30.1.22

बद्रिनाथ कायस्थका पुर्वीय दर्शनका महत्वपूर्ण आलेखहरु।

बद्रिनाथ कायस्थ :- चाडपर्बहरु तिथि अनुसार मनाउने कारण हामी प्राय जस्तो सबै चाडपर्वहरु चन्द्रमास को शुक्ल पक्ष र कृष्ण पक्ष तिथिहरु अनुसार मनाउंछौ । यस्लाई मुख्य तीन तहबाट जवाफ पाउन कोशिश गरिएको छ । -१. पहिलो तहको सजिलो जवाफको लागि हेर्दा हाम्रो पुर्खाहरुले परापूर्ब काल देखि मानीआएको हुनाले हामीले पनि सोही अनुसार मनाईआएको हो भन्न सजिलै संग मिल्दछ ।

-२. अर्को तहमा हेर्दा हाम्रो सिद्धि प्राप्त पुर्खाहरुले धेरै बर्षको अभ्यास बाट तीन कुराहरु मा ध्यान दिएर यी चाडपर्बहरु तिथि बिशेष मनाउन निर्धारण गर्नु भएको भन्न मिल्दछ । ⁃ एक चन्द्रमास को शुक्ल पक्ष र कृष्ण पक्ष तिथिहरु मा चन्द्रमा द्वारा बिशेष गुणयुक्त कलाहरु भएको तेज प्रवाह गर्ने भएको ले सो तिथिहरु को छनौट भएको मान्यता छ ।
⁃ अर्को बिशेष तिथिहरु बिशेष देवी देवताहरु को लागि निर्धारण गरिएको मान्यता छ । यस्मा तिथि अनुसार को चन्द्रमा को तेज प्रवाह को साथ साथै देवताहरु को पनि दोहरो फ़ायदा देखेर सोही अनुसार बिशेष तिथिहरु मा मनाउने गरेको पाईन्छ ।
⁃ तेस्रो नक्षत्रहरु र अन्य योगहरु को पनि हितकर समय हिसाब किताब गरेर बिशेष तिथिहरु को निर्धारण भएको छ ।यस्बाट नक्षत्रहरु गुणहरु को फ़ायदा पनि हामीलाइ हुन सक्तछ ।
-३. तेस्रो शिव र बिष्णु साथ बसेर चन्द्रमास को शुक्ल पक्ष र कृष्ण पक्ष तिथिहरु निर्धारण गर्दा धेरै कुराहरु बिचार गरेर सबैको ईच्छा आकांक्षा हेरेर चन्द्रमा को शितल शान्त र आनन्ददायक तेज प्रकाश सबैको भलोहुने र सबैलाई हितहुने हिसाबले बन्दोबस्त गरेको मान्यता छ ।
यसरी हामीले सबैको हित हुने गरी तिथिहरु अनुसार चाडपर्बहरु मनाउंदै आईरहेको प्रष्ट देखिन्छ ।
१.. यस बारेमा प्रष्ट हुन थप चर्चा हुन आबश्यकता देखिनआएको छ । यस्बारेमा थप जानकारी भए चर्चामा ल्याउन अनुरोध छ ।
१.१. हामीले थाहा पायौं कि चन्द्रमा को तेज प्रकाश को साथ सत्ताईस नक्षत्रहरुको संम्बन्ध र संयोग जुड्न गएको हो ।
१.२. चन्द्रमा को तेज प्रकाश को महत्व बुझे पछि दक्ष प्रजापति ले पनि अमावस्याको एक दिन आफु र पितृहरु को हित होस भनेर बिष्णु संग अनुरोध गरेका थिए ।
१.३. देवी देवताहरुले त झन चन्द्रमा धेरै दिन सम्म नउदाउंदा आफुहरुमा हलचल मचिएर चन्द्रमा को खोजिगरेका थिए । चन्द्रमा दक्षबाट श्राप पाएर तेज प्रकाश रहित भएर बस्दा परेको असरले गर्दा श्राप मुक्त गर्न बिष्णु लाई अनुरोध र पुकारा गर्न पुगेका थिए ।
१.४. चन्द्रमा को तेज प्रकाश को महत्व थाहा पाएर नै बिष्णु तुरुन्त दक्ष प्रजापति कहॉ गएर चन्द्रमा लाई श्राप मुक्त गर्न अनुरोध गर्न जानु भयो । त्यस्मा दक्षले अमाबस्याको दिन आफ्नु लागि माग्दा सो समस्या निबारण गर्न तुरुन्त कैलाश जानु भयो ।
१.५. शिवले पनि चन्द्रमा लाई दिएको श्राप तुरुन्त मुक्त गर्न चाहनु भयो र चन्द्रमास को आधारमा शुक्ल पक्ष र कृष्ण पक्ष तिथिहरु को निर्धारण गर्नु भयो ।
१.६. यसो गर्दा चन्द्रमा को तेज प्रकाश फिर्ता आउन नसक्ला वा अपठ्यारोमा पर्न सक्लाकि भनेर महादेव ले आफ्नै शिरमा धारण गर्न पनि तत्पर हुनु भयो । यसरी चन्द्रमा को औषधियुक्त शितल शान्त र आनन्ददायक तेज प्रकाश सबैलाई आबश्यक भएको हुनाले चन्द्रमा को बिषयमा कुनै जोखिम उठाउन चाहेनन् ।
