धर्मले मात्रै पहाड र तराईलाई जोडिरहेको छ— फ्रेडरिक गेगले दशकौंअघि अनुसन्धान गरी निक्र्योल निकालिसकेका छन्।आमरण अनशनपछि अन्य युवाहरू आत्मदाहतिर लागेछन् भने पानी खन्याइदिउँला भन्ने जो सोचिरहेछन् ती हाम्रो इतिहासका सबैभन्दा ठूला वज्रस्वाँठ र युरोपियन युनियनलाई आत्मा बेचेका सैतानबाहेक अरू साबित हुने छैनन्।
राष्ट्रपति बन्ने दिवास्वन देख्ने अधिकार
सुशील कोइरालालाई छ, आखिर गिरिजा कोइरालाको बिँडो थाम्नैपर्यो कोइराला भएपछि। र, दौडको
अन्तिम क्षणमा उनलाई उछिट्ट्याएर आफैं राष्ट्रपति बनुँला र सम्भावित अभियोगहरूबाट उन्मुक्ति
लिउँला भन्ने अठोट पुष्पकमल दाहालको हुनु पनि अनौठो होइन। आखिर उनी पनि भित्ते राष्ट्रपति
नै हुन्।
तर चुरे उत्तरको निवासी राष्ट्राध्यक्ष
र उपराष्ट्राध्यक्ष बन्न अबको नेपालमा असम्भव छ भन्ने यिनले नबुझ्नु पनि आश्चर्यको
कुरा छैन, जब ओलीजस्ता स्वनामधन्य खेलाडीमा समेत एमालेले नै उनलाई प्रधानमन्त्री बन्न
दिने छैन भन्ने ज्ञान झुल्किएको देखिँदैन।
धर्मले मात्रै पहाड र तराईलाई जोडिरहेको
छ।
जब कि इसाई मतावलम्बीहरूले भने आफ्नो
कोटामा २०६३ मै परिसकेको सभामुख पदमा यसपल्ट महरा थर भएका कसैलाई सम्भवतः बहाल गराउनेछन्।
पदको बाँडफाँट दक्षिण अमेरिकी मुलुक र पश्चिमबीच लेबनानी शैलीमा अहिलेलाई यसरी तय भइसकेको
छ। अब हुने भनेको प्रस्तावित संविधानको मस्यौदामा परेको नागरिकताको प्रावधानबाट नेपालको
फिजीकरण मात्रै हो।
दोस्रो
समाजवाद शब्द संविधानको पानाबाट फ्र्याङ्केस्टाइन
भएर उठ्नेछ र त्यसले उद्योगधन्दा एवम् व्यवसायलाई खानेछ। राष्ट्रिय सेवा शब्द संविधानको
पानाबाट ड्र्यागन भएर उठ्नेछ र त्यसले बुद्धिजीवी जतिलाई परजीवी घोषित गर्दै एक किसिमको
श्रम शिविरतर्फ लखट्नेछ, ठ्याक्कै चीनको सांस्कृतिक काल दोहोर्याउने गरी।
संघीयता त कांग्रेस, एमाले बिनापति
सती जान लागेको बागमती किनारको घाटमात्रै हो।डच कम्पनी 'सेल' लाई तेल उत्खनन अनुसन्धान
रोक्न दबाब दिएर भगाइएको तर अहिले प्रस्तावित प्रदेश नम्बर दुईमा परेको इलाकाबाट जनकपुर
र पश्चिम तराईबाट लुम्बिनी दक्षिण लागेका मात्र देखिनेछ— तर त्यो पेट्रोल प्रदेश हो
भनेर जान्न नेपालीहरूलाई अर्को जुनी आउनुपर्नेछ।
दस प्रतिशतभन्दा बढी धर्म परिवर्तन
गर्नेहरू भएपछि पश्चिमले तिनमाथि अत्याचार, अन्याय, पक्षपात भइरहेको हुनाले उनीहरूलाई
एउटा छुट्टै देश चाहिएको छ भन्ने विश्व अवधारणाको निर्माण गराउनेछ। त्यसमा हस्तक्षेपकारी
संरक्षणकर्ताको भूमिका नेटो उपनाम भएको संयुक्त राष्टसंघले गर्नेछ । उनीहरू बस्नका
निम्ति जुन राष्ट्रको माग हुनेछ, त्यसको भूभाग मध्यनेपालको तिब्बतसँग जोडिएको इलाका
नै हुनेछ । तर त्यो युरेनियम प्रदेश हो भनेर जान्न नेपालीहरूलाई तेस्रो जुनी आउनुपर्नेछ।
तेस्रो
हर्मिज थाराकन केरलाका इसाई थिए, २०६३
को प्रमुख भुमिकाकार। मेघालय, नागाल्यान्ड र आसामबाट नेपालीहरू खेद्ने उपद्रोका नेताहरू
केरला मूलका स्थानीय पादरीहरू थिए। पश्चिम नेपालका कतिपय माओवादी हमलाहरूमा घुम्रिएका
कपाल भएका कालाहरू थिए भनी प्रदीप नेपालले कुनै बेला जे लेखे, ती केरलाकै इसाईहरू थिए,
डाक्टरहरू मात्रै बंगलादेशी।
आज त्यो ‘केरला फ्याक्टर’ को टाउको
नेपाली भूमिबाट उठेको छ। योजनामुताबिक सन् २०३२ सम्म नेपाललाई इसाई राष्ट्र घोषित गर्ने
पहिलो हुंकारपछि मेघालय, नागाल्यान्ड, दक्षिणी उडिसा, पूर्वी झारखण्ड हुँदै केरलासम्मै
इसाई राष्ट्रका माग उठ्नेछन्।
अभियान घोर कम्युनिस्ट अनुहारमा धार्मिक
टाउको हुनेछ। आखिर भारतमा सुरु भएको जातीय जनगणनाको लक्ष्य पनि त्यही नै हो। हेजवार,
श्यामाप्रसाद मुखर्जीदेखि मोहन भागवत्सम्मका बर्मा-पाकिस्तान हुँदै श्रीलंकासम्म समेट्ने
बृहत् भारतको लक्ष्य अन्नतः कालपात्रका रूपमा सन् २५०० मा उत्खनन गरिने एउटा जहडी कुरोमात्रै
हुनेछ।
गुजराती मोदीकै कालमा गुजराती पटेलकै
निर्माण भग्नावशेषमा परिणत हुँदै गएको देखिनेछ। एक कोणले त्यो हाम्रा निम्ति अति नै
राम्रो पनि हो।
ज्ञानेन्द्र शाह र नरेन्द्र मोदीमा
एउटा विचित्रको समानता छ।
राजपाठ गइसक्दा पनि वीरेन्द्रकालीन
कोटरीबाट शाह मुक्त हुन नसकेजस्तै मोदी पनि पेन्टागन र भेटिकनको वर्णसंकर मानसपुत्र
पूर्वसंस्थापनबाट मुक्त हुन सकेका र सक्ने देखिँदैनन्। येनान मार्चको दुःख बिर्सिसकिएका
यी दिनहरूका चिनियाँ कम्युनिस्टहरू र एमालेमा पनि एउटा समानता छ। ती दुवै कम्मल ओडेर
घिउ खाने वर्गका हुन्।
र, जब दक्षिणमा कालो सुनामी उठ्नेछ,
दक्षिण र पश्चिम चीनमा झन् उठ्नेछ। निर्वासित तिब्बतीहरूले भन्ने गरेजस्तै तिब्बतभन्दा
पनि अघि सिङ्कियान छुट्नेछ। मिङ, मंगोल, मन्चु एकातिर र अर्कोतिर हान जाति बसेको देखिनेछ।
पृथ्वीनारायण शाहको शब्द चयन ठिक थिएन
तरुल भन्नुमा। नेपाल दुई ढुंगाबीचको बारुद हो। एसिया विस्फोटको धरापमा छ। त्यो फुटिसक्दासम्म
हामी हुँदैनौं भने अरू जे भइरहोस् त्यो हाम्रो पनि चिन्ताको कुरा अब रहेन। आमरण अनशन
त लामो शृंखलाको कैयन् कडीहरूमध्ये एउटा झिल्को मात्रै हो।"
-सौरभ (२०७२ भाद्र २३ बुधवार, अन्नपूर्ण पोष्ट)
No comments:
Post a Comment