Showing posts with label चाढपर्व. Show all posts
Showing posts with label चाढपर्व. Show all posts

9.7.22

श्री पशुपतिनाथको भट्ट पुजारी परम्पराः एक परिशीलन

सन्दिप साप्कोटा:- 

पशुपतिनाथ मन्दिरसँग जोडिएको प्राचीनता, परम्परा र धार्मिक मूल्य मान्यता, रीतिस्थितिका सापेक्ष नै पुजारी परम्परा पनि चलिआएको छ । सनातनीय हिन्दूहरुको धार्मिक आस्था र विश्वासको केन्द्र श्रीपशुपतिनाथको पुजारी हुनका लागि निर्धारण गरिएका योग्यताहरु पनि हिन्दू धर्माबलम्बीहरुको आस्था र विश्वाससँग सम्बन्धित विषयहरु हुन् । 

त्यसलाई खल्बल्याएर हिन्दु धर्माबलम्बीहरुको आस्था र विश्वासमा चोट पुग्ने काम कसैले पनि गर्नु गराउनु हुँदैन । भारतीय भट्ट पुजारी परम्परा पशुपतिनाथमा अक्षुण्ण रुपले चलि आएको प्रचलन हो । परम्परा कानुनको रुपमा रहन पुगेको हुन्छ , वैधानिकता हुन्छ र त्यसलाई संविधानले पनि आत्मसात् गरेको हुन्छ । सनातन देखि चलि आएको परम्परा र त्यससँग जोडिएको धार्मिक आस्था र विश्वासलाई खलल पार्न कसैले पनि विवाद उठाउनु मनासिब रहदैँन ।

केही दिन अगााडि केही अनलाइन सञ्चार माध्यमबाट पशुपतिनाथ मन्दिरमा भारतीय भट्ट पुजारीलाई हटाई नेपाली ब्राह्मण पुजारी नियुक्त गर्ने सरकारी निर्णय भएको भनी समाचार सम्प्रेषण भएको थियो ।

30.1.22

बद्रिनाथ कायस्थका पुर्वीय दर्शनका महत्वपूर्ण आलेखहरु।

बद्रिनाथ कायस्थ :- चाडपर्बहरु तिथि अनुसार मनाउने कारण हामी प्राय जस्तो सबै चाडपर्वहरु चन्द्रमास को शुक्ल पक्ष र कृष्ण पक्ष तिथिहरु अनुसार मनाउंछौ । यस्लाई मुख्य तीन तहबाट जवाफ पाउन कोशिश गरिएको छ । -१. पहिलो तहको सजिलो जवाफको लागि हेर्दा हाम्रो पुर्खाहरुले परापूर्ब काल देखि मानीआएको हुनाले हामीले पनि सोही अनुसार मनाईआएको हो भन्न सजिलै संग मिल्दछ ।

-२. अर्को तहमा हेर्दा हाम्रो सिद्धि प्राप्त पुर्खाहरुले धेरै बर्षको अभ्यास बाट तीन कुराहरु मा ध्यान दिएर यी चाडपर्बहरु तिथि बिशेष मनाउन निर्धारण गर्नु भएको भन्न मिल्दछ । ⁃ एक चन्द्रमास को शुक्ल पक्ष र कृष्ण पक्ष तिथिहरु मा चन्द्रमा द्वारा बिशेष गुणयुक्त कलाहरु भएको तेज प्रवाह गर्ने भएको ले सो तिथिहरु को छनौट भएको मान्यता छ ।
⁃ अर्को बिशेष तिथिहरु बिशेष देवी देवताहरु को लागि निर्धारण गरिएको मान्यता छ । यस्मा तिथि अनुसार को चन्द्रमा को तेज प्रवाह को साथ साथै देवताहरु को पनि दोहरो फ़ायदा देखेर सोही अनुसार बिशेष तिथिहरु मा मनाउने गरेको पाईन्छ ।

पुर्विय दर्शनका विभिन्न पक्षमा खोजमुलक आलेखहरुको संग्रह:- गोविन्द शरणका फेसबुक सामाग्री