२.. चन्द्रमा मा भएको कलायुक्त गुणहरु को तेज प्रकाश दक्ष प्रजापति को श्राप बाट नष्ट भएको बेलामा त्यस्लाइ जगाउन शिव र बिष्णु बाट शुक्ल पक्ष र कृष्ण पक्ष तिथिहरु निर्धारण गरेर चन्द्रमास लाई बिस्तार बिस्तार प्रत्येक दिन एक एक कला थप्दै लगेर पूर्णिमा को दिन चन्द्रमा सोरह कलायुक्त भई पूर्णिमा को रात भनेर प्रसिद्ध गराएर राखे ।
२.१. यसै क्रमबाट शुक्ल पक्ष को प्रतिपदा देखि पूर्णिमा सम्मको पन्द्रह तिथिहरु बढ्ने क्रममा निर्धारण भएको मानिन्छ ।
२.२. त्यसैगरी पूर्णिमा को भोलिपल्ट प्रतिपदा देखि अमावस्या सम्मको पन्द्रह तिथिहरु मा चन्द्रमा को कला प्रत्येक दिन एक एक गरी घटेर त्रयोदशी, चतुर्दशी, र अमावस्या सम्म पुग्दा सबै कलाहरु घट्दै क्षय होला भन्ने आशंका ले महादेव ले शिरमा धारण गर्नु भएको मानिन्छ ।
२.३. यसरी यो कृष्ण पक्ष तिथिहरुमा चन्द्रमा मा भएको सोरह कलाहरु बिस्तार बिस्तार क्रमबद्ध रूपमा एक एक कलामा भएको कलायुक्त गुणहरु को तेज प्रवाह सबैलाई उपलब्ध गराई घट्दै गएर त्रयोदशी, चतुर्दशी, र अमावस्या को तिथिहरु मा चन्द्रमा को कलाहरु कमी र कमज़ोर हुन पुग्दछ भन्ने मान्यता छ ।
२.४. सोही अबस्था मा शिवले शिरमा धारण गर्नु भएको हुनाले चन्द्रमा को अबस्था सुरक्षित रहन गएको हो ।चन्द्रमा लाई कुनै ख़तरा को डर भएन ।
२.५. यस्ले गर्दा दक्ष प्रजापति को आग्रह अनुसार अमावस्या को दिन चन्द्रमास मा समाबेश गर्न संभव भएको हो
२.६. यस्ले गर्दा पितृहरु ले पनि चन्द्रमा को शितल शान्त र आनन्ददायक तेज प्रवाह प्राप्त गर्न सफल भएका हुन् ।
२.७. यसरी चन्द्रमास मा आधारित शुक्लपक्ष र कृष्ण पक्ष तिथिहरु सिधा शिवको निर्णय र बिष्णु को सहमति मा भएको हो भन्ने मान्यता छ ।
३.. यसरी शिवबाट चन्द्रमास को शुक्ल पक्ष र कृष्ण पक्ष तिथिहरु निर्धारण हुंदा यस्मा चन्द्रमा को औषधियुक्त शितल शान्त र आनन्ददायक तेज प्रकाश सबैलाई प्राप्त होस भनेर देवी देवता, ऋषि मुनिहरु, सत्ताईस नक्षत्रहरु , पितृहरु, मनुस्यहरु, बनस्पतिहरु, जलश्रोतहरु , आदि सबैलाई प्राप्त होस भनेर हिसाब गरेर निर्धारण भएको पाईन्छ ।
४.. हामी ले परापूर्ब काल देखि चाडपर्बहरु यीनै शुक्ल पक्ष र कृष्ण पक्ष तिथिहरु मा मनाइ आईरहेका छौं । यसरी निर्धारित तिथिहरु मा चाडपर्बहरु मनाई आईरहेको पाईन्छ ।
४.१. शुक्ल पक्ष र कृष्ण पक्ष बिशेष तिथिहरुमा चन्द्रमा मा भएको कलायुक्त गुणहरु को तेज प्रवाह निर्धारित रहन्छन् ।त्यस्कारण तिथि अनुसार चाडपर्बहरु मनाउने प्रचलन हो ।
४.२. यसरी शुक्ल पक्ष र कृष्ण पक्ष तिथिहरु को आधारमा चन्द्रमा मा भएको कलायुक्त गुणहरु को तेज प्रवाह निर्धारित तिथि मा उपलब्ध हुने र उपभोग हुने हुनाले तिथि अनुसार चाडपर्बहरु मनाउने प्रचलन छ ।
४.३. बिभिन्न देवी देवताहरु , पितृहरु, ऋषि मुनिहरु, मनुस्यहरु , बनस्पतिहरु , र जलहरुले समेत यीनै शुक्ल पक्ष र कृष्ण पक्ष तिथिहरु को आधारमा चन्द्रमा को शितल शान्त र आनन्ददायक तेज प्रवाह प्राप्त गर्ने भएको हुनाले उपयुक्त तिथिहरु को महत्व झन बढेको हो ।
४.४. यसैको आधारमा बिशेष तिथिहरु मा बिशेष चाडपर्ब मनाइआएको पाईन्छ ।त्यस्कारण तिथिहरु अनुसार चाडपर्बहरु मनाउने प्रचलन रहेको हो ।

४.५. हालआएर दुई चार बर्ष देखि नेपाल पंचॉग निर्धारण समितिबाट स्वीकृत पात्रोहरुमा तिथिहरु मा केही गडबड भएको पाईन्छ । यस बारेमा पंचॉगकर्ताहरु र पंचॉगकारहरु सबै बसेर चर्चा गरेर कन्फ्यूजन ( भ्रम ) हटाउन जरुरी देखिन्छ ।

चन्द्रमा शिव को शिरमा :-किन ?
