3.4.22

विज्ञानको नजरमा वेद र बाइबल :- रामचन्द्र ढकाल

रामचन्द्र ढकाल वेद र बाइबलमा चन्द्रमाको प्रकाश् बाइबल अनुसार उत्पत्ती चौथो दिन १|१६ ”त्यस्पछी परमेश्वर ले दुइवटा ठुला-ठुला प्रकाश पुन्ज बनाउनु भयो । दिनको निम्ती ठुलो प्रकाश पुञ्ज बनाउनु भयो भने रात को निम्ती सानो प्रकाश पुञ्ज बनाउनु भयो ।” “अनी ति सङकटका दिनहरु पछी सुर्य अध्यारो हुनेछ, चन्द्रमा ले पनि आफ्नो ज्योती दिने छैन ।” मत्ती :- २४|२९ अब एक्छिन बिचार गरौ माथी भएका यि श्लोकहरु बाट सिद्ध हुन्छन कि बाइबल ले चन्द्र्माको प्रकाश भनेको आफ्नो प्रकाश हो भन्छ । तर अहिले को बिज्ञान ले चन्द्रमाको प्रकाश भनेको सुर्यको प्रकाशको पराबर्तन हो भन्छ । यदी बाइबल पर्मेश्वोरको बचन भएको भए के पर्मेश्वोरलाई आफुले श्रेष्ठी गरेको कुरा नै थाहा हुँदैन र ??परमेश्वर लाई थाहा थिएन कि चन्द्रमाले सुर्यबाट प्रकाश प्राप्त गरेर मात्र चम्किन्छ भनेर ? त्यसैले बाइबल परमेश्वर को बचन हुन सक्दैन ।

अब ल आउनुस हाम्रो वेद ले के भन्छ बिचार गरौ,
“अत्राह गोरमन्वत नाम तोस्टुरपीच्यम।यीत्था चन्द्रमासो ग्रिहे।।”
ऋगवेद १।८४।१५ र अथर्ववेद २०।४१।३ सामवेद ५ ।३ ।९

अर्थात:- ”मनिशी(ऋषी)हरुले त्वोष्टाको(सुर्य)प्रकाश गतिसिल चन्द्रमन्डलमा आभास गरे।”
अर्थात:- सुर्यको प्रकाशले गर्दा चन्द्रमा चम्किन्छ।
ल अब हजुर हरु नै बिचार गर्नु कुन परमेश्वर को बचन हो भनेर मेरो भन्नु केहि पनि छैन ।

2:- वेद र बाइबलमा पृथ्वीको स्वरुप
***********************************
अहिलेको बैज्ञानीकहरुले यो कुरा प्रस्ट पारिसकेका छन कि हामी बसेको यो पृथ्वी बास्तबमा गोलाकार छ । ल अब हेरौ बेद र बाइबलले एसको बारेमा के भन्छ ।

बाइबल को अनुसार्
मत्ती ४ ।८ र लुका ४ ।५
“फेरी सैतानले उहालाई एउटा अति अग्लो पर्बतमा लगेर सन्सारका सबै राज्यहरु अनि तीनिहरुको बैभव देखायो ।”
ल अब एकैछिन तार्किक रुपले बिचार गरौ त, के एउटा अग्लो पर्बतमा गएर हेर्दा सन्सारको सबै राज्यहरु, ठाउहरु तथा बैभवहरु देख्न सकिन्छ त ? पृथ्वी को आकार भनेको गोलो छ त्यस्कारण जती अग्लो स्थानमा गएर हेर्दा पनि पृथ्वीको पुरा राज्यहरु देख्न सकिदैन । तर यदी पृथ्वी को आकार कार्पेट जस्तो चेप्टो (flat) वा समतल हुने हो भने चाही अवस्य पनि देख्न सकिन्छ । त्यस्कारण बाइबलको अनुसार पृथ्वीको आकार चेप्टो छ (ACCORDING TO BIBLE EARTH IS FLAT).

फेरी हेर्नुस्,
“यसरि मैले चारजना स्वर्गदुत हरुलाई पृथ्वीको चार कुनाहरुमा उभिरहेको देखे ।” प्रकाश ७।१

अब आफै भन्नुस के पृथ्वीको चार कुना हुन्छ त ? चार कुना त केबल समतल (flat) बस्तुको मात्र हुन्छ ।
तसर्थ बाइबलको अनुसार पृथ्वी चेप्टो छ ।
ल अब आउनु अबहोस् हाम्रो धर्मले पृथ्वीको बारेमा के भन्छ ।
हामी सबै हिन्दूहरु पृथ्वीलाई अर्को शब्दमा भुगोल पनि भन्छौ, जसको अर्थ यसप्रकार छ ।
भु= पृथ्वी (Earth)
गोल्= गोलो (round)
अर्थात पृथ्वी गोलो आकारमा छ ।
त्यस्तै वेदमा भएका अरु बिज्ञानहरु हेर्नुस्,

3:- वेदमा खनिज पदार्थ
***********************
“शिला भुमिरश्मा पासु सा भुमि:सम्धृता घृता ।
तस्यै हिरण्यबक्षसे पृथिव्या अन्कर नम: । ।” अथर्ववेद १२ ।१ ।२६
अर्थात :- "जुन भुमीको माथी धुलो, शिलाखन्ड र पत्थर छ,र जसको भित्र स्वर्ण-रत्नादी अमुल्य खनिज पदार्थ छ त्यस्तो धर्ती आमालाई हामी प्रणाम गर्छौ ।”
अहिले बिज्ञानले बिभिन्न उपकरणको सहायताले जमिनको उत्खनाल गरेर बिभिन्न खनिज तथा बहुमुल्य धातुहरु प्राप्त गरेको सर्बबिदितै छ ।

4:- जलमा बिधुत
********************
“धामन्ते बिश्वोम भुवनमधी शृत्मन्त्:समुद्रेहध्१न्तरयुषी ।
अपामनिके समिथे य आभृतस्तमश्याम मधुमन्त त उर्मिम । ।” ऋग्वेद ४ ।५८ ।११
अर्थात :- ”हे परमात्मन्! तपाईंको तेज समुद्रको बिचमा बडवाग्नीको रुपमा, आकाशमा सुर्यदेवको रुपमा, हृदय बिचमा बैश्वानरको रुपमा, अन्न मा प्राणको रुपमा, जलमा बिधुतको (electricity) रुपमा, तथा युद्धमा शौर्याग्नी को रुपमा बिद्धमान छ । समस्त लोक तपाईंमा आश्रीत छ । तपाईंको त्यो मिठास रस को उपायोग गर्नमा हामी समर्थ हौ ।”
ल हेर्नुस माथीको मन्त्र ले प्रस्ट पारिदियो कि पानीमा बिजुली छ भनेर । तर यस तथ्यलाई बिज्ञानले केहि समय यता मात्र प्रमाणित गरेको थियो । एस्तो महान र अकल्पनिय बिज्ञान छ हाम्रो वेदमा ।

5:- हाइड्रोजन र अक्सिजन को परिकल्पना
*********************************
अहिले हामी सबैलाई यो कुरा थाहा नै छ कि बास्तबमा पानी जम्मा दुइ तत्व (अंश) हरुको संयोजन बाट बनेको छ । एक हाइड्रोजन र अर्को अक्सिजन । यि दुइतत्वहरु अति नै सुक्ष्म हुन्छन्, यिनिहरुलाई हामी आफ्नो नाङ्गो आखाले देख्न सक्दैनौ । तर पनि हाम्रो वेद ले पानीमा सुक्ष्म तत्व हुन्छ भनेर पहिले नै उजागर गर्दै आएको छ । ल हेर्नुस्,
”हे जलदेव ! औषधी तिम्रा पोषणयुक्त रसले ओतप्रोत छ । हाम्रो सारगर्भित स्तोत्र जस्तै जलको सुक्ष्म अंश (H2,O)पनि अति नै सुक्ष्म छ । त्यसैसँग हामिलाई पवित्रता प्रदान गर्नुस ।” ऋग्वेद १० ।१७ ।१४
6:- बेदको बचन: पानीमा आगो
****************************
“यो अग्निदेब जल को गर्भमा, बनको गर्भमा, जङम र स्थाबर मा बिद्धमान छन ।” ऋग्बेद १।७०।३-४
ल हेर्नुस त! बेद ले त भनिदियो कि अग्निदेब यानी आगो पानीमा बिद्धमान छन । र यो कुरा सतप्रतिशत सत्य छ र बिज्ञान ले पनि एसलाई नै प्रमाणित गरेको छ ।

त्यस्तै,
“जलतत्वमा सम्पुर्ण जीवनरस र संसारका लागी सुखकारक अग्नितत्व(आगो) पनि रहेको छ भन्ने कुराको सोमदेवले संकेत गरेका छन ।” ऋग्वेद १० ।९ ।६

कसरी ?
हामिलाई अहिले आयर सबै कुरा थाहा छ कि बिजुली को उत्पती कसरी भयको छ । बिजुली को उत्पती पानी बाट भयको हो । अर्थत्, पानी बाट बिजुली उत्पन्न हुन्छ र बिजुली बाट आगो उत्पन्न गर्न सकिन्छ । । तसर्थ पानीमा आगो बिद्धमान छ । सतप्रतिशत सत्य बचन ।

7:- वेदमा प्रकाश सश्लेषण (बिरुवाले खाना बनाउने प्रकृया)
*******************************************************
बास्तबमा सुर्य बिना कुनै पनि प्राणी हरु बाच्न सम्भव छैन भन्ने कुरा त सबै लाई थाहा नै छ । हामी मान्छे त बाच्न सक्दैनौ नै यहाँ तक कि बोट बिरुवाहरु पनि सुर्य बिना बाच्न सक्दैनन । बिरुवा को खाना बनाउने प्रकृया केबल सुर्य बाट मात्र शम्भव छ । सुर्य को उपस्थिती मा नै बिरुवा फुल्ने,बढ्ने गर्दछ । र यो कुरा हाम्रो वेद ले पनि प्रस्ट भनेको छ ।

ल हेर्नुस्,

” अग्निदेवले (सुर्य) औषधिमा आफ्नो महत्ता स्थापित गरेका छन । उनि बोटबिरुवा र फलफुल उत्पन्न गर्छन ।” ऋग्वेद १ ।६७ ।९
” हरियो रङ्ग को बनस्पती र यसमा आश्रीत सबै जिवलाई पोषण गर्ने परम् ज्योतीर्वान सुर्यदेव आफ्नो रश्मी पुर्व दिशामा प्रकट गर्छन ।” ऋग्वेद १० ।१३९ ।१

“त्वोया शृस्टम बहुल्मैतु बर्षमाशारैषी कृशगुरेत्वोस्तम्” । अथर्बवेद ४ ।१५ ।६

अर्थात
” हे पर्जन्यदेव ! गड्गडाहट को गर्जनाबाट युक्त भयर औषधिरुप बनस्पतिमा गर्भ स्थापित गर्नुस ।”
बिज्ञान ले भन्छ कि- जब मेघ गर्जिन्छ, तब बिद्धुतको प्रभाव बाट नाइट्रोजन को उर्बर यौगिक बन्छ, जसबाट बनस्पती लाई शक्ती मिल्छ ।

9:- वेदमा गुरुत्वबल्(Gravity)
*************************
यो त हामी सबैलाई थाह भयकै कुरा हो कि ” पृथ्वीले आफ्नो गुरुत्व आकर्षण क्षेत्र भित्र कुनै पनि बस्तु लाई आफ्नो केन्द्र तिर आकर्षण गर्ने बललाई गुरुत्व बल भनिछ ।” अर्थत कुनै पनि माथी फ्याकियको बस्तु तलतिर झर्नु, मान्छे सिधा उभियर हिड्न सक्नु आदी सब पृथ्वीको गुरुत्वबल को कारणले नै हो ।