गोविन्द शरण :- वरुण देव वेदमा वरुणका विषयमा प्रशस्त चर्चा गरिएको छ | वरुण जलका स्वामी हुन् र गोहीको सवारी गर्छन् | सूर्यपछि सबैभन्दा बढी वरुणदेवको चर्चा छ | जीवनको लागि जल अर्थात् पानीको कति बढी महत्व हुन्छ भन्ने तत्थ्य मैले भन्न पर्दैन | विश्वको ७२% भाग पानीले भरिएको छ भने मानव शरीरमा समेत ७३% पानी व्याप्त छ |

जल अर्थात् बरुण सबैका हुन् | विश्वका प्राणी मात्रले पानीको प्रयोग गर्छन् | विना पानी बाँच्न सक्दैनन् | वैदिक ऋषिहरूले पानीको एस्तो वैश्विक स्वरूपलाई वरुणका रूपमा पहिचान गरेर प्राणीमात्रले सम्मान गर्नु पर्ने रीत बसाले | तर मान्छेले आधुनिकताको अन्धो दौडमा ऋषिमुनिहरूको यो दृष्टिकोणलाई ओझेलमा पारिदिए | जल हिन्दू, मुस्लिम, इसाई नास्तिक केही हुँदैन | जल केवल जल हुन्छ र उसले सबैको जीवन रक्षा गर्छ | पानी प्राचीन, वर्तमान र आधुनिक पनि हुँदैन, वरुण रोकिए सबै रोकिन्छ - स्तम्भनमसि वरुणम् |

18.10.21

दशैंबारे जान्नैपर्ने पाँच तथ्य

महेशराज पन्त:- दशैंबारे मैले अखबारी लेखहरू तथा आफ्ना विभिन्न पुस्तकहरूमा लेखिसकेको छु । यद्यपि अहिले पनि दशैंबारे धेरै भ्रम व्याप्त छ । मानिसहरूले तथ्य र प्रमाणविनै आ–आफ्नो तरिकाले यो चाड कसरी सुरु भयो, कहिलेदेखि सुरु भयोजस्ता तर्क पेश गर्दै आएका छन् । यसले गर्दा सामान्यजनदेखि प्रबुद्ध व्यक्तिलाई समेत भ्रम पर्न गएको छ । पाठकको सहजताका लागि दशैंबारे अति सामान्य केही कुरा बुँदागत रूपमा उल्लेख गरेको छु :
१. दशैं मुख्यतः सामरिक चाड हो । समर अर्थात् लडाइँ, काटमार तथा बलिसँग दशैं बढी सम्बन्धित छ । हाम्रो धर्मशास्त्रअनुसार चारै वर्णको आ–आफ्ना प्रमुख चाड छन् । जस्तोः ब्राह्मणको लागि जनैपूर्णिमा, क्षेत्रीको दशैं, वैश्यको लक्ष्मीपूजा र शुद्रको फागुपूर्णिमा । यसर्थ ब्राह्मणले दशैं नमाने पनि अपराध हुँदैन । ब्राह्मणको सबैभन्दा विशिष्ट चाड जनैपूर्णिमा (जसलाई ऋषितर्पणी पनि भनिन्छ) हो ।

1.10.21

आदिधर्म सापेक्ष संविधान !

सौरभ:- काठमाडौ — 'टिडेन्ट एन्ड थन्डरबोल्ट: कल्चरल डाइनामिक्स इन नेपलिज पलिटिक्स' शीर्षकमा हर्क गुरुङको समाजशास्त्रीय कार्यपत्रको एक पंक्ति यस्तो छ- 'जादुयी तरवार (फुर्बा) बज्र (दोर्जे) मा बदलियो । त्रिशूलचाहिँ हिमालयको महादेवसँग सम्बन्धित छ ।

हिन्दुहरूले उनलाई आफ्नो त्रिदेवमध्ये एक मानेकाले त्रिशूलधारक एक चम्किला शत्रुसरह भएका हुनसक्छन् ।' केही पंक्ति पछाडि पुगेर त्रिशूल र बज्र हिमालयका सांस्कृतिक सम्पदाका भाग भएकाले तिनलाई परस्पर विरोधी प्रतीकहरूका रूपमा चाहिँ लिनु हुँदैन' लेखिए तापनि पछिल्ला यावत् पेटबोलीहरूले परस्पर विरोधी नै हुन् भन्न खोजेका छन् । यसरी नेपाली समाजलाई फुट र वैमनस्यको जग दिन सक्दो प्रयत्नरत यस कार्यपत्रको मूलाधार त्रिशूल र बज्रको उत्पत्तिमाथि नै अब जानुपरेको छ ।

8.9.21

नागपञ्चमीको वास्तविकता र महत्व

पृथ्वीराज पोखरेल:- कुनै पनि महत्व र अर्थ नबुझी फेसनको रुपमा पर्व तथा उत्सवहरु मनाउनु नेपाली जनजीवनको विशेषता नै बनिसकेको छ । त्यसै क्रममा श्रावण मासको शुक्लपक्षको पञ्चमी तिथिको दिन मनाइने नागपञ्चमी पनि एउटा पर्व हो जसको महत्व महिमा बुझेर सही अर्थमा मनाउन सकेमा जो कोहीले पनि धेरै लाभ प्राप्त गर्न सक्छ तर पनि बजारबाट नागको तस्बिर किनेर ल्याउनु र फोटोमा अबिर छर्कनुजस्ता औपचारिकता निभाएर मात्र नाग देवहरुको आशीर्वाद प्राप्त गर्न सकिँदैन।

 यसको लागी त नागपञ्चमीको महत्व सही अर्थमा बुझेर पूर्ण श्रद्धा, भक्तिका साथ प्राण–प्रतिष्ठित नागको तस्बिरमा विधिपूर्वक पूर्वक पूजन गर्नु आवश्यक हुन्छ । त्यसैले यहाँ नाग र नागपञ्चमी को महत्वको बारेमा केही कुराहरु प्रकाश पार्न खोजिएको छ । वेद र पुराणहरुमा नागको उद्गम महर्षि कश्यप र उहाँकी धर्मपत्नी कद्रूबाट भएको मानिन्छ । नागको मूल स्थानको रुपमा पाताललोक प्रसिद्ध छ । पुराणमा नागलोकको राजधानीको रुपमा भोगवतपुरी विख्यात् छ ।

तिज बहिस्कार ?

लेखक सौरभ:- अहिलेसम्म तीजलाई नेपाली महिलाले मात्र मनाउने पर्व मान्दै आएको थिएँ । बल्ल तत्त्वज्ञान भयो । म कुवाको भ्यागुतो रहेछु ।' २७ भदौको कान्तिपुरको अंकमा एक पाठकको पत्र पढेपछि केही लेख्नुपर्ने हुनगयो । त्यसमाथि 'राई' थर भएको पात्रले नै लेखेपछि अरू जरूरी भयो । नेपालमा हिन्दुकरण भयो र हिन्दुकरण भयो भनेर पश्चिमाहरूले आफ्नो स्वार्थपूर्ति गर्न अनावश्यक नारा उरालिरहेका बेला -१) यो कसरी करिब-करिब राईहरूको मात्रै परम्पराको रूपान्तरित चाड हो र (२) दशैं बहिष्कारको जवाफ तीज बहिष्कारले किन नदिने ? भन्ने यी दुइटा कुरा अगाडि राख्नु यस लेखको उद्देश्य हो ।

पहिलो दर खानबाट तीज सुरू हुन्छ । दहीमा काँक्रोको टुक्रा मिसाएपछि जुन खानेकुरा बन्छ, त्यो दर हो । दरको खास अर्थ यही हो । जसरी महमा बनाएको तिलको धूलोमात्र हलुवा हो, मूल अरेबिक हो । काँक्रो -कुकुमिस स्याटिभस) लाई भाभिलोभले चीनको मानेका छन्, भारतको होइन (र नेपालको सबैभन्दा पुरानो उल्लेख सन् १३८१ को हो, अमरकोशलाई नेपालकै मान्ने हो भने आठौं शताब्दीसम्ममा पुग्छ) । 

3.9.21

वसन्त ऋतु र शास्त्रीय प्रसङ्ग

रोशन दाहाल:- कुनै सुन्दर चिज देख्दा मन त्यसैत्यसै पुलकित भएर आउँछ। अझै पूरै प्रकृति नै सुन्दर देखियो भने त हामीमा त्यसको प्रभाव नपर्ने कुरै भएन। वसन्त ऋतुको जताततै विशेष गुणगान हुनुको कारण पनि पूरै प्रकृति आकर्षित देखिनु हो। 

यसबेला प्रकृतिले काँचुली फेर्छ भन्दा फरक नपर्ला। चिसो मौसम हटिसकेको हुन्छ। गर्मी मौसम सुरु भइसकेको पनि हुँदैन। मन नै लोभ्याउने गरी चारैतिर हरियाली छाउँछ। सबै बोटबिरुवाका पुराना पात झर्छन् र नयाँ पालुवा पलाउँछन्। फूलहरु फुल्छन्। हिउँ पग्लन थाल्छ। अनि यस्तो दृश्य कसलाई पो मन पर्दैन र ? भनिन्छ, वसन्त मन लोभ्याउने ऋतु हो। यो प्रकृतिको यौवनावस्था पनि हो। यौवनावस्था कसलाई मन नपरोस् ! 

राम कसरी मर्यादा पुरूषोत्तम ?

रोशन दाहाल:- तटस्थ दृष्टिले जीवन बिताउनेहरुका लागि आदर्श पात्र हुन् राम । युवराजबन्दा समेत उनको अनुहारमा कुनै रागको भाव थिएन । त्यसबेला उनी खुसीले अहङ्कारी बनेनन् । वनमा जाँदा पनि उनको अनुहारमा कुनै उदासी देखिएन । सबै अवस्थामा उनी सामान्य र सरल बनिरहे ।

सबै विषम परिस्थितिहरुमा रामले आफ्नो नीति उल्लंघन गरेनन् । राजा हुँदा आफ्ना भावना र सुखबाट परै बसेर न्यायपूर्वक शासन गरे । वनबास जाँदा, बालीको वध गर्दा, रावणको संहार गर्दा, सीतालाई तपोवन पठाउँदा– सबै अवस्थामा उनी भावको अधिनमा परेनन् ।

दुर्गाका नौ रूप

रोशन दाहाल:- पौराणिक कथाहरूअनुसार महिषासुर नाम गरेको दानव थियो । उसका पिता रम्भ असुरहरूका राजा थिए । एकपटक जलमा रहने भैँसीसँग रम्भको प्रेम बस्यो र उनीहरूकै योगबाट महिषासुरको जन्म भयो । पुरूष र भैँसीको संयोगबाट जन्मिएकाले उसको नाम महिषासुर रहन गयो । त्यसैले आफ्नो इच्छाअनुसार उसले भैँसी र मान्छेको रूप धारण गर्न सक्थ्यो। 

एकपटक उसले अमर हुने इच्छाले कठिन तपस्या गर्याे । उसको तपबाट ब्रह्मा प्रसन्न भए र इच्छा लागेको वर माग्न भने । महिषासुरले अमर हुने वर माग्यो । ब्रह्माले अमर हुने वर दिन मानेनन्– “कुनै पनि जीव जन्मेपछि मर्नैपर्छ । तिमी त्यसभन्दा अर्को कुनै वर माग ।” महिषासुरले केही समय सोच्यो र भन्यो– “मलाई देवता, असुर र मानवले मार्न नसकून् । कुनै स्त्रीको हातबाट मात्रै मेरो मृत्यु होस् । हजुरले मलाई यही आशीर्वाद दिनुहोस् ।” ब्रह्माले ‘तथास्तु’ भने। 