चन्द्रमा सुन्दर औषधियुक्त, सितल शान्त र आनन्ददायक तेज प्रकाश दिने र सबैको हित गर्ने भएको ले शिवले शिरमा धारण गर्नु भयो । चन्द्रमा को महत्व हामी सबैलाई थाहा नभएको चाहीं होईन । चन्द्रमा को पूजा नभएको पनि होईन ।चन्द्रमा को सोरह कलाको आधारमा चाडपर्बहरु नमनाउने पनि होईन । प्राय हामी चन्द्रमा लाई एक महत्वपूर्ण देवताकै रुपमा हेर्दछौ ।
तर पनि प्रश्न आउंछ चन्द्रमा किन शिवजीको शिरमा चन्द्रकला को रुपमा शोभायमान रहन्छन् । यस्को कारण खोज्न चन्द्रमाको कथाहरु अध्ययन गर्न लागे । चन्द्रमा बारेमा धेरै कथाहरु रहेछन् । मैले मेरो प्रश्न संग सान्दर्भिक कथालाई तीन भाग मा हेर्न खोजेको छु ।
१.. पहिलो भाग चन्द्रमा को सत्ताईस दक्ष कन्याहरु संग बिबाह भएको थियो ।
१.१. चन्द्रमा लाई दक्ष प्रजापति ले बोलाएर सत्ताईस कन्याहरु कन्यादान दिएर पठाए ।
१.२. चन्द्रमा केही समयको लागि त सत्ताईस कन्याहरु पाएर दंग परे । तर पछि पछि गएर चन्द्रमा सिर्फ एक जना रोहिणी संग आकर्षित भएर उनी संग मात्र रस रंगमा भूलेर समय बिताउन लागे
१.३. यो देखेर अन्य छब्बीस कन्याहरुले आफुहरु लाई मन नपराएको , अपहेलना गरेको ठानेर पिता दक्ष प्रजापति कहॉ दुखेसो पोखाउन गए ।
१.४. छोरीहरु को दुःख को कुराहरु सुनेर उनीहरु लाई सान्त्वना दिंदै दक्ष प्रजापति ले चन्द्रमा लाई बोलाउन पठाएर अब उप्रान्त सबै संग समान रुपले ब्यबहार गर्न अनुरोध गरेर छोरीहरु लाई सम्झाएर चन्द्रमा को साथ लगाएर पठाई दिए ।
१.५. यसरी सम्झाएर पठाए पछि केही समयको लागि त चन्द्रमा ले सबैलाई समान ब्यबहार गरे । तर समय बित्दै गए पछि चन्द्रमा ले सबै कुराहरु बिर्सेर फ़ेरी रोहिणी संग मात्र रस रंग गरेर समय बिताउन लागे ।
१.६. यस्पाली त झन अचाक्ली भयो भनेर छब्बीस जना छोरीहरु रुंदै सिकायत गरेको सुनेपछि दक्ष प्रजापति रिसाएर चन्द्रमा लाई बोलाउन पठाएर सुन्दर सितल तेजवन्त भएको ले यस्ले मेरो कुरा पनि नमानेर घमण्ड गर्न लागेको सोंचेर । त्यो सबै आजैदेखि नष्ट भएर तेज हटेर जावस भनेर श्राप दिए ।
१.७. यसरी श्राप पाएपछि चन्द्रमा को तेज हटेर सुन्दर रुप हटेपछि लाज मानेर सुमेरु पर्वत को पछाडि गएर लुकेर बसे ।
२.. यस कथामा यी मुख्य मुख्य कुराहरु देखाउन खोजिएको छ ।
२.१. चन्द्रमा को खाश गुणहरु चन्द्रमा लाई नै थाहा नभएको कारण सत्ताईस कन्याहरु संग किन बिबाह भएको पनि थाहा भएन । रोहिणी एक जना संग रस रंग भोग गरेर रमाएर बसे ।
२.२. चन्द्रमा को तेज प्रवाह सबै सत्ताईस कन्याहरु मार्फत सत्ताईस नक्षत्रहरु को रानीको रुपमा समान रुपमा प्रवाह हुनु पर्ने कुराको पनि ज्ञान भएन ।
२.३. चन्द्रमा सुन्दर शान्त तेजवन्त भएको देखेर यसैको घमण्ड होला भनेर सोंचेर दक्ष प्रजापति ले त्यही सोरह कला नष्ट हुने श्राप दिए ।
२.४. चन्द्रमा लाई श्राप दिंदा अरुलाइ के असर होला भनेर दक्षलाई पनि थाहा भएन ।
२.५. यसरी चन्द्रमा पनि दागी भए ।
३.. दोस्रो भाग चन्द्रमा को सोरह कलाहरुको महत्व बुझेर बिष्णु आफै तुरुन्त दक्ष प्रजापति कहॉ गएर श्राप फिर्ता लिन भन्न गएको कथा छ ।तर दक्ष प्रजापतिको एउटा अनुरोध ले गर्दा बिष्णु केही गर्न नसकि शिवजी कहॉ सल्लाह मस्यौदा गर्न कैलाश पुग्नु भयो ।
३.१. चन्द्रमा सुमेरु पर्वत को पछाडि गएर धेरै समय सम्म लुकेर बसेपछि स्वर्गका देवताहरुमा हलचल मच्चियो ।सबै जना चन्द्रमा नउदाएको धेरै दिन भयो के भयो भनि खोजनिति गर्न लागे ।
३.२. चन्द्रमा श्राप पाएर सबै तेज प्रवाह हराएर लाज़मानेर सुमेरु पर्वत को पछाडि गएर लुकेर बसेको थाहा पाए ।
३.३. त्यस्पछि सबै देवताहरु सल्लाह गरेर , बिष्णु कहॉ गएर , सबै बृत्तान्त सुनाएर, यस समस्या लाई तुरुन्त समाधान गर्न बिन्ति गर्दै पुकारा गरे ।
३.४. सबै देवताहरुको पुकारा सुनेर बिष्णु आफै दक्ष प्रजापति कहॉ जानु भयो । यसरी बिष्णु भगवानको सवारी भएको देखेर दक्ष प्रजापति खुशि भएर स्वागत सत्कार गरे । त्यस्पछि आउनु को कारण बिन्ति गरे ।
