्व शक्तिराष्ट्र

विनु प्रोखरेल:- आफ्नो आलेख पढेर आएका प्रतिक्रिया हेर्न सकेसम्म छुटाउन्नँ । केही दिनअघि उदारीकरणका विषयमा प्रकाशित लेखबारे प्राप्त एउटा प्रतिक्रिया खुबै टिठ लाग्दो थियो । एकजनाले भन्नुभएको रहेछ– उदारीकरण बेगर कुन देश धनी भएका छन् ? अर्को एक जना सम्पादकले प्रतिक्रिया दिंदै सञ्जालमा लेख्नुभएको थियो, विदेशीको सामाजिक सञ्जाल चलाएर राष्ट्रियताको कुरा गर्ने सम्पादक ज्यू, तथ्य त यस्तो छ कि खासमा दूरदर्शन यहीं संस्कृतिमा तयार भयो । त्यो पनि आज होइन, चार हजार वर्ष पहिले । जसको प्रमाण हामी महाभारतमा पनि पाउँछौँ । हस्तिनापुर बसेर कुरुक्षेत्रमा भएको युद्धबारे नबिराइ संजयले चर्मचच्क्षु विहीन (आँखा नदेख्ने) धृतराष्ट्रलाई बताएको युद्ध विवरणले यसलाई पुष्टि गर्छ ।