Showing posts with label देश. Show all posts
Showing posts with label देश. Show all posts

30.4.23

अघिअघि वेद, पछिपछि विज्ञान

 सन् २०२२ को नोवेल पुरस्कार क्वान्टम थ्योरी प्रमाणित गर्ने तीनजना वैज्ञानिक एलेन एस्पेक्ट (फ्रान्स), जोन एफ. क्लाउजर (अमेरिका) र एन्टन जेलिङ्गर (अष्ट्रिया) लाई दिइयो । उनीहरुले इन्ट्याङ्गल फुटोन वेल इन इक्वालिटी स्थापित गरेबापत क्वान्टम सूचना विज्ञानका लागि यो पुरस्कार दिइएको हो । यसलाई प्रमाणित गर्दै उनीहरुले भने, ‘द युनिभर्स इज लोकल्लि नट रियल ।’ अर्थात् ब्रह्माण्ड सत्य होइन र सबैभन्दा छोटो समयमा लामो यात्रा गर्ने प्रकाश नभएर सूचना हो । जसलाई उनीहरुले टेलिपोर्टेशन नाम दिएका छन् । यी दुई कुरा प्रमाणित गर्दै गर्दा उनीहरुले वैदिक शास्त्रमा उल्लेख गरिएका ‘अन्तर्ध्यान’, ‘संसार माया हो’, ‘टेलिपेथी’, ‘आत्मातत्व अमर हो’ जस्ता धेरै कुरा प्रमाणित गरेका छन् । जसको सविस्तार व्याख्या यस आलेखमा गरिएको छ ।

29.5.22

धर्म र कम्युनिस्टबारे आहुतिको लेख र इसाईकरण

आहुति कमरेड ! तपाईंको लामो लेख पढ्न पाएँ, त्यसमा अभिव्यक्त विचार र धारणाप्रति जानीनजानी मैले निम्न टिप्पणीहरु गर्ने जमर्को गरेको छु– आजको २१औं शताब्दीमा पनि विश्व साम्राज्यवादले ‘धर्म’ लाई सर्वहारा क्रान्ति, राष्ट्रिय मुक्तिलगायतका सबै प्रकारका आन्दोलनलाई रोक्ने ‘हतियार’ का रुपमा प्रयोग गरिरहेको छ । विश्वका सबै खालका क्रान्तिकारीहरुबीच केवल सर्वहारा क्रान्तिकारीहरुले मात्र धार्मिक अन्धताका विरुद्धको मोर्चा सम्हाल्नु परिरहेको छ ।
२१औं सताब्दीको विश्व साम्राज्यवाद भनेको को हो ? भारत, चीन, रुस हो भनौं भने हामीले आजसम्म पढेका वा पढाइएका आधारमा त हामीले भारतलाई भारतीय विस्तारवाद, चीनलाई चीनिया संशोधनवाद, रुस (विघटन नहुँदासम्म) समाजवादी साम्राज्यवाद भनिन्थ्यो । अब आज आएर यल्त्सिनपछि के भनिन्छ ? थाहा भएन ।

30.8.21

धमिलिँदै गएको तस्बिर

सौरभ:- यहाँ अरू नै कसैका सम्झनाका प्रसंगहरू छन् । व्यक्ति पंक्तिकारको आमा हो । जीवनकालमा उहाँले देखेर/सुनेर/पढेर पनि सहजै सेयर गर्नुभएन । जे धेरथोर भए, त्यसको केही रूप यहाँ दिइएको छ । आफ्ना अर्थहीन कुराहरू पनि असंख्यलाई महत्वपूर्ण लाग्छ  । तर, त्यसमा सार्वजनिक रुचि हुनुपर्छ भन्ने छैन  । 
सञ्चारले जति दबाब दिए पनि पंक्तिकार आफूसँग भने त्यस्ता कुनै कुरा छैनन् । यसैले यहाँ अरू नै कसैका सम्झनाका प्रसंगहरू छन् । व्यक्ति पंक्तिकारको आमा हो । जीवनकालमा उहाँले देखेर/सुनेर/पढेर पनि सहजै सेयर गर्नुभएन । जे धेरथोर भए, त्यसको केही रूप यहाँ दिइएको छ ।
विक्रम संवत् १९९७
रगतले पूरै भिजेको लुगा देउलाले फुकालेर बगरमा फाले, दशरथ चन्दलाई सोलामा चढाइसकेपछि । तर, त्यहाँ दशरथ चन्द मेरो आफन्त हो भन्न कोही पनि आएन । आएको भए देउलाले त्यो संस्कार गर्नु पर्दैनथ्यो । आज दशरथलाई मेरो नातेदार भन्ने चन्दहरू त्यतिबेला कहाँ थिए ? उहाँ प्रश्न गर्नुहुन्थ्यो ।