भाग्य, कर्म र वातावरणको सम्मिश्रणः वर्तमान जीवन

रोशन दाहाल:- जे हुन्छु भनेर सोचिएको थियो जीवनमा त्यो भइराखेको हुँदैन र जे भइराखेको छ, त्यसबारेमा सोचिएकै हुँदैन। हरेक मानिसलाई नियाल्दा यही अवस्था देखिन्छ। त्यस्तै भरपूर क्षमता भएका मान्छेहरु पनि सफल भइरहेका हुँदैनन् र क्षमता नभएकाहरु पनि सफल भइरहेका हुन्छन्। कहिलेकाहीँ कुनै सानो मिहिनेत गर्दा पनि त्यो निकै सफल भइराखेको हुन्छ र कहिले निकै मिहिनेतका साथ काम गर्दा पनि सफल भइराखेको हुँदैन।

सायद त्यसैले पनि भाग्यभन्दा धेरै र समयभन्दा पहिला कुनै पनि चिज प्राप्त हुँदैन भनिएको होला। जीवन भाग्यमा आधारित हुन्छ भनियो भने कर्मको अस्तित्व के त भन्ने प्रश्न उठ्छ। भाग्य छ भन्दैमा डोकोमा दूध दुहुन पनि मिल्दैन। भाग्यलाई हटाइदिने र कर्मलाई मात्रै जोड्ने हो भने पनि जीवनमा सफलता प्राप्त हुन सक्दैन। फेरि भाग्य पनि कर्ममै आधारित हुन्छ।

30.8.21

वर्णसङ्कर विचारको बिगबिगी

विनु पोखरेल:- ठीक एक सय वर्षअघि १९७७ सालमा सुब्बा कृष्णलाल अधिकारीले ‘मकैको खेती’ पुस्तक लेखे । पुस्तकमा ‘रातो टाउके र कालो टाउके कीरा’, ‘बेलाइती कीरा’ जस्ता शब्दले तत्कालीन राणा शासक चन्द्रशमशेरलाई इङ्गित गरेको भन्दै उनलाई ९ वर्षका लागि जेल हालियो । १९८० सालमा जेलमै उनको निधन भयो ।  इतिहासमा यसलाई मकैको खेती पर्वका रूपमा पनि पढिन्छ, अधिकारीलाई देशकै प्रथम साहित्यिक शहीद भन्नेहरू पनि छन् ।

‘मकैको खेती’ मा राणा शासक विरुद्ध प्रष्ट कुनै किटानी नभए पनि कतिपयले जंगबहादुर र चन्द्रशमशेर लगायतका राणा शासकले पश्चिमाको संस्कृति र शिक्षा भित्र्याएर रैथाने संस्कृति मास्न थालेको र त्यसको सांकेतिक अवज्ञा सुब्बा कृष्णलालले गरेको ठान्नेहरू पनि छन् ।

29.8.21

समापनका तीन सिँढी

सौरभ:- पहिलो टुँडिखेलमा चारजना युवा ज्यानको माया नभएरै ख्यालख्यालमा आमरण अनशनमा बसेका हुन् त ? जस्तो कि प्रधानमन्त्री बन्न हतारिएका केपी ओली र राष्ट्रपति बन्न गोडा उचालेका सुशील कोइरालालाई लाग्दो हो। त्रिशूल र डमरु चिह्न छाड्नुपरेको दिन सेनाको नैतिक धरातल ओरालो लाग्नेछ र त्यो विघटनको संघारमा पुग्नेछ 'अवकाश प्राप्त सैनिक अधिकारीहरूले सञ्चारमाध्यममै खुलस्त गरिसकेका छन्।

धर्मले मात्रै पहाड र तराईलाई जोडिरहेको छ— फ्रेडरिक गेगले दशकौंअघि अनुसन्धान गरी निक्र्योल निकालिसकेका छन्।आमरण अनशनपछि अन्य युवाहरू आत्मदाहतिर लागेछन् भने पानी खन्याइदिउँला भन्ने जो सोचिरहेछन् ती हाम्रो इतिहासका सबैभन्दा ठूला वज्रस्वाँठ र युरोपियन युनियनलाई आत्मा बेचेका सैतानबाहेक अरू साबित हुने छैनन्।

28.8.21

व्रत बहिष्कार, ‘फास्टिङ’ अंगीकार- व्रत बस्ने संस्कृति रुढिवाद हो ?

विनु पोखरेल:- पोहोर साल ‘यसपालीको तीज, नो ब्रत प्लिज’ भन्ने गीत बजारमा आयो । सामाजिक सञ्जालमा स्वघोषित दोस्रो दर्जाको दावी गर्दै ‘महिलावादी’ समूहले त्यसलाई अग्रपंक्तिमा उभिएर समर्थन जनायो । उक्त समूह सामाजिक व्यवस्थाका गुणदोष केलाउने भन्दा पनि नेपालका सांस्कृतिक मान्यताहरुमाथि आँखा चिम्लेर प्रहार गरिरहेकै हुन्थ्यो । लामो समयदेखि तीजमा व्रत नबस्ने अभियान चलाइरहनु भएका उहाँहरुको लागि यो गीत घृणा प्रवद्र्धनको औषधि सावित भइरहेको थियो । 

व्रतले महिलाहरुलाई अघि बढ्न दिएन । व्रतकै कारण सबै विकास ठप्प भयो भन्ने उहाँहरुको निष्कर्ष छ । मूलधारको भनिएको मिडिया पनि मौलिक संस्कृतिको अस्वीकारलाई क्रान्ति नै ठान्छ । त्यसैले मिडियामा गीतसँगै नो व्रत भन्दै मुठ्ठी कसेका आलेख पनि बाक्लै छापिए । विमर्शका लागि ठाउँ दिने भन्दा अभियानमा रमाउने र एकथरी विचारलाई निषेध गर्ने अमुक् सञ्चार माध्यमको परिपाटीले उनीहरुले नरुचाएका विषयमा कलम चलाउनु अपराधीको दर्जा पाउनुजस्तै हुन पुगेको छ । यद्यपि आज सभ्य बन्ने नाममा तेज्य बनाइँदै लगिएको व्रत बस्ने संस्कृतिबारे लेख्ने धृष्टता गरेको छु ।

27.8.21

हाम्रो भान्सा औषधालय, आमाहरु चिकित्सक !

बिनु पोखरेल:- समय मानिसको गुरु रहेछ । एउटा समयमा रुढ ठानेर परित्याग गरिएका हाम्रा सामाजिक आचार-व्यवहारलाई अर्काे समयले परीक्षण गरी गतिशील विज्ञानमा बदलिदिंदो रहेछ । बाल्यकालमा आफैंले रुढ ठानिएका सामाजिक र पारिवारिक पद्दतिहरु आज फर्केर हेर्दा तिनको प्रमाणिक वैज्ञानिकता पुष्टि हुँदै गएपछि म यस निष्कर्षमा पुगेको छु । समयले सिकाएका र अध्ययनले सावित गरेका केही समाजिक पारिवारिक आचार–व्यवहारबारे यो आलेखमा केही लेख्ने छु ।
हाम्रा हजुरआमा हजुरबुवाका समयको गृहस्थ जीवनको प्रायः दैनिकी यस्तो थियो ।

20.8.21

प्रेमका देवता कामदेव कहाँ बस्छन्?

रोशन दाहाल:- हिन्दू शास्त्रहरूमा कामदेवलाई प्रेमका देवता भनिन्छ । स्त्री–पुरुषको बीचमा आपसी सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले उनको पूजा वसन्त पञ्चमीका दिन गर्ने गरिन्छ । त्यसैले यदि हिन्दू परम्परालाई मान्ने हो भने प्रेम दिवस वसन्त पञ्चमीका दिन मनाउनुपर्ने हो ।

अहिले विश्वव्यापी भइरहेको फेब्रुअरी १४ का दिन मनाउने गरिएको प्रेम दिवस (भ्यालेन्टाइन डे) रोमनबाट सुरु भएको हो । पादरी भ्यालेन्टाइनको सम्झनामा यो पर्व मनाउने गरिन्छ । इस्वी सम्वत् ४९८ मा इसाइ धर्मगुरु पोप जेलासिएसले भ्यालेन्टाइनको सम्झनालाई दिवसकै रूपमा मनाउने घोषणा गरेका थिए । त्यसपछि बिस्तारै यसले पर्वकै रूप धारण गर्दै आइरहेको छ । विश्वभरि यो दिवस उत्साहका साथ मनाउने चलन बढ्दो छ ।