तर यस्तो महान बिज्ञान हाम्रो वेद मा पहिले देखी नै छ । जव हामी आदी जगद्गुरु शंकरचार्यको प्रश्नोपनिषद को ३ अध्याय को आठौ मन्त्र को भाष्य पढ्छौ त्यहाँ प्रष्ट रुपमा लेखियको छ कि,

” तथा पृथिव्यामभिमानिनी या देवता प्रसिद्धा सैषा पुरुषस्य अपानमपानबृतिम बस्टभ्याकृष्य बशिकृत्याध एवापकर्षणेनानुग्रह कुवर्ती बर्तत इत्यर्थ: । अन्यथा हि शरिर गुरुत्वात्पतेत्साबकाशे बोद्गच्छेत ।”

अर्थात :-” तथा पृथ्वीमा जो उसको प्रसिद्द अभिमानी देवता छ (आकर्षण शक्ति) त्यो पुरुषको (बस्तु) अपान अर्थत अपानबृतिका अबष्टम्भ्- आकर्षण गरेर आफ्नो अधिनमा राख्छ । तात्पर्य यो हो कि पृथ्वीले आफ्नो केन्द्रतिर आकर्षण गरेर बस्तुलाई स्थिर राख्दछ । हैन भने त यो शरिर आफ्नो भारीपना को कारणले ढल्थ्यो होला अथवा अबकाश मिल्दा खेरी उड्थ्यो होला ।”

ल हेर्नुस कस्तो प्रस्ट सँग भनिदियको छ कि पृथ्वीमा हरेक चिजहरु स्थिर भयर बस्ने कारण नै पृथ्वीको आकर्षण शक्तीले गर्दा हो भनेर । एस्तो महान छ हाम्रो वेद ।

10:- गतिमान पृथ्वी
*******************
पास्चात्य बैज्ञानिकले केहि सय बर्ष अगाडी मात्र पृथ्वी घुम्छ भन्ने कुरा पत्ता लगायका थिय तर हाम्रो परमात्माको बचन वेद ले यो तथ्यको उजागर अहिले भन्दा हजारौ बर्ष पहिले नै गरेको थियो । यो कुरा उनिहरुको लागि नया होला तर हाम्रो लागी हैन । ल हेर्नुस ।

। यज्ञ ईन्द्रमबर्धयद्ध्द्दुमी ब्यबर्तयत ।
। चक्राण ओपश दिवी ।।” सामवेद २ ।१ ।७
अर्थत्:- ” जुन यज्ञ प्रकृयाले पृथ्वीलाई आकाशमा लटकायर्, घुमायर राखेको छ, त्यो यज्ञले ईन्द्रदेवको यशबर्धन पनि गरेको छ ।”

र त्यस्तै,

” कालेन बात्:पवते कालेन पृथ्वी मही धौर्मही काल आहिता । ।” अथर्व वेद १९ ।५५ ।२
अर्थत्,:- ” काल को प्रेरणा बाट नै वायुदेव प्रवाहित हुन्छन्, पृथ्वी गतिमान (motion) हुन्छ । बिशाल दिव्यलोक पनि कालमा नै आश्रीत छ ।”
प्रष्ट भनेको नै छ ।

ल अब हेर्नुस बाइबल ले के भन्छ,
” उहाको सामु डराओ, जो सबै पृथ्वी माथी छ । जतिसक्दो सन्सार दृढ निर्माण गरियको छ । यो हल्लिने छैन ।” १ इतिहास १६ ।३०

11:- चन्द्रमा द्वारानै अन्नको बृद्दि
***************************
यो त हामी सबैलाई थाहा भयकै कुरा हो कि हाम्रो जमिनमा फल्ने हरेक अन्न चाहे त्यो धान्, गहु, मकै, फलफुल तथा अरु कुनै पनि चिज होस तेस्तो खानेकुरामा रस भर्ने काम चन्द्रमाले गर्ने गर्दछ । चन्द्रमा बिना फलफुलमा रस लाग्दैन, अन्नमा दाना लाग्दैन । यो तथ्य केहि समय पहिले मात्र बिज्ञान ले प्रमाणित गरेको हो तर हाम्रो वेद ले यो तथ्य लाई पहिले नै उजागर गरेको थियो ।
ल हेर्नुस्,

। उच्चा ते जातमन्धसो दिवी सदभुम्या ददे ।
। उग्रम शर्म मही श्रव्: । । सामवेद ५ ।१ ।१

अर्थात ,:-” हे सोमदेव्!(चन्द्रमा) तपाईंको पोषक रसको जन्म धुलोकमा भयको हो । त्यहाँ प्राप्त हुनेवाला कल्याण्कारी सुख र महान अन्न तपाईंको कृपाबाट नै हाम्रो पृथ्वीमा पाउछौ ।”

। प्र ते धारा असश्तो दिवो न यन्ती बृष्ट य: ।
। अच्छा बाजं सहस्त्रीणम ।।” सामवेद १९ ।५ ।६१

अर्थात:- हे सोमदेव ! तपाईंको अबिरल धारा(रस) हरु प्रचुर अन्न दिने वाला छ, जसरि आकाश बाट बृष्टी हुन्छ त्यसरि नै तपाईंको रस ले पृथ्वीमा अन्न(पोषक तत्व) बृष्टी गर्छ ।”
ल हेर्नुस प्रस्ट रुपमा भनेको नै त छ नि ।

12:- सुर्यको सात बिशेष रङ्
*********************
सुर्यमा सात ओटा बिशेष रङहरु हुन्छ भनेर सबैभन्दा पहिले न्युटोनले पृज्मको माध्यम बाट प्रकाश छिरायर बर्णपटमा प्रस्ट पारेका थिय । तर यो महान बिज्ञान हाम्रो वेद ले पहिले नै उजागर गरेको थियो ।

। सप्त त्वा हरिते रथो बहन्ती देव सुर्य ।
। शोचिष्केशम् बिचक्षण । ।” सामवेद ६ ।५ ।१४

अर्थत्,:- ” हे प्रकाशक सुर्यदेव ! सुद्द गर्नेवाला सात रङको सात किरणले तपाईंको रथ(velocity) लाई लियर जान्छ ।”
प्रस्ट रुपमा भनेको छ कि सुर्यमा बिशेष गरी सात प्रकारका रङ हुन्छ ।

13:- शुन्यको उत्पति
*******************
आज हामी सबैलाई थाहा भयकै कुरा हो कि अहिले बिश्वोमा जतिपनी बिज्ञानले प्रगती गरेको छ त्यो सब गणित को प्रयोग द्वारा नै हो । र गणितको सबै भन्दा मुख्य अन्क भनेको नै शुन्य हो । यो अन्क सन्सारको हरेक क्षेत्रमा उपायोग मा आउछ । बिज्ञान्, प्रबिधि, बैन्क्, दैनिक जीवनको हिसाब किताबमा सबै भन्दा बढी प्रयोग मा आउने अन्क नै शुन्य हो । यो अन्क बिना अहिले बिज्ञानले केहि पनि काम नै गर्न सक्दैन । शुन्य बिना अहिले को दुनिया नै अन्धो, लङगडो र लाटो समेत हुन्छ ।

हो यसरि बिश्वोलाई यो महान अन्कको देन नै हाम्रो धर्मको छ । हाम्रो वेद को एक मन्त्र बाट नै यसको उत्पती भयको हो । प्रसिद्द आर्य-भट्टले एक मन्त्र बाट नै यस अन्क को उत्पती गरेका थिय । त्यो मन्त्र यस्प्रकार छ,
“ॐ पुर्णमद्: पुर्णमिद पुर्णातपुर्णमुदच्यते । पुर्णस्य पुर्णमादाय पुर्णमेवावशिष्यते ।”

अर्थात :- ”यो पुर्ण छ(जगत),त्यो पुर्ण छ(ईश्वर),पुर्ण बाट पुर्ण नै बन्छ । पुर्ण बाट पुर्ण लिदा पुर्ण नै शेष रहन्छ ।”
अर्थत्, :- पुर्ण बाट पुर्ण निकाल्दा पुर्ण नै बाकी रहन्छ ।

हो, एही मन्त्र लाई प्रयोग गरेर आर्य-भट्ट ले शुन्य अन्कको आबिष्कार गरेका छन । उहा ले पुर्ण भन्ने शब्दलाई ० अन्क प्रयोग गरे । ल अब आउनुस ० अन्क लाई माथी को सिद्दान्त मा प्रयोग गरेर हेरौ ।

त्यो परमात्मा ० छ । यो जगत पनि ० नै छ । त्यो परमात्मा बाट यो जगत निस्केको हो अर्थत्, शुन्य बाट शुन्य निस्केको हो । हामी सबै लाई थाहा छ कि निकाल्नु को अर्थ घटाउनु हुन्छ ।

ल हेरौ,
परमात्मा(०) – जगत(०)= ०
० बाट ० घटाउदा ० नै रहन्छ ।अर्थात , पुर्ण बाट पुर्ण घटाउदा पूर्ण नै रहन्छ ।
तर, २ बाट २ घटाउदा २ कहिले पनि हुँदैन ।

त्यस्तै, जब यो ० (जगत) प्रलय पछी त्यो ० (परमात्मा) मा मिल्छ तब पनि त्यो परमात्मा पुर्ण अर्थात ० नै रहन्छ ।

अर्थत्, ० + ० = ०
ल हेर्नुस अन्क ० माथी को सिद्दान्त मा एकदम फिट भयो ।
तर माथी को सिद्दान्त मा ० सट्टा अरु अन्क प्रयोग गर्ने हो भने कदापी पनि मिल्दैन ।
यसरि हाम्रो वेद बाट नै शुन्य अन्कको उत्पती भयको प्रस्ट नै भयो । एस्तो महान छ हाम्रो वेद ।

14:- चुम्बकिय धुर्व
*******************
हामी सबैलाई थाहा भयकै कुरा हो कि पृथ्वीमा दुइओटा धुर्वहरु छन । एक उत्तरी धुर्व र अर्को दक्षिणी धुर्व । यि दुइ धुर्बमा चुम्बकिय तरङग प्रवाह हुन्छ, जसलाई बिज्ञानले अहिले प्रमाणित गरेको छ । तर यो बिज्ञान हाम्रो वेद मा पहिले देखी नै छ ।
भू
ल हेर्नुस्,
। गाव उप बदावटे मही यज्ञस्य रप्सुदा ।
। उभा कर्णा हिरण्यया । । सामवेद २ ।१ ।३
अर्थात:- ” सुर्यको किरण यज्ञार्थ स्थित्, त्यो पृथ्वीलाई यज्ञिय रुप प्रदान गर्नेवाला छ, जसको दुइ छेउ (धुर्व) चम्किलो छ (चुम्बकिय तरङग)
प्रस्ट रुपमा भनेको छ कि पृथ्वीको दुइ धुर्वमा चुम्ब किय तरङग ब्याप्त छ भनेर ।

15:- गतिमान सुर्य र चन्द्रमा
*************************
अहिले यो हामी सबै लाई थाहा भयकै कुरा हो कि चन्द्रमाले पृथ्वी र सुर्यको परिक्रमा गर्छ । अर्थत चन्द्रमा गतिमान छ । तर यो बिज्ञान हाम्रो वेद ले पहिले नै उजागर गरिसकेको छ । त्यस्तै सुर्य पनि आफ्नो अक्षमा घुम्ने गर्छ र आकाशगङ्गा को तारापुण्जिय केन्द्रको परिक्रमा गर्छ जसलाई कस्मिक बर्ष (cosmic year) पनि भनिन्छ । अर्थत सुर्य पनि गतिमान छ । ल अब हेर्नुस वेद ले के भन्छ ।
। चन्द्रमा अप्स्वोन१तर सुपर्णो धावते दिवी ।” अथर्व वेद १८ ।४ ।८९
अर्थत्,:- ” अन्तरिक्षमा चन्द्रमा र सुर्य दौडी राखेको छ ।”
ल हेर्नुस कती प्रष्ट शब्दमा लेखियको छ ।

16:- परमाणु बाट नै सब थोक शृजित र नष्ट, पृथ्वी शुन्यमा स्थिर
***************************************************
अहिले को बिज्ञान ले पनि धेरै समय पछी को अभ्यास पछी यो कुरा पत्ता लगायको छ कि शृस्टी को हरेक कुरा परमाणु को संयोग र बियोग बाट हुन्छ । कुनै पनि बस्तु को संरचना नष्ट हुनु र पुन: नया बन्नु मा परमाणु को नै हात हुन्छ । त्यस्तै अहिले को बिज्ञानले यो पनि प्रस्ट गरेको छ कि पृथ्वी बिना आधार शुन्यमा अडियर रहेको छ । यो बिना आश्रय रहेको छ । तर यस्तो महान्, अकल्पनिय तथ्यको परिकल्पना हाम्रो वेद ले पहिले नै गरिसकेको थियो ।

ल हेर्नुस्,
” सर्वत्र आखा वाला,सर्वत्र मुख वाला,सर्वत्र भुजा र चरण वाला त्यस अद्दितिय परमात्मा ले आफ्नो भुजा बाट नै पृथ्वी र धुलोक लाई बिना आश्रय (base) प्रकट गरे (शुन्यमा स्थिर गरेका छन्) । उनिले प्रकृतीको परमाणु को संयोग तथा बियोग बाट नै नबिन सन्सार को रचना तथा बिलय गरी सुब्यबस्थित गरेर राखेका छन ।” यजुर्वेद १७ ।१९

17:- गुरुत्व आकर्षण
*******************
यो बिज्ञानको सबैभन्दा ठुलो उपलब्धी हो कि अन्तरिक्षमा स्थित सुर्यले आफ्नो सबै ग्रहहरुलाई आफ्नो आकर्षण शक्तीले गतिशिल बनायको छ । उसले सबै लाई आफ्नो नियन्त्रणमा राखेको छ । यस्तो महान बिज्ञान को आधुनिक निर्माणकर्ता सर आइज्याक न्युटोन हुन । तर यस कुरा को परिकल्पना हाम्रो वेद ले पहिले नै गरिसकेको थियो । ल हेर्नुस्,

। उक्षा समुद्रो अरुण: सुपर्ण:पुर्वस्य योनिं पितुराविवेश ।
। मध्हे दिवो निहित्: पृश्निरश्मा बिचिक्रमे राजासस्पात्यन्तौ । । यजुर्वेद १७ ।६०

अर्थत्,:- ” जो सुर्यदेव् ! बृष्टी द्वारा सिंचन गर्ने वाला, समुद्रबाट जल लाई धारण गर्ने वाला, रक्त बर्ण युक्त आकाशमा निरन्तर गतिशिल छन्(उसको किरण हरु) । अनेक रश्मी बाट युक्त पुर्व दिशा बाट उदित भयर धुलोक को गर्भ मा स्थित छन । उनि आकाश मा गमन गर्दै सबै लोक हरुलाई सबै तिर बाट रक्षा (नियन्त्रण्) गर्छन ।”

त्यस्तै,
” सबैलाई उत्पन्न गराउने सवितादेव धुलोका का मध्यमा अवस्थित छन । यिनले धुलोक्,पृथ्वी र अन्तरिक्षलाई आफ्नो तेजले दिप्तिमान गराउछन । यि सम्पुर्ण बिश्वलाई आफ्नो आश्रयमा लिन्छन ।” ऋग्वेद १० ।१३९ ।२

त्यस्तै,
“शृस्टी का उत्पादक सवितादेव आफ्नो नियन्त्रण साधनले (गुरुत्व आकर्षण) पृथ्वी सुस्थिर पार्दछन ।” ऋग्वेद १ ।१४९ ।१
ल हेर्नुस कस्तो प्रस्ट सँग भनिदियको छ । यस्तो महान छ हाम्रो वेद ।

18:- वेदमा जलचक्र
*******************
यो कुरा पनि सर्वविदितै छ कि सुर्यको प्रकाशको कारणले गर्दा नै पानी वाफ को रुपमा परिणत हुन्छ । र माथी आकाशमा गयर फेरी पानी को रुप धारण गरेर बर्षा हुन्छ । हो यस्तो महान प्रकृती को जलचक्र हाम्रो वेदमा पहिले देखी नै छ । ल हेर्नुस्,
“जल तातेर माथी उठ्छ र बर्षा को रुपमा तल आउछ ।” ऋग्वेद १ ।१६४ ।५१

” सुर्यका किरणले जलधारा बग्दछन ।” ऋग्वेद १ ।१६४ ।४२

” हे ऋत्विक! हाम्रा रक्षाका लागी तिमी सवितादेवलाई(सुर्य) स्तुती गर । हामी सवितादेवका लागी सोमयोगादि कर्म सम्पन्न गर्न चाहन्छौ । ति सविता देवले जल सुकायर फेरी बर्साउछन ।” ऋग्वेद १ ।२२ ।६

” उत्तम गतिमान सुर्यको किरण आफु सित जल लियर सबैको आकर्षणको केन्द्र यानरुप सुर्यमण्डलका नजिक पुगेर अन्तरिक्षका मेघबाट जल बर्षायर पृथ्वीको सेचन गर्छन ।” ऋग्वेद १ ।१६४ ।४७

19:- दिनमा तारा नदेखिनुको कारण्
*******************************
हामी सबै लाई थाहा छ कि अहिलेको बिज्ञानले यो कुरा प्रमाणित गरेको छ कि दिनमा तारा हरु नदेखिनु को मुख्य कारण सुर्यको प्रकाशले गर्दा हो । सुर्य उदय भयपछी सुर्यको प्रकाश ताराहरुको भन्दा धेरै मात्रामा पृथ्वीमा आउने भयकोले दिनमा ताराहरु देखिदैन । हो यो बिज्ञान हाम्रो वेद ले पहिले नै भनेको छ । ल हेर्नुस्,
” सबैलाई प्रकाश दिने सुर्यदेव उदाउनासाथ रात्री र ताराको समुह चोर लुकेझै लुक्छन ।” सामवेद ६ ।५ ।७ (पुर्वार्चिक)

20:- शरिर निर्माण्
*******************
अहिले को बिज्ञान ले यो कुरा प्रमाणित गरेको छ कि कुनै पनि प्राणी को शरिर जम्मा ५ ओटा तत्व ले बनेको हुन्छ । त्यो हो पृथ्वी ,जल्, अग्नि, वायु र तेज । तर यो बिज्ञान युक्त कुरा हाम्रो वेद ले पहिले नै गरेको छ । ल हेर्नुस्,
“यस जीवनको अस्तित्व पृथ्वी, जल्, तेज्, वायु र आकाश आदी पंचमहाभुतको संयोगले बनेको छ ।” यजुर्वेद ४० ।१५
तर बाइबल ले केबल माटो बाट नै शरिर निर्माण भयको मान्छ । जुन सरासर गलत छ ।

22:- प्रकाशको पराबर्तन्
*********************
सुर्यबाट आयको तापमान प्रकाश पृथ्वीको बायुमण्डल बाट छिरेर धर्तीमा ठोक्केर फेरी बायुमण्डलमा नै फरकिन्छ र त्यस प्रकाश लाई पृथ्वीको ओजन तहले पृथ्वीको परिधी बाट जान दिदैन जसबाट पृथ्वीमा मानव योग्य ताप स्थिर हुन्छ । हैन भने त पृथ्वी को ताप अहिले -३९ डिग्री हुन्थ्यो । यो बिज्ञान हो । तर हाम्रो वेद ले पनि यसबारेमा पहिले नै भनिसकेको छ कि सुर्यको प्रकाश धुलोक् (आकाश्) बाट पृथ्वीमा र पृथ्वी बाट फेरी आकाशमा नै फर्किन्छ भनेर । ल हेर्नुस्,
” गौ (पोषक किरण) धुलोक बाट तल आउछ र फेरी तल (पृथ्वी) बाट धुलोक मा नै फर्किन्छ ।” ऋग्वेद १ ।१६४ ।१७

23:- बेदमा ग्रहण सम्बन्धी तथ्य
***************************
हामी सबैलाई बिज्ञान सम्बन्धी धेरै कुरा हरु थाहा नभय पनि एती कुरा त अबस्य पनि थाहा छ कि जब सुर्य र पृथ्वी को बिचमा चन्द्रमा पर्छ तेतिबेला सुर्य को पृथ्वी मा आउने प्रकाश बिचमा नै चन्द्रमा ले छेकिदिन्छ र त्यतिबेला यो पृथ्वी को केहि भाग अन्धकार हुन्छ,र त्यसैलाई सुर्य ग्रहण पनि भन्ने गरिन्छ । यो उत्कृस्ट बिज्ञान मानब को मस्तिष्क ले सोचेर पुग्ने कुरा हैन । यो तथ्य लाई प्रमाणित गर्न आजको बिज्ञान लाई पनि धेरै समय लागेको थियो । तर हाम्रो सत्य सनातन परमात्मा को बचन बेद ले यस तथ्यको बारेमा अहिले भन्दा हजारौ बर्ष पहिले नै उजागर गरेको थियो । ल आउनुस हेरौ बेद ले एसको बारेमा के भन्छ ।

। एत्वा सुर्य स्वोर्भानुस्तमसाबिद्यादासुर्: ।
। अक्षेत्रबिध्धथा मुग्धो भुबनान्यदिधयु । ।” ऋग्बेद ५ ।४० ।५

अर्थत्, एसको भाबार्थ एस्प्रकार रहेको छ:-
“हे सुर्यदेब्! जब तपाईं आफु, आफैले प्रकाश दिने चन्द्रमा(भानु) द्वारा छेकिनु हुन्छ त्यतिबेला यो सारा पृथ्वी अन्धकार मा रुमलिन्छ ।”
ल अब फेरी हेर्नुस, कृश्चियन धर्मको धर्मग्रन्थ बाइबलमा भयका केहि ठुलो बैज्ञानीक गलतीहरु
***********************************************************************
1:-
—— उत्पतिको पहिलो दिन “उत्पत्ती १”

—— तब परमेशवोर ले भन्नु भयो” उज्यालो होस्” तब उज्यालो चम्कन थाल्यो ।”उत्पत्ती १।३”

—— परमेशवोर ले उज्यालो लाई ‘दिन्’ र अध्यारो लाई ‘रात्’नाम दिनुभयो । “उत्पत्ति १।५”

—— पृथ्वी को शृस्टी (उत्पतिको तेस्रो दिन्) “उत्पत्ति १।१॰”

—— परमेशवोर ले सुर्य,चन्द्र,र तारा शृस्टी गर्नुभयो ।(उत्पतिको चौथो दिन्) “उत्पत्ति १।१४-१९”

हाम्रो प्रश्न:-
तपाइको परमेशवोर तेस्रो दिनमा पृथ्वी शृस्टी गरेका छन भने चौथो दिनमा सुर्य चन्द्रमा, तारा शृस्टी गरेका छन । ल अब भन्नुस,

१. बिना पृथ्वी र सुर्य तपाइको परमेशवोरले पहिलो दिनमा कसरी दिन र रात छुट्टाउनु भयो ? पृथ्वी र सुर्य बिना दिन र रात हुन शम्भव छैन ।

२. बिना प्रकाशको श्रोत तपाइको परमेशवोर्ले कसरी पहिलो दिनमा उज्यालो बनाउनु भयो किनभने प्रकाशको श्रोत सुर्य चौथो दिनमा शृस्टी गरिएको छ ।

३. बिज्ञानले भन्छ पृथ्वी सुर्य भन्दा पहिले को हो तर तपाइको बाइबलले पृथ्वी नै सुर्य भन्दा पुरानो मान्दछ किनभने परमेशवोर ले पृथ्वी लाई तेस्रो दिनमा र सुर्य लाई चौथो दिनमा शृस्टी गरेका छन.
तर हेर्नुस दिन र रात को बारेमा वेद ले के भन्छ ।

” हे सुर्यदेव ! तिमी दिन र रात को रुपमा समयलाई बिभाजन गर्दै अन्तरिक्ष तथा धुलोकमा बिचरण गर्दछौ ।” सामवेद ६ ।५ ।१२ (पुर्वार्चिक)
2:- —— फेरी उत्पती १ ।११,१२ ber
पृथ्वी मा बिभिन्न अन्न,घास्,बीउ, रुखहरु उमृयो

हाम्रो प्रश्न
यो कसरी शम्भव छ भनेको बिना सुर्यको प्रकाश बाट कसरी बिरुवाहरु उत्पन्न भयो ? बिज्ञानले भन्दछ बिना सुर्य बिरुवाले खाना बनाउन सक्दैन र बीउ, घास्, रुखहरु उत्पन्न हुन सक्दैन(किनभने सुर्य चौथो दिनमा शृस्टी भयको हो भने पृथ्वी तेस्रो दिनमा शृस्टी भयको हो). सत्प्रतिशत अबैज्ञानिक .
तर हेर्नुस वेदले यसबारेमा के भन्छ,
“धौर्मे पिता जनिता नाभिरत्र बन्धुर्मे माता पृथ्वी महियम् ।

उत्तनयोश्चम्बो३ योर्निरन्तरत्रा पिता दुहितुर्गर्भमाधात् । ।” ऋग्वेद १ ।१६४ ।३३
अर्थत्,:-”धुलोकमा स्थित सुर्यदेव हाम्रो पिता र बन्धु स्वोरुप छ । उनि नै सन्सार को नाभी रुप हुन । यो बिशाल पृथ्वी हाम्रो माता हुन । दुइ पात्र (आकाश को दुइ गोलार्ध्) को मध्यमा स्थित सुर्यदेव आफु द्धारा उत्पन्न पृथ्वीमा जीवन् (गर्भ) स्थापित गर्छन ।”
ल हेर्नुस सत्य वेद बचन ले त भन्छ कि सुर्य द्वारा नै पृथ्वी मा हरेक जीवन को शृस्टी हुन्छ, अर्थत सुर्य बिना कुनै पनि चिज उत्पन्न हुन सक्दैन । अब सत्य र झुटो कुन हो हजुरहरुनै छुट्ट्यानुस ।
3:- बाइबलले भन्छ कि चराको रगतले घर सफा हुन्छ रे !

लेबी १४ । ४९-५३
४९ अनि घर सुद्द पार्न पुजारिले दुइ ओटा चराहरु, धुपिको काठ्, हिशोफ र रातो धागो लानु पर्छ ।

५० ति दुइ चरा मध्हे एउटा लाई माटोको भाडा माथी भयको पानीमा उसले मारोस ।

५१ अनि धुपी को काठ्, हिसोफ रातो धागो र जिउदो चरा लियर बग्दै गरेको पानी माथी मारेको चराको रगतमा चोपेर उसले सात पल्ट घरमा रगत छर्किनुपर्छ ।

५२ यि सबै धुपिको काठ, हिसोफ, जिउदो चरा, रातो धागो द्वारा उ घर सुद्द बनाइनेछ ।

५३ एती गरेपछी त्यो जिउदो चरालाई मैदानमा छोडिदेओस । यसरि उसले त्यो घर सुद्द पार्नेछ र घर पनि सुद्द हुनेछ ।
ल हेर्नुस त कस्तो अन्धबिस्वास । के मरेको चराको रगतले घर सफा हुन्छ त ? बिज्ञानले त भन्छ कि रगत त रोगका किटाणु, बिषाणु आदी सर्ने माध्यम (media) हो । रगतको माध्यम बाट रोगका किटाणुहरु सर्छन तर बाइबल ले त चराको रगत बाट नै घर सफा हुन्छ रे । यो हो बाइबलको ईश्वरको बचन ।

4:- बाइबलमा ठुलो गणितिय गल्ति
“अहज्याह २२ बर्षका थिय जब उनले शासन सुरु गरे ।” २ राजा ८ ।२६

फेरि, २ इतिहास २२ ।२
“अहज्याह ४२ बर्षका थिय जब उनले शासन चलाउन सुरु गरे ।”
अब आफै भन्नुस मित्र हरु अहज्याह २२ बर्ष हो कि ४२ बर्ष हो? आफैमा दोधारे कुरा छ ।
(तर साबधान मित्रहरु बास्तबमा बाइबलको २ इतिहास २२ ।२ मा अहज्याह ४२ बर्ष हो भनेर लेखियको छ तर नेपालमा छापियको बाइबल मा अहज्याह २२ बर्ष नै हो भनेर लेखियको छ जुन कुरा सरासर गलत र हामी सम्पुर्ण नेपालीको आखामा छारो हाल्ने काम भयको छ । अधिक प्रमाण को लागी गूगल मा गयर 2chronicles22.2 भनेर टाईप गर्नु होला । दुध को दुध पानी को पानी हुन्छ ।)

अब फेरी हेरौ,
“योराम (अहिज्याह को पिता) ३२ बर्षका थिय जब उनि राजा भय । तीनिले ८ बर्षसम्म यरुसेलम मा शासन गरे । र उनि ४० बर्षको उमेर मा मरे ।” २ इतिहास २१ ।२०

र तुरुन्तै अहिज्याह(योराम को कान्छो छोरा) ४२ बर्षको उमेरमा त्यहाको राजा बने ।
ल अब मलाइ भन्नुस, बाउ मरेको ४० बर्षको उमेरमा र कान्छो छोराको उमेर भने ठिक त्यतिबेला नै ४२ बर्ष । यो कसरी शम्भव छ भनेको ?
छोरा कसरी बाउ भन्दा २ बर्ष जेठो हुन्छ ? अरे यार यो त हलिऊड फिल्मको कथामा पनि हुदैन । येदी कसैले बनायो भने पनि सेन्सर पास हुदैन । येस्तो पनि सत्य र जिवित परमेश्वोर को बचन हुन्छ ?
5:- सुद्दिकरण सम्बन्धी गल्ति

लेबी १२ ।१-५
१ परमप्रभु ले मोशा लाई भन्नु भयो,

२ इज्रायलका मानिस हरुलाई भन, एदी कुनै स्त्री गर्भबती हुन्छे र एउटा छोरा जन्माउछे तब उ सात दिन सम्म असुद्द रहन्छे, जस्तो उ रजस्वोला को समय असुद्द हुन्छे ।

३ अनि आठौ दिन मा नवजात बालक को खतना गरिनु पर्दछ ।

४ सुत्केरी आइमाइ ले सुद्दिकरण को निम्ती ३३ दिन सम्म पर्खनु पर्दछ । आइमाइ ले कुनै पबित्र चिज छुनु हुँदैन तथा पबित्र स्थान तिर जान हुँदैन । जब सम्म उसको सुद्दी हुने दिन पुरा हुँदैन ।

५ एदी कुनै स्त्रीले छोरी जन्माइ भने त्यो स्त्री स्वभाविक रजस्वोलाको दिनमा झै दुइ हप्ता सम्म असुद्द रहन्छे । अनि उसले आफ्नो रजस्वोला बाट सुद्दीकरण को निम्ती ६६ दिन सम्म पर्खनु पर्छ ।
अब मेरो प्रश्न इसाइ हरुलाई कि यो के बिज्ञान सम्मत छ त ? के बिज्ञान ले छोरा जन्मिदा चाही कम दिन असुद्द हुने र छोरी जन्मिदा चाही ठीक त्यस को दोब्बर दिन असुद्द हुन्छ भनेर भनेको छ त ? कस्तो अन्धबिस्वास ।

हाम्रो हिन्दू धर्म सम्बन्धी केही बिद्वान हरुको भनाइ

१. हिन्दू धर्म मात्र एउटा यस्तो धर्म हो जुन समय स्केल अहिलेको आधुनिक बिज्ञान सँग मेल खान्छ। यो हिन्दू शास्त्र बौद्दिक ब्यक्तिको देन हो।
( डा स्टेइन् सिगुर्द्स्सोन पेन्स्ल्भेनिया स्टेट युनिभर्सिटी )

२. एस्तो देखिन्छ कि वेद र पुराण को लेखक भबिस्यको लागि ज्ञान दिन आएका हुन । परम्परागत आर्य हरुको दिमाग अनौठो छ। एस्मा कुनै सन्देह नै छैन कि वेद र पुराण ईश्वर को बचन हो। (स्कोट स्टन्ड्फोर्ड , स्पेस साईन्टिस्ट,नासा )

3. म आश्चर्य चकित छु बेद का रहस्यमय शब्दहरुबाट। त्यहाँ अत्यन्त रहस्यमय तथ्यहरु लुकेका छन। ति श्लोकका निश्कर्शको लागि के कस्ता प्रकृयाहरु पुरा गरियो, तेस्को खोजगर्न सकिएमा आजको बिज्ञानले धेरै रहस्यहरु थाहापाउन सक्ने थियो, सृस्‍टि अगि ईश्वर को मनासय बुझ्न सकिने थियो। (ALBERT EINSTEIN)

4.(we learn many things from the vedas. No only do these give us knowledge,but also teach us science.But the most important things which they teach is how to know god. CALSAY RAKSA)
हामीले बेद बाट धेरै कुरा सिक्दछौ । बेदले हामीलाई ज्ञान मात्रै दिएको छैन अपितु बेदले ‘बिज्ञान्’ पनि सिकाउछ । परन्तु बेदले सबैभन्द महत्वपुर्ण कुरा के सिकाउछ भने, हामिले ईश्वरलाई कसरी जन्न सक्छौ,यो बिषयलाई बेदले राम्ररी सिकाउछ । काल्सए राक्स

5 ‘ mind-blowing fact? the hindu revelation ‘vedas’ is of all revelations the only one whose ideas are in perfect harmony with modern science as it proclaims the slow and gradual formation of the world.’ dr. jacolliot
‘ यो एउटा अचम्मको कुरा छ । ईश्वर प्रद्दत्त धर्मग्रन्थहरुमा एउटा वेद मात्र यस्तो छ, जसको बिचार बर्तमान बिज्ञानसँग पुर्णमेल खान्छ किनभने ‘बेद’ मा बिज्ञानका अनुसार श्रीष्ठिको क्रमिक रचनाको प्रतिपादन छ । डा. जकालिएट

6.’steam engine,electricity, telegraphy and wireless morco-nogram were shown to have been known at less in the germs to the poets of the Vedas.’ maxmuller
‘स्टिम ईन्जिन, बिजुली तार्, बिनातारको तार्, मार्कोनोग्राम आदिको बेदमा उल्लेख छ । यी माथी लेखिएका आधुनिक बैज्ञानीक आबिस्कार बिज रुपमा त बेदमा छदैछ सन्देह गर्ने अबसर छैन ।’ :- म्यास्मुलर
“अहिलेको बिज्ञानले जती पनि प्रगती गरेको छ त्यो सब वेद, गीता र उपनिषद को नै उपज हो ।” परमाणु बैज्ञानिक ओपन हाइ"म"र"
ल अब त हजुर हरु आफैले चिन्नु भयो होला कि कुन चाही सत्य परमेशवोरको बचन हो भन्ने बारे । इसाइ हरुले धर्म प्रचार गर्दा कहिले पनि आफ्नो कम्जोरी देखाउने गर्दैनन । तर अरुको धर्म ग्रन्थ को भने राम्रो कुरा लाई पनि गलत तरिकाले ब्

No comments:

Post a Comment