30.4.23
अघिअघि वेद, पछिपछि विज्ञान
29.5.22
धर्म र कम्युनिस्टबारे आहुतिको लेख र इसाईकरण
30.8.21
धमिलिँदै गएको तस्बिर
29.8.21
नेपालमा संरचनागत रूपले फण्डितहरुको अवस्था

फिरंगी मिथक 'नसकटापुर'
सौरभ :- एकातिर २७ पुस अर्थात्
पृथ्वी जयन्ती, अर्कोतिर कम्युनिष्टको खोल ओढेर साम्प्रदायिकतावादी र विखण्डनवादीहरूले
उनीहरू कीर्तिपुरमा हार्नै सक्दैनन् भनी बनाएको धारणाको मूलजरो हो, पृथ्वीनारायणका
समयमा त्यहाँ नाक काटिएको प्रसंग । यो लेख त्यसैको सन्दर्भमा छ ।
सुनिजान्नेको यथार्थ- एक क) 'कीर्तिपुरलाई हराउँदा गोरखालीहरूलाई भएको हैरानीको झ्वाँकमा उनीहरूले समातिएका सबै पुरुषको नाक काटिदिए । भरियाहरूमध्ये उल्लेख्य संख्याको नाक नभएको देखेर यसको कारण पत्ता लगाउनतर्फ हामी लागेका थियौं' (ककपेट्रिक, सन् १७९२) ।
समापनका तीन सिँढी
धर्मले मात्रै पहाड र तराईलाई जोडिरहेको छ— फ्रेडरिक गेगले दशकौंअघि अनुसन्धान गरी निक्र्योल निकालिसकेका छन्।आमरण अनशनपछि अन्य युवाहरू आत्मदाहतिर लागेछन् भने पानी खन्याइदिउँला भन्ने जो सोचिरहेछन् ती हाम्रो इतिहासका सबैभन्दा ठूला वज्रस्वाँठ र युरोपियन युनियनलाई आत्मा बेचेका सैतानबाहेक अरू साबित हुने छैनन्।
28.8.21
मुलुकमा अन्तर्राष्ट्रिय बिचौलियाहरु
27.8.21
जसले गर्दा नेपाल भारतको प्रान्त हुनबाट जोगियो !
योगी नरहरिनाथ; व्यक्ति एक दक्षता अनेक। इतिहासविद्, भाषाविद्, आयुर्वेदका प्रखर ज्ञाता, समाजका उत्कृष्ट निती निर्माता, समष्टिमा भन्नुपर्दा नेपालविद्। शास्त्री, वेदविद्यालंकारः, आसुकवि, धर्मशास्त्राचार्यः, पुरातत्वविद्, इतिहास लेखक तथा प्रकाशक, परिष्कारवाद, यथार्थवाद, अस्तित्ववाद, मौलिक्तावाद, पर्यटन तथा पर्यावरणवाद।
सौरभको अलग धार
धेरै पहिल्यै सुनिएको हो, केशर महलस्थित पुस्तकालयका सबै पुस्तकको जानकारी सौरभले राखेका छन्। त्यति मात्रै होइन, कुन पुस्तक के बारेमा लेखिएको हो र त्यसका कुन पानामा के जानकारी छ भन्ने पनि यिनलाई कण्ठस्थ छ। यस्ता जानकारीका खानी सौ रभको पछिल्लो पुस्तक हो, असहमति। विचार, आनीबानी र तर्क सुन्दा लाग्छ, सौरभ अलग धारका प्रतिनिधि लेखक हुन्। पुस्तकको शीर्षकले पनि त्यसै कुराको संकेत गर्छ। अझ त्यसभित्रका लेखोटमा छिर्ने हो भने त असहमतिका विषय कति हुन् कति ! आफूलाई लागेको लेख्न र असहमतलाई ठेगान लगाउन यिनका शब्दका बाण यति धारलिा छन् कि जस्तै बलवान् पनि उठ्न नसक्ने गरी घाइते हुन्छ।
26.8.21
त्यसबेलाको चीन अहिलेकोको नेपाल जस्तै थियो
25.8.21
त्यो 'रातो थोप्ला’
काठमाडौ — एउटा टेलिभिजनमा जेठको अन्तिम साता- 'हाम्रो आफ्नै रङ्गको परम्परा ... एउटा टेलिभिजनमा जेठको अन्तिम साता- 'हाम्रो आफ्नै रङ्गको परम्परा कम्तीमा ६ हजार वर्ष पुरानो हो, जुन हर्क गुरुङजस्ता पूर्वाग्रहीहरूलाई थाहै थिएन'- पंक्तिकारले भनेपछि स्रोता/पाठकहरूको प्रतिप्रश्नको ओइरो लाग्यो । आधार थियो गुरुङले 'नेपाल सोसल डेमग्रफी एन्ड एक्सप्रेसन्स', पृष्ठ १०१ मा लेखेको पंक्ति- 'पञ्चायत व्यवस्थाले तर्जुमा गरेका राष्ट्रिय चिह्नहरूमा रातो थोप्ला हिन्दु प्रभुत्वको चिह्न हो' । संविधानका सबैजसो कुराहरू मिलिसकेको भनिएको पृष्ठभूमिमा राष्ट्रिय चिह्नहरूका कुरा नै पनि कति मिलेका छन् ? भन्ने सन्दर्भलाई लिएर हेर्ने हो भने अब व्यापक चासो बनेको त्यस विषयको उठान गरिनेछ ।
नेपाली 'दलाल बौद्धिकता'
हिन्दुत्व र राष्ट्रियताका लागी जागौ युवा

24.8.21
अनादिवासी खस !
र काशमिरको दक्षिणमा, अझ वर्तमान हिमाञ्चल प्रदेशको पनि दक्ष्ािणमा पर्छ किन्नौर । त्यहाँ पनि पस्यो यो चलन । त्यसैले अहिले भारतमा तेस्रो लिङ्गी जनाउनुपर्दा किन्नर(सुन्दरी शब्द प्रयोग गरिन्छ । प्राचीन किन्नौर राज्य जोडिन्छ, नेपालको पश्चिम-उत्तर कुनामा । यहीँ जोडिन्छ, तिब्बतको पश्चिम(दक्षिण कुना अर्थात् ङारी प्रदेश पनि, जसको स्थानीय सदरमुकाम पुराङ/बुराङ/ताक्लाखार हो ।
तोखारियन मूलको ताक्लाको अर्थ हो-मरुभूमिजन्य, समतुल्य नाम ताक्लाम कान जस्तै । यसैले भारततिर तालुखुइलेलाई तक्ला भन्छन् । तालु नै तक्लाको रूपान्तरण हो ।