29.8.21

नेपालमा संरचनागत रूपले फण्डितहरुको अवस्था

विनोद न्यौपाने:- अन्तर्राष्ट्रिय बिचौलिया, राष्ट्रिय बिचौलिया, स्थानीय नागरिक समाज, नागरिक आन्दोलनबारे पहिलेदेखि नै बहसका विषयहरू नेपालमा देखिन्छ। दाताहरूले दिएको पैसाले विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू आफ्नै प्रशासन र प्राविधिक संयन्त्र प्रयोग गरेर काम गर्थे। सेवा र सुविधा सोझै जनस्तरमा पुग्दथ्यो। जस्तै : केयर नेपालले आरुघाट उँभो बनाएका पुलहरू, खानेपानी त्यस्तै हेल्भिटासले कर्णालीमा गरेका राम्रा कामका उदाहरणहरू हुन्। जब साझेदारीमा जाने नीति र अवधारणा आयो, तब यो सबै विवादास्पद बन्न पुगेको देखिन्छ। 
सहायताका विषयहरू अध्ययन गर्दा, हाम्रो अर्थ मन्त्रालयभित्र पसेर प्राविधिक तथा अन्य सहायता विवरण आ.व. २०६१/६२ देखि हेर्दा द्विपक्षीय, बहुपक्षीय स्रोत तथा अन्तर्राष्ट्रिय गै.स.सं. मार्फत प्राप्त सहयोग समेत हेर्दा विकास र विकसित भइसकेको हाम्रो अबस्था देखिन्छ। त्यहाँ यो आर्थिक वर्ष अगाडिका रेकर्डहरू देखिदैँनन् भने त्यहाँदेखि यता पनि काम गरेका धेरै संस्थाहरूले रकम उल्लेखित गरेको पाइँदैन।

फिरंगी मिथक 'नसकटापुर'

सौरभ :- एकातिर २७ पुस अर्थात् पृथ्वी जयन्ती, अर्कोतिर कम्युनिष्टको खोल ओढेर साम्प्रदायिकतावादी र विखण्डनवादीहरूले उनीहरू कीर्तिपुरमा हार्नै सक्दैनन् भनी बनाएको धारणाको मूलजरो हो, पृथ्वीनारायणका समयमा त्यहाँ नाक काटिएको प्रसंग । यो लेख त्यसैको सन्दर्भमा छ ।

सुनिजान्नेको यथार्थ- एक क) 'कीर्तिपुरलाई हराउँदा गोरखालीहरूलाई भएको हैरानीको झ्वाँकमा उनीहरूले समातिएका सबै पुरुषको नाक काटिदिए । भरियाहरूमध्ये उल्लेख्य संख्याको नाक नभएको देखेर यसको कारण पत्ता लगाउनतर्फ हामी लागेका थियौं' (ककपेट्रिक, सन् १७९२) ।

समापनका तीन सिँढी

सौरभ:- पहिलो टुँडिखेलमा चारजना युवा ज्यानको माया नभएरै ख्यालख्यालमा आमरण अनशनमा बसेका हुन् त ? जस्तो कि प्रधानमन्त्री बन्न हतारिएका केपी ओली र राष्ट्रपति बन्न गोडा उचालेका सुशील कोइरालालाई लाग्दो हो। त्रिशूल र डमरु चिह्न छाड्नुपरेको दिन सेनाको नैतिक धरातल ओरालो लाग्नेछ र त्यो विघटनको संघारमा पुग्नेछ 'अवकाश प्राप्त सैनिक अधिकारीहरूले सञ्चारमाध्यममै खुलस्त गरिसकेका छन्।

धर्मले मात्रै पहाड र तराईलाई जोडिरहेको छ— फ्रेडरिक गेगले दशकौंअघि अनुसन्धान गरी निक्र्योल निकालिसकेका छन्।आमरण अनशनपछि अन्य युवाहरू आत्मदाहतिर लागेछन् भने पानी खन्याइदिउँला भन्ने जो सोचिरहेछन् ती हाम्रो इतिहासका सबैभन्दा ठूला वज्रस्वाँठ र युरोपियन युनियनलाई आत्मा बेचेका सैतानबाहेक अरू साबित हुने छैनन्।

28.8.21

मुलुकमा अन्तर्राष्ट्रिय बिचौलियाहरु

विनोद न्‍यौपाने: नेपालले यतिका धेरै परिवर्तन भोगे पनि शासकीय पद्धति सुधार उन्मुख देखिँदैन। पार्टीहरुको नेतृत्व र पार्टीहरु सुधार्ने अवस्थामा लैजान नेतृत्व गर्ने पार्टीका पहिलो र दोस्रो पुस्ता देखिँदैनन्। यिनै प्रश्नहरुमाथि घोत्लिँदा दुई सभ्यताबीच रहेको यो सानो मुलुकमा राजनीतिक अस्थीरता निरन्तर रहिरहनुको एक मुख्य कारण अन्तर्राष्ट्रिय बिचौलियाहरु अनि उनकै उद्देश्य र नारा बोक्ने रास्ट्रिय फण्डितहरुको राज्यका सबै जसो अवयवहरुमा नाटक र नौटंकी, खेलकुद, उचाल र पटाख देखिन्छ। यिनै आधारभूत आधारहरु लिएर अन्तर्राष्ट्रिय बिचौलिया र यस मुलुकमा सामाजिक विखन्डन गराउन भूमिका निर्वाह गर्ने बिभिन्न संस्थामा जोडिए रहेका फण्डितहरुबारे चर्चा, विश्लेषण गर्दै सत्य र तथ्यमा रहेर लेखिएको यो सानो लेख हो।

यसमा सामान्यतया: पद्धति, संरचना, वर्गीकरण, संयत्र अनि प्रवृति र चरित्र उतारिएको छ। यसमा जोडिएका व्यक्तिहरु नै तोक्न नसक्ने अबस्था नरहेको होइन। संस्थाहरु र व्यक्तिहरु हिजो नेपालमा संघीयता ल्याउन ठुलो भूमिका खेल्थे। आज पनि नेपालीलाई उनै संबिधान र प्रजातन्त्र अनि उदारवादको दुहाइ दिँदै नेपाल र नेपालीको नाम बेचेर अस्थीरता सिर्जना गरिरहेको अध्ययनले देखाउँछ।

27.8.21

जसले गर्दा नेपाल भारतको प्रान्त हुनबाट जोगियो !

योगी नरहरिनाथ:-  नागरिकताको आधारले धेरै छौं नेपालीहरु, तर सच्चा नेपालीको कमी छ यो समाजमा आज। यहाँ बाहुन, क्षेत्री, दलित, मंगोल, हिन्दू, बौद्ध आदि नाममा विभाजन चल्दैछ तर देशले नेपाली माग्दैछ। सारा नेपालीलाई एकताबद्ध गर्न, सबैको प्राचीन इतिहास देखिको पहिचानको जगेर्ना गर्न एक व्यक्ति आफ्नो जीवनकाल भरी लागि रहे। नेपालको बारेमा जान्न इच्छा जागेमा यो एक व्यक्तिलाई जाने पुग्छ। बि स २०१३ सालमा यो व्यक्ति नभएको भए अहिले नेपाल इंडियाको प्रान्त हुन्थ्यो।
सोही व्यक्तिको बारेमा आजको लेख छ।
योगी नरहरिनाथ; व्यक्ति एक दक्षता अनेक। इतिहासविद्, भाषाविद्, आयुर्वेदका प्रखर ज्ञाता, समाजका उत्कृष्ट निती निर्माता, समष्टिमा भन्नुपर्दा नेपालविद्। शास्त्री, वेदविद्यालंकारः, आसुकवि, धर्मशास्त्राचार्यः, पुरातत्वविद्, इतिहास लेखक तथा प्रकाशक, परिष्कारवाद, यथार्थवाद, अस्तित्ववाद, मौलिक्तावाद, पर्यटन तथा पर्यावरणवाद। 

सौरभको अलग धार

यसोधा तिम्सिना:- सौरभका लेखरचना या पुस्तकको प्रसंग चल्नासाथ मान्छेहरू भन्छन्, बुझिन्छ र पढ्ने? गाईको बाच्छो, भैँसीको पाडो या बाख्राको पाठो सानो छँदादेखि हरेक दिन उचाल्ने बानी बसाल्यो भने त्यो वयस्क भइसक्दा पनि गह्रौँ लाग्दैन भन्ने मान्यता छ। त्यही नियम  लागू हुन्छ, असली पाठकको हकमा।

धेरै पहिल्यै सुनिएको हो, केशर महलस्थित पुस्तकालयका सबै पुस्तकको जानकारी सौरभले राखेका छन्। त्यति मात्रै होइन, कुन पुस्तक के बारेमा लेखिएको हो र त्यसका कुन पानामा के जानकारी छ भन्ने पनि यिनलाई कण्ठस्थ छ। यस्ता जानकारीका खानी सौ रभको पछिल्लो पुस्तक हो, असहमति। विचार, आनीबानी र तर्क सुन्दा लाग्छ, सौरभ अलग धारका प्रतिनिधि लेखक हुन्। पुस्तकको शीर्षकले पनि त्यसै कुराको संकेत गर्छ। अझ त्यसभित्रका लेखोटमा छिर्ने हो भने त असहमतिका विषय कति हुन् कति ! आफूलाई  लागेको लेख्न र असहमतलाई ठेगान लगाउन यिनका शब्दका बाण यति धारलिा छन् कि जस्तै बलवान् पनि उठ्न नसक्ने गरी घाइते हुन्छ।

26.8.21

त्यसबेलाको चीन अहिलेकोको नेपाल जस्तै थियो

युवराज संग्रौला:- जब रास्ट्र कम्जोर हुन्छ, त्यस्ले अनेकौं समस्याहरु भोग्न बाध्य हुन्छ, तर एउटा समस्या भने सबै भन्दा डरलाग्दो हुन्छ त्यो हो, जनतामा अनुशासनको ठूलो अभाव हुन्छ । यो सन १९१२ मा पेकिङ्ग बिश्वबिधालयका एक जना प्राध्यापककले भनेको भनाइ हो । त्यसबेलाको चीन अहिलेकोको नेपाल जस्तै थियो, झन्डै झन्डै । अनेकखालका बिदेशी एजेन्टहरु चिनमा अनेक किसिमका खेलहरु खेली रहेका थिए।
जर्मनलाई हराएर जापानले चिनको सान्डोङ्ग प्रान्त आफ्नो हातमा पारेको थियो।  क्रीस्चियन मिसनरीहरु गरिब चिनियाँलाई पैसा दिएर रिलिजन परिबर्तन गराइरहेका थिए । प्रथम बिश्वयुद्ध सकिएको थियो, र पेरिसमा शान्ती सम्मेलन हुँदा चिनियाँ प्रतिनिधीहरुले अपमानजनक सन्धिमा हस्ताक्षर गरे, जस्ले चीनमा आन्दोलनको आंधिहुरी निर्माण गर्यो, तेस्ले चीनमा देशवादको चेतना निर्माण गर्यो। अमेरीकाले चीनलाई सहयोगको आस्वासन दियो, तर गरेन ।
उस्को आफ्नै स्वार्थ थियो। तयसबेला एकजाना प्राध्यापकले भनेका थिए, संकट बाट रास्ट्रलाई बाहिर निकाल्न परम्पराबादी सोचले सक्तैन नयाँ बिचारको आवस्यक्ता पर्छ, तर त्यस्बेला चीनमा नयाँ बिचार थिएन। देश युद्ध सरदारहरुको अराजकतका मा थियो,र अधिकांश बुद्धिजिबि पनि अवसरबादी, अहिलेको नेपालमा जस्तै । नेपालको अवस्था अहिले तेसबेलाको चीनको अवस्था जस्तै छ ।

25.8.21

त्यो 'रातो थोप्ला’

काठमाडौ — एउटा टेलिभिजनमा जेठको अन्तिम साता- 'हाम्रो आफ्नै रङ्गको परम्परा ... एउटा टेलिभिजनमा जेठको अन्तिम साता- 'हाम्रो आफ्नै रङ्गको परम्परा कम्तीमा ६ हजार वर्ष पुरानो हो, जुन हर्क गुरुङजस्ता पूर्वाग्रहीहरूलाई थाहै थिएन'- पंक्तिकारले भनेपछि स्रोता/पाठकहरूको प्रतिप्रश्नको ओइरो लाग्यो । आधार थियो गुरुङले 'नेपाल सोसल डेमग्रफी एन्ड एक्सप्रेसन्स', पृष्ठ १०१ मा लेखेको पंक्ति- 'पञ्चायत व्यवस्थाले तर्जुमा गरेका राष्ट्रिय चिह्नहरूमा रातो थोप्ला हिन्दु प्रभुत्वको चिह्न हो' । संविधानका सबैजसो कुराहरू मिलिसकेको भनिएको पृष्ठभूमिमा राष्ट्रिय चिह्नहरूका कुरा नै पनि कति मिलेका छन् ? भन्ने सन्दर्भलाई लिएर हेर्ने हो भने अब व्यापक चासो बनेको त्यस विषयको उठान गरिनेछ । 

इलाका
रातो रङको स्रोत मजिठो (रुबिया मञ्जिष्ठा) अवश्य पनि आजको भारतको हिमाञ्चल प्रदेशदेखि मेघालयसम्म पाइन्छ, १२ सयदेखि २१ सय मिटरसम्ममा । तर विलियम रक्सवर्गले 'फ्लोरा इन्डिका'को सन् १८१० को संस्करणमा स्पष्टै लेखेका छन्- 'नेटिभ अफ नेपाल, द अदर माउन्टेनस कन्टि्रज, नर्थ एन्ड नर्थ इष्ट अफ बेङ्गाल' अर्थात् त्यतिबेलासम्म पनि पश्चिम हिमालयमा मजिठो पाइनेबारे केही थाहै थिएन । र सन् १८८३ को ह्युज म्याक्क्यानको 'डाइज एन्ड ट्यान्स अफ बेङ्गाल'मा अन्ततः यो दार्जिलिङ भेकमा प्रचुर मात्रामा पाइने र त्यतैबाट धेरै संकलन हुने जानकारी दिइएको छ ।

नेपाली 'दलाल बौद्धिकता'

सौरभ:- यतिबेला २५ हजार नेपालीहरू विदेशी 'पेरोल'मा छन्, २७ हजारको टेलिफोन 'ट्यापिङ'... यतिबेला २५ हजार नेपालीहरू विदेशी 'पेरोल'मा छन्, २७ हजारको टेलिफोन 'ट्यापिङ' भइरहेको छ, २ सय खुलेआम देशद्रोह गरिरहेका छन् (यी अंकहरू केही स्रोतहरूसँगको कुराकानीपछि तय गरिएको हो । यसमा १० प्रतिशतको तलमाथि हुनसक्छ ।) यो भनेको राष्ट्रिय स्वार्थका मुद्दाहरू भयावह र गम्भीर संकटमा छन् भन्ने स्पष्ट संकेत हो । चिनियाँहरू भन्छन् रे नै, 'तिम्रो देशमा कोचाहिँ बिकेको छैन ? कोसँग सहकार्य गर्ने ?' अब शीर्षकको सविस्तार व्याख्यातिर गइन्छ ।

'मियाँके दौड'
खुलाबजार अर्थतन्त्रमा देश गएपछि घर बनाउनु ठूलो कुरा भएन । जस्तोसुकै उपभोग्य वस्तु पनि सहज भए । तर त्यसपछि बहुसंख्यक बुद्धिजीवीको जीवनोद्देश्य कहीँ न कहीँको राजदूत हुनगयो । यसका निम्ति भएका आश्चर्यजनक दौडका सयौं उदाहरण पाइन्छन् । राजदूत हुनकै लागि कांग्रेसबाट एमाले हुँदै एमाओवादीसम्म प्रवेश हुनपुगेको नमुनादेखि ख्यातनाम चिकित्सकसम्मले राजदूत हुन नपाएकोमा गरेको लिखित आलापदेखि अक्सिजन सिलिन्डर बोकेरै हिँड्नुपर्ने खुम्रे भइसकेको बुद्धिजीवीका दौडधुपसमेत सार्वजनिक भएका छन् ।

हिन्दुत्व र राष्ट्रियताका लागी जागौ युवा

चिरञ्जीवी भट्टराई :- कट्टरता हुनु र आफ्नो जातीयता, परम्परा र सांस्कृतिक निरन्तरताउपर गर्व गर्नु र त्यसको सम्बर्धन र विकास चाहनु फरक कुरा हो । बाहुनले संस्कृति संरक्षणको कुरा उठाउँदा ‘प्रतिगामी’ हुने र नयां-नयां क्रिश्चियनहरूले ‘पन्थ’को कुरा गर्दा ‘अधिकार’ हुने द्विजिब्रे कुरा नेताहरूले गर्छन् । एक्काइसौं सताब्दिको मारमा सबै भन्दा बढी हिन्दु र बौद्ध समाज नै पारेको छ । 

आज यदि विश्वमा आस्था परिवर्तन गर्नेहरूको संख्या हेर्ने हो भने बौद्धहरू पहिलो, अनि हिन्दूहरू पर्छन् । यस्तो आस्था परिवर्तनको भारमा पूर्वीय देशहरू नै बढी परेका छन् । मलाई दुख र उदेक पनि लाग्छ, नेपाली किराँती, बोन्पो र बौद्ध- प्रतिनिधिहरू धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दुमत’ प्रति पूर्वाग्रहपूर्ण अभिव्यक्ति दिन्छन्, हिन्दूहरूलाई गालि गर्छन् । यस्तो गालीको औचित्य न्यून छ किनभने ‘ठूलो’ समुदायले सानो समुदायमा प्रभाव त पार्छ नै तर ‘हिन्दुधर्मले हामीलाई नाश’ पार्यो भन्नु ‘इसाई वा मुसाई प्रलाप’ हो । हिन्दुधर्मले अन्य समुदायका आस्था वा मान्यतालाई मार्दैन भन्ने कुराको सबै भन्दा जीवन्त उदाहरण नै नेपाल हो । 

24.8.21

अनादिवासी खस !


सौरभ:- काठमाडौ — काशी गोत्र र ल्हासा गोत्रमा राई-लिम्बु लगायत अनेक जातजातिले आफूलाई विभाजन गरेका छन् । तर यो काशी भारतको उत्तरप्रदेशको काशी होइन । बरु चिनियाँ भाषामा काशगरलाई गरिने सम्बोधन हो । काशगर पर्छ, काशमिरको ठीक उत्तरमा । 

र काशमिरको दक्षिणमा, अझ वर्तमान हिमाञ्चल प्रदेशको पनि दक्ष्ािणमा पर्छ किन्नौर । त्यहाँ पनि पस्यो यो चलन । त्यसैले अहिले भारतमा तेस्रो लिङ्गी जनाउनुपर्दा किन्नर(सुन्दरी शब्द प्रयोग गरिन्छ । प्राचीन किन्नौर राज्य जोडिन्छ, नेपालको पश्चिम-उत्तर कुनामा । यहीँ जोडिन्छ, तिब्बतको पश्चिम(दक्षिण कुना अर्थात् ङारी प्रदेश पनि, जसको स्थानीय सदरमुकाम पुराङ/बुराङ/ताक्लाखार हो ।

तोखारियन मूलको ताक्लाको अर्थ हो-मरुभूमिजन्य, समतुल्य नाम ताक्लाम कान जस्तै । यसैले भारततिर तालुखुइलेलाई तक्ला भन्छन् । तालु नै तक्लाको रूपान्तरण हो ।
किन्नौर र ङारीका विशाल भूभागमा चल्ल/मल्ल र उनका पूर्वजहरूको साम्राज्य जब थियो भने ती पनि कहलाउने नै भए खस । जसरी १७६९ भन्दा अघिको नेवार संस्कृति प्रचलित इलाकाहरूमा जो(जो थपिँदै र बसोबास गर्दै गए, ती पनि कहलाइँदै गए नेवार ।

23.8.21

आत्मघातको युगीन नमुना

सौरभ:- एउटा निश्चित तहमा सोच्ने समय आइपुगेपछि मात्र टिप्पणी गर्ने अठोट गरेकाले जानाजान यो प्रसङ्ग आजका मितिमा उठाइएको छ ।

पृष्ठभूमि 
१४ पुस २०६६ को कान्तिपुरमा पंक्तिकारको एक हरफ थियो, 'रोचक त के छ भने एउटाचाहिँ दक्षिण अफ्रीकी होमल्यान्ड 'क्वेका' भूपरिवेष्टित त छँदै थियो, त्यसभित्र पथ्र्याे भूपरिवेष्टित राज्य लेसोथो । माओवादी नक्साको ताम्सालिङभित्र नेवाः राज्यको नियति त्यही छ- भूपरिवेष्टित नेपालभित्रको भूपरिवेष्टित ताम्सालिङभित्रको पनि नेवाः राज्य । अर्थात् नेवाः राज्यको नाममा राजधानीलाई नाकाबन्दीले घुँडा टेकाएर पश्चिम बर्लिन बनाउने चाल हुँदा पनि १६ डिसेम्बर २००९ का दिन वसन्तपुरमा नेपालीहरूले बेवकुफहरूको 'हिसिमरू प्याखँ' हेरे ।' 

नभन्दै १८ माघ २०६८ को कान्तिपुरमा प्रकाशित राज्य पुनर्संरचना आयोगको बहुमत पक्षले सरकारलाई बुझाएको नक्सामा नेवाः राज्यलाई नारायणी राज्यसम्मको करिडोर दिइएको छ, कुनै बेलाको पूर्व बर्लिनले पश्चिम बर्लिनलाई श्वास फेर्ने तीनवटा 'एयर करिडोर' र हिँड्नलाई 'चेकप्वाइन्ट चार्ली'मा एउटा 'आउटलेट' दिएजस्तै । यसले बहुमत पक्षका दुई नेवारहरूले ताम्सालिङ पक्षकाहरूसँग भित्री सहमति गरेका रहेछन् भन्ने अनुमानसम्म गर्न सकिन्छ । तर कथित जातीय राज्यहरूबीच एकअर्काेसँग कुन हदसम्मको त्रास मनोविज्ञान विद्यमान छ भन्ने टड्कारै भएको छ ।