३.५. बिष्णु ले दक्ष प्रजापति संग सम्बाद गर्दै भने । हे दक्ष तिमीले चन्द्रमा लाई श्राप दिएको फिर्ता लिएर तुरुन्त श्राप मुक्त गरिदिनु पर्यो । यसैमा सबैको भलाइ छ ।
३.६. दक्षले पनि बिन्ति गर्दै भने हे भगवान तपाई ले भनेको मैले नमान्ने भन्ने कुरै आउंदैन । तर तपाई ले पनि मेरो लाज बचाई दिनु पर्यो भनेर बिन्ति गरे ।
३.७. दक्षको कुरा सुनेर बिष्णु ले पनि तुरुन्त हुन्छ भने । सोही मौकामा दक्षले आफ्नु श्राप को लाज राख्न अमावस्या एक रात चन्द्रमा को तेज प्रकाश रहित होस भनेर मागे ।अन्य दिनहरुको लागि मुक्त गरिदिएं भनेर बिन्ति गरे ।
३.८. त्यस अबस्थामा बिष्णुले नाईनास्ती केही गर्न र भन्न नसकेर हुन्छ भने । तर अब के गर्ने भनेर उपाय नसुझेर तुरुन्त शिवजी संग सल्लाह गर्न कैलाश जानु भयो ।
४.. दोस्रो कथामा यी मुख्य मुख्य कुराहरु देखाउन खोजिएको छ ।
४.१. चन्द्रमा को सितल शान्त तेज प्रवाह को आबश्यकता देवताहरु लाई पनि पर्दो रहेछन् भन्ने देखाए ।
४.२. चन्द्रमा रातको साक्षी भएर बसेका निसानाथ मात्र नभइ यस संसारमा सितल शान्त तेज प्रवाह गरेर बसेका हुनाले वहॉलाइ श्राप दिएर राख्दा वहॉको हित हुने कार्यबाट सबै बन्चित भए ।
४.३. त्यस्कारण बिष्णु तुरुन्त दक्ष प्रजापति कहॉ गएर यस्को समाधान को लागि श्राप फिर्ता लिन सम्बाद गर्नु भयो ।
४.४. जस्को लागि बिष्णु ले आफुलाई समाधान गर्न अपठ्यारो पर्ने भनेर थाहा पाएर पनि हुन्छ भनेर आएर शिव संग सल्लाह गर्नु पर्यो ।
५.. तेस्रो भाग बिष्णु ले दक्ष प्रजापति ले अमावस्या को एक रात चन्द्रमा तेज प्रकाश रहित होस भनेर बिन्ति गरेको कुरा कैलाश गएर शिवजी संग सल्लाह गरे ।
५.१. सबभन्दा पहिले आत्तिएर आएका बिष्णु लाई आरामसाथ आसनमा राखेर शिवजीले सबै कुराहरु बृत्तान्त रुपमा सुने ।
५.२. चन्द्रमा को महत्व लाई ध्यानमा राखेर शिवले बिष्णु संग गहिरो सल्लाह गरे ।
५.३. समय परिस्थिति को बिचार गरी तुरुन्त निर्णय गर्नु पर्ने अबस्था देखेर शिवले चन्द्रमा
को तेज प्रवाह को आधारमा शुक्ल पक्ष र कृष्ण पक्ष को तिथिहरु निर्धारण गरिदिनु भयो र अमावस्या को ब्यबस्था गर्नु भयो ।
५.४. यसरी यो शुक्ल पक्ष र कृष्ण पक्ष को तिथिहरु संग अमावस्या को दिन शिवजी आफैले बिष्णु संग सल्लाह गरी निर्धारण गर्दा यस्मा चन्द्रमा लाई ठूलो जोखिम पर्न सक्ने संभावना बढ्यो ।
५.५. चन्द्रमा को सबैलाई हित गर्ने काममा भएको ले कुनै प्रकार को जोखिम मोल्नु ठिक छैन भनेर शिवले तुरुन्त एउटा अर्को निर्णय गरी चन्द्रमा लाई आफ्नु शिरमा धारण गर्नु भयो ।
६.. यस तेस्रो कथामा यी मुख्य मुख्य कुराहरु देखिएकोछ ।
६.१. यस्ले शिवजीले चन्द्रमा लाई किन शिरमा धारण गर्नु पर्यो भन्ने देखियो ।
६.२. यस्तो अबस्था मा पूर्ण प्राथमिकता दिएर शिवजी आफैले शुक्ल पक्ष र कृष्ण पक्ष र अमावस्या तिथिहरु को निर्धारण गर्नु भएको हो ।
६.३. यस्ले चन्द्रमा को सुन्दर औषधियुक्त शितल शान्त र आनन्ददायक तेज प्रकाश प्रवाह गर्ने र यस्बाट सबैलाई फायदा हितकर हुने प्रष्ट देखिन्छ ।

शिवजी को साथमा रहेको डमरू र त्रिशूल:- संहार र सृष्टिको प्रतीक हो।
साधारण त शिवजीको दुई हातमा डमरु र त्रिशूल रहेको देखाइएको पाईन्छ ।शिवजी शिवशक्ति स्वरुपमा दुबै संहार गर्न र सृष्टि गर्न सक्षम हुनु हुन्छ भन्ने प्रतीकको रुपमा प्रस्तुत गरिएको मानिन्छ । त्रिशूललाई शिवजीको मुख्य हतियार को रुपमा मानिआएको भएता पनि शिवजीको त्रिशूल मा डमरु झुण्ड्याएको एक बिशेष कुरा को प्रतीक हो भन्ने भान हुन्छ ।
शिवजी लाई यो त्रिशूल ईश्वरी बाट प्राप्त भएको मानिन्छ । यस्मा प्रलय गर्ने शक्ति छ , र कुनैपनि ख़राब कुराहरु नष्ट गर्ने / संहार गर्ने शक्ति पनि छ ।र आबश्यकता अनुसार कुनैपनि कुरा सृष्टि गर्ने शक्ति पनि छ ।
यसरी यो त्रिशूल डमरु ईश्वरीले ईश्वरीय सृष्टि को लागि ल्याइएको ब्रह्म तत्व को कणहरु को प्रतीक हो जस्मा तेजिलो आकाश तत्व र ख़ाली स्पेस बाट ब्रह्माण्ड मा सृष्टि को शुरुआत भएको मानिन्छ ।
यो कुरामा अलिकति बुझेर, मनन गरेर , नासा , भारत ,र चीनका बैज्ञानिकहरुले खास गरेर भारत का बैज्ञानिकहरुले ॐ शब्द को खोज गरे जस्तै गरेर डमरुको शब्द र त्रिशूल को शक्ति लाई नाप्न सकेमा भारत बिश्व को नम्बर वन याने मतलव संसारको सबभन्दा शक्तिशाली राष्ट्र हुन सम्भव देखिन्छ । यस्तो हाम्रो धर्म संस्कृति बैज्ञानिक रुपमानै प्रष्ट देखाउने संभावना देखिन्छ ।
१.. पहिलो कुरा शिवजीलाइ यो डमरु त्रिशूल ईश्वरीबाट ईश्वरीय सृष्टि सुचारू रूपले संचालन गर्न मात्र नभइ आबश्यकता अनुसार संहार गर्न र सृष्टि गर्न सक्षम हुन प्राप्त गराएको मान्यता छ ।
१.१. श्री माहामाया को नयॉ ब्रह्माण्ड मा सृष्टि गर्ने ईच्छा जागे पछि ईच्छा शक्ति , बिद्या शक्ति , र ब्रह्म शक्ति को संचालन बाट मणिद्वीप मा अबस्थित मणि जस्तो चम्कने अतिनै सूक्ष्म कणहरु बाट ब्रह्म तत्व को कणहरु सृष्टि हुन्छ भन्ने मान्यता छ ।
१.२. यसरी सृष्टि भएको ब्रह्म तत्व को कणहरु शुन्यता मा रहेको नयॉ ब्रह्माण्ड मा कसरी पुग्यो र ब्रह्माण्ड मा सृष्टि को शुरुआत कसरी भयो भन्ने बिषयमा छलफल चलिरहेकै छ।
१.३. यस बिषयमा सबैको आआफ्नु राय छ र सोही अनुसार धारणा पनि राख्दछन् ।
१.३.१.बैज्ञानिकहरु The Big Bang Theory अनुसार शुन्यमा रहेको ब्रह्माण्ड मा यी कणहरु बाट सृष्टि भएको भन्ने बिश्वाश राख्दछन् ।
१.३.२. बौद्ध मार्गिहरु नयॉ ब्रह्माण्ड मा आकाश तत्व को सृष्टि भएर भएको मान्दछन् ।
१.३.३. शैव शाक्त धर्म मान्नेहरु यस बिषयमा फरक अलौकिक शक्ति द्वारा भएको धारणा राख्दछन् ।
— शैवहरु ब्रह्म तत्व को कणहरु निराकार अलौकिक शक्ति द्वारा सृष्टि भएको मान्यता राख्दछन्।
— बौद्ध धर्मावलम्बीहरु यस्तो अलौकिक शक्ति मान्दैनन् .
— शैव धर्मावलम्बीहरु ईश्वरी बाटनै ईश्वरीय सृष्टि अन्तर्गत यो ब्रह्म तत्व को कणहरु नयॉ शुन्यता मा रहेको ब्रह्माण्ड मा पुर्याएको मान्दछन् ।
१.४. बैज्ञानिकहरुले मानि आएको The Big Bang Theory र शैवहरु ले मानि आएको ईश्वरीय सृष्टि मा फरक देखिन्छ ।
१.४.१. बैज्ञानिकहरु ताराहरु फ़ुटेर / ब्रष्ट भएर ती कणहरु आएर धेरै धेरै बर्षहरु लगाएर सृष्टि ठूलो हुंदै गएको मान्यता राख्दछन् ।
१.४.२. शैवहरु ईश्वरीको ईच्छा अनुसार ईश्वरीय सृष्टि अन्तर्गत सबै कुराहरु को सृष्टि भएको बिश्वाश गर्दछन् ।
१.४.३. बैज्ञानिकहरु आकाश तत्व को गुण शब्द र प्रकाश को तेज मा Sound & Energy हुन्छ जस्बाट यो ब्रह्माण्ड मा सृष्टि को शुरुआत हुन्छ भन्ने मान्दछन् ।
१.४.४. शैबहरु पनि आकाश तत्व को गुण शब्द र तेज प्रकाश शक्ति बाट सृष्टि को शुरुआत हुन्छ भन्ने मान्यता राख्दछन् । तर शैवहरु त्यस्मा एक बिशेष आत्मा तत्व खाली स्पेस को रुपमा शुन्यता मा रहने मान्यता राख्दछन् ।
१.५. यो आत्मा तत्व को बारेमा बौद्ध धर्मावलम्बीहरु बिश्वाश राख्दैनन् ।
१.६. आत्माको बारेमा बैज्ञानिक हरुको पनि बिश्वाश छैन ।
१.७. अलौकिक आत्मा तत्व को र आध्यात्मिक शक्ति बारेमा बैज्ञानिकहरुले पनि एक पटक खोजनीति गर्न जरुरी देखिन्छ ।
२.. दोस्रो मुख्य फरक यस ब्रह्म तत्व को कणहरु मा देखिन आएको छ ।
२.१. यस्मा बैज्ञानिकहरु Protons, Neutrons , & Electrons बाट सबै बस्तुहरु सृष्टि भएको मान्दछन् ।
२.२.शैव धर्मावलम्बीहरु यी ब्रह्म तत्वको कणहरु मा चमकिलो आकाश तत्व को असंख्य अति सूक्ष्म कणहरु भएको मान्यता राख्दछन् ।
२.३. ती अति सूक्ष्म कणहरु ले आकाश ढाकेको र यस्बाट पंचतत्वहरु सृष्टि भएको मान्यता राख्दछन् ।
२.४. यी अति सूक्ष्म कणहरुमा आकाश तत्व को गुण शब्द भएको र तेज शक्तियुक्त कणहरु भएको मान्यता राख्दछन् ।अनि यस्मा खाली ठाउंहरु रहेको पनि स्वीकार्दछन् ।
२.५. शैव धर्मावलम्बीहरु यही खाली ठाउं लाई शुन्यता मा रहेको आत्मा तत्व हो जुन अलौकिक शक्ति को अंश हो भन्ने मान्यता राख्दछन् । भनिन्छ आत्मा परमात्मा को अंश हो ।
२.६. बैज्ञानिकहरु पनि आकाश तत्वको गुण शब्द हो भनेर मान्दछन् । यही शब्द गुण भएको आकाश तत्व र यस्मा रहेको तेज प्रकाश शक्ति बाट सबै कुराहरु को सृष्टि भएको हो भन्ने मान्यता पनि बैज्ञानिकहरु राख्दछन् ।
२.७. आकाश तत्व को गुण शब्द र तेज प्रकाश शक्ति बाट सृष्टि को क्रमलाइ अगाडि बढाएको हो भनेर बैज्ञानिकहरु र शैव धर्मावलम्बीहरु दुबै मान्दछन् ।
२.८. तर यहॉ मुख्य फरक निराकार अलौकिक शक्ति जस्लाइ हामी आत्मा भन्दछौ त्यस्को शक्ति बाट सृष्टि को क्रमलाइ अगाडि बढाउन सक्षम भएको भन्नेनै हो ।
२.९. ईश्वरीय सृष्टि अन्तर्गत सृष्टि भएको सबै कुराहरु शिवले शिवशक्ति स्वरुपमा धारण गरेको भनाइमा यो ब्रह्म तत्व को कणहरु को प्रतीक को रुपमा डमरु त्रिशूल लाई लिईन्छ । जस्लाइ ईश्वरीले शिवलाई प्रदान गरेको भनिन्छ ।
३.. यो डमरु त्रिशूल भनेको ब्रह्म तत्व को अतिनै सूक्ष्म कणहरु जस्ले आकाश मण्डलनै ढाकेको छ त्यस्को प्रतीक हो ।
३.१. डमरु ले आकाश तत्व को गुण शब्द लाई दर्शाउंछ ।डमरु को आवाज ( शब्द ) भन्ने गरिन्छ ।
३.२. त्रिशूल ले शक्तियुक्त तेज प्रकाश को प्रतीक दर्शाउंछ ।
३.३. यसरी डमरु त्रिशूल ले अति सूक्ष्म कणहरु मा भएको आकाश तत्व को गुण शब्द र तेज प्रकाश को शक्ति दर्शाउंछ ।
३.४. यस्मा अब सबभन्दा महत्वपूर्ण कुरा शुन्यता को रुपमा आत्मा तत्व पनि रहन्छ भन्ने शैवहरु को बिश्वाश र आश्था को कुरा रहेको हुन्छ ।
३.५. यो आत्मा तत्व को कुरा बैज्ञानिकहरुले मान्यता दिएको छैन । त्यस्तै बौद्ध धर्मावलम्बीहर ले पनि मान्यता दिएको छैन ।
४.. शिवले यस ब्रह्माण्ड को पंचतत्वहरु लाई समन्वयन र सन्तुलनमा राख्न आफुमा धारण गरेको मान्यता छ ।
४.१. शिवजी लाई पृथ्वी , जल , र वायु तत्वहरुको शुद्धि करण कर्ता को रुपमा लिईन्छ ।
४.२. पृथ्वी तत्वमा समय समयमा अशुद्धता बढ्ने भएको हुनाले शिवले शरीरमा भष्म घसेर पृथ्वी तत्व को शुद्धि करण गर्नु हुन्छ ।
४.३. जल तत्व धेरैनै छिटो छिटो अशुद्ध हुने हुनाले शिवको जट्टाबाट लगातार कल कल जल बगेर जल तत्व को शुद्धि करण भएको मान्यता छ ।
४.४. त्यस्तै वायु तत्व लगातार अशुद्ध भईरहने भएको हुनाले जट्टा बाट वायु बहेर वायु तत्व को शुद्धि करण भइरहेको मान्यता छ ।
४.५. तेज तत्व महादेवले तेस्रो ऑंखामा समाबेश गरेको हुनाले कम खोलेर देखाउनु हुन्छ । कारण तेज तत्व खासमा अशुद्ध र फोहर हुंदैन । आगो बत्ती बिजुली सूर्य को प्रकाश आदि फोहर पनि हुंदैन अशुद्ध पनि हुंदैन ।त्यस्कारण शुद्धि करण गरी राख्न जरुरी छैन ।
४.६. त्यस्तै आकाश तत्व शिवजीको डमरु त्रिशूल मा समाबेश छन् जस्लाइ शुद्धि करण गरी रहन जरुरी छैन ।
४.७. आकाश को गुण शब्द , ब्रह्म तत्व को कणहरु को शक्ति तेज प्रकाश , र आत्मा तत्व को महत्व यस डमरु त्रिशूल ले प्रदर्शन गरेको मान्यता छ ।
५.. यसरी शिवजी ले धारण गर्ने डमरु त्रिशूल लाई ईश्वरीय सृष्टि अन्तर्गत ईश्वरीले ब्रह्म तत्व को कणहरु मणिद्वीप बाट शून्यता मा रहेको ब्रह्माण्ड मा सृष्टि को शुरुआत गर्न ल्याएको को प्रतीक मान्न सकिन्छ ।
५.१. यस्ले एउटा अर्को के पनि देखाएको छ भने शिवशक्ति ले आबश्यकता अनुसार संहार र सृष्टि पनि गर्न सक्नु हुन्छ ।
५.२. अर्को ईश्वरीले सो अधिकार शिवशक्ति लाई दिएको हो भन्ने प्रतीक पनि हो ।
५.३. अझ यस्ले के पनि देखाउंछ भने शिवशक्ति स्वरुपमा वहॉहरु सर्ब शक्ति सम्पन्न हुनु हुन्छ ।
यसरी शिवजीको साथमा रहेको डमरु त्रिशूल ले शत्रुको संहार गरी सबैको कल्याण गरुन् र सबैको रक्षा गरुन् ।

शिवशक्ति स्वरुपमा रहे :- भनेको शक्ति कल्याणकारी शिवको साथ रहेर सबैको हित र कल्याण गरुन् भनेको हो ।
शिवशक्ति स्वरुपमा रहे भनेको शक्ति बिनाको शिव शव हो भनेको पनि होईन शिव बिनाको शक्ति कहीको रहन्न भनेको पनि होईन ।शिव सृष्टि भए देखि प्रलय सम्म सधै शक्ति साथ लिएर शिवशक्ति स्वरुपमा रहेको छ भनेको हो ।
उपत्यकाको मन्दिरहरु हेरेमा योकुरा प्रष्ट देखिन्छ । यहॉ यात शिवलिंग भएको मन्दिर देख्नु हुन्छ जुन शिव र शक्ति को निराकार स्वरुपको प्रतीक हो ।
या उमामहेश्वर को मूर्ति भएको मन्दिर देख्नु हुन्छ जुन साकार स्वरुपको प्रतीक हो । यहॉ एक्लो पार्वती या एक्लो शिवको पुरानो मूर्तिहरु देख्नु हुन्न । हालसाल त जे पनि बनेको देखिन्छ कस्लाइ परवाह छ र !
शिवशक्ति स्वरुपमा रहे भनेर धेरै धार्मिक वाचन गर्नेहरु र बिद्वानहरुले मात्र होईन कि साधारण मानिसहरु पनि भनिरहेको पाईन्छ ।अझ यस्मा थप धेरै जसोले शक्ति नभए त शिव शव नै हो भनेको पनि सुनिन्छ । यो कुरा कहॉबाट आयो र साधारण ब्यक्तिहरु पनि किन भनिरहेका छन् । यस बिषयमा अलिकति सोंच्न र खोज गर्न मन लागेर हेर्न थाले । यस्तो अबस्था कहॉ पर्न गयो जस्ले गर्दा शिव शक्ति बिना शव बन्न पुग्यो भनेर खोजे । त्यस्तो अबस्था कहींपनि नभेट्टाए पछि मैले शिवको उत्पत्ति देखि महाप्रलय काल सम्म कहॉ के भयो र हुन्छ भनेर हेर्दै जॉदा यस्तो भेट्टाउन पुगें ।
१.. शिव को प्रसंग सबभन्दा पहिले त्यहॉ आउंछ जब आदिशक्ति ( श्री माहामाया )ले ब्रह्म तत्व सृष्टि गरी शून्यता मा रहेको ब्रह्माण्ड मा सृष्टि को क्रमलाइ अगाडि बढाउन ईश्वरीय सृष्टि गर्नु हुन्छ ।
१.१. सो ईश्वरीय सृष्टिमा सृष्टि भएको सबै कुराहरु लाई ईश्वरीको आज्ञा अनुसार शिव ले धारण गर्नु हुन्छ ।
१.२. शिव ले सो ईश्वरीय सृष्टि धारण गरेपछि ईश्वरीको आज्ञा अनुसार शिवशक्ति स्वरुपमा साथमा बस्नु हुन्छ ।
१.३. यसरी सृष्टि बाट नै शिव शक्ति को साथमा शिवशक्ति स्वरुपमा रहनु हुन्छ । यस्मा शिव एक्लै परेको अबस्था देखिएन ।
२.. दोस्रो शिवशक्ति स्वरुपमा रहेको अवस्था भनेको जब श्री माहामायाले शिवको अनुरोध मा सतीदेबी को (साकार )रुपमा दक्ष प्रजापति कहॉ जन्मलिएर शिव संग बिबाह गरेर साथमा रहनु हुन्छ ।जस्लाइ उमामहेश्वर को रुपमा लिईन्छ । त्यस्बेला सतीदेबी महादेव को साथमा उमामहेश्वर को रुपमा साकार रुपमा रहनु भयो ।त्यस्बेलामा पनि कही कतै एक्लै परेको अबस्था देखिएन ।
३.. तेस्रो शिवशक्ति स्वरुपमा रहेको अबस्था भनेको जब सतीदेबी ले आफ्नु भयंकर डरलाग्डो बृहत् रुपवाला दश महाविद्या को प्रदर्शन गर्नु भयो। त्यस्बाट शिवलाई आगम शास्त्र (तन्त्र शास्त्र ) को परिचय दिनु भयो । तर सो तन्त्र शास्त्र गोप्य रुपमा संचालन गर्न शिवलाई नै छोडिदिनु भयो । तन्त्र शास्त्र को संचालन शिवबाट शिवशक्ति स्वरुपमा रहेर गर्ने गराउने गर्नु भयो ।यस्मा पनि शिव एक्लै पर्ने अबस्था देखिएन ।
४.. चौथो शिवशक्ति स्वरुपमा रहेको अबस्था भनेको जब सतीदेबी को निराकार शरीरको अंग पतन भएर पचास शक्ति पीठहरु उत्पत्ति भए ।त्यस्बेलामा पनि शक्ति पीठहरु को साथ शिवलिंगहरु पनि सोही स्थानहरुमा उत्पत्ति भएर शिवशक्ति स्वरुपमा रहेर कार्य संचालन गर्नु भयो । यहॉपनि शिवशक्ति स्वरुपमा रहेर कार्य संचालन भएको देखिन्छ ।
५.. पॉचौ शिवशक्ति स्वरुपमा रहेको अबस्था भनेको जब शत्रुहरुले ठूलो भयंकर दुःख कष्ट दिन लागेमा शक्ति ले भयंकर डरलाग्डो बृहत रुप लिएर प्रत्यक्ष भएर सबै प्रकारका शत्रुनाश गर्नु हुन्छ । त्यस बेलामा पनि शक्ति शिवको आवाहन र बिसर्जन ब्यबस्था मिलाए पछि मात्र शिवलाई साथ दिन प्रत्यक्ष दर्शन दिनु हुन्छ ।
६.. जब यस ब्रह्माण्ड मा महाप्रलय गर्ने बेला आउंछन् र श्री माहामायाको ईच्छा जाग्दछ त्यस्बेलामा पनि सबै कुराहरु को प्रलय गरेपछि ईश्वरीय सृष्टि को प्रलय ईश्वरीको ईच्छा अनुसार शिवशक्ति मिलेरनै गरेको पाईन्छ । त्यस्कारण सृष्टि को शुरुआत देखि अन्तिम महाप्रलय सम्म पनि शिवशक्ति स्वरुपमा रहेको अबस्था देखिन्छ । यस्मा अन्य अबस्था सोंच्नु पर्ने कुनै जरुरत नै देखिंएन ।
७.. हो यहॉ एउटा कुरा को अबस्यपनि ख़्याल राख्नु पर्ने हुन्छ । त्यो के भने तान्त्रिक विधि अनुसार कार्य गर्दा शक्ति को आज्ञा अनुसार शिवले शिवशक्ति स्वरुपमा रहेर काम गरेको देखिन्छ ।
७.१. ईश्वरीय सृष्टि अन्तर्गत सृष्टि भएको सबै कुराहरु शिवले धारण गरी शक्ति को आज्ञा अनुसार शिव शक्ति साथ शिवशक्ति स्वरुपमा रहनु हुन्छ ।
७.२. तन्त्र शास्त्र को परिचय दिंदा र यस्को कार्यान्वयन गर्दा पनि शक्ति को आज्ञा अनुसार शिवले पालना गरेर काम गर्नु हुन्छ ।
७.३. शक्ति पीठहरु मा पनि शिवले शिवशक्ति स्वरुपमा रहेर शक्ति को आज्ञा अनुसार काम गर्नु हुन्छ ।
७.४. बिशेष दुष्टहरु र शत्रुहरुले दुःख कष्ट दिंदा पनि शक्ति प्रत्यक्ष भएर नष्ट गरिदिनु हुन्छ । तर त्यस्मा पनि शिवले शक्ति को आज्ञा अनुसार आवाहन र बिसर्जन गर्न ब्यबस्था मिलाउनु पर्ने हुन्छ ।
७.५. महाप्रलय गर्दा पनि शक्ति को आज्ञा अनुसार शिवशक्ति स्वरुपमा रहेर शिवले प्रलय गर्न शुरुवात गर्नु हुन्छ ।
८.. त्यस्तै वैदिक बिधि अनुसार कार्य गर्दा शिवको आज्ञा अनुसार शिवशक्ति स्वरुपमा रहेर उमामहेश्वर ले कार्यान्वयन गर्नु हुन्छ । यसो हेर्दा शिवको आज्ञा अनुसार पार्वती ले वैदिक शास्त्र अनुसार को कार्य गरेको देखिन्छ ।
८.१. शिवको आज्ञा अनुसार बिष्णु बाट निर्देशन पाई पार्वती ले श्री स्वस्थानी परमेश्वरीको ब्रत गर्नु भयो ।
८.२. शिवको आज्ञा अनुसार शिव - पार्वती बिबाह निर्णय गरियो ।
८.३. शिवको ईच्छा अनुसार शिव - पार्वती श्लेष्मान्तक बनमा गए र शिव मृगको रुप धारण गरी जंगल चरण गर्दा पार्वती गौरीको रुपमा तपस्वी भएर तपस्या गरेर बस्नु भयो.
८.४. शिव - पार्वती बिबाह मा राजराजेश्वर र राजराजेश्वरी को रुप धारण गरेर सबै महिला सहभागीहरु लाई आनन्दित पारे ।
८.५. शिवजीको आज्ञा पाएर पार्वती ले सप्त ऋषि हरुलाइ गोमा कहॉ र अश्वस्थामा ऋषि लाई नागलोक पातालमा नागिनी हरुको उद्धार को लागि श्री स्वस्थानी परमेश्वरी को ब्रत गर्न पठाउनु भयो ।
९.. यसरी तान्त्रिक विधिमा शिव माथि शक्ति को आज्ञा चल्छ जस्तो लाग्दछ भने वैदिक बिधि मा शक्ति माथि शिवको आज्ञा चल्छ जस्तो लाग्नु स्वाभाविक हो । त्यसैले शैव शाक्त धर्म भनेको ठिकै देखिन्छ ।
९.१. यसरी तान्त्रिक शक्ति र बिधि बिधान को कार्यान्वयन र संचालन शिवबाट भएको भएता पनि श्री माहामाया को आज्ञा र साथ पाएको हुन्छ ।
९.२. उता निगम शास्त्र वा वैदिक शास्त्र को परिचय र कार्यान्वयन पार्वती बाट भएको भएता पनि शिवको आज्ञा रहेको पाईन्छ ।
यसरी शिवशक्ति स्वरुपमा रहेर सबै कुराहरु को संचालन र कार्यान्वयन भएको पाईन्छ ।
९.३. एक बिना अर्कोको के अबस्था रहन्छ भन्ने कहीं कुनै अबस्था सृजनानै हुंदैन । त्यस्कारण यस्तो यताउता अर्थ लगाई राख्नु पर्ने जरुरत देखिएन ।
१०.. अन्तमा एउटा कुरा को चर्चा गर्न चाहन्छु । त्यो हो शैव धर्म , शाक्त धर्म , र शैव शाक्त धर्म ।
१०.१. यहॉ शैव धर्म र शाक्त धर्म भन्ने अलग-अलग धर्म छैन भन्ने देखिन्छ । यो खासमा शैव शाक्त धर्म हो जुन शिवशक्ति को रुपमा कल्याणकारी छ ।
१०.२. यो शैव शाक्त धर्म मा शक्ति कल्याणकारी शिव कार्य गर्न शिवशक्ति स्वरुपमा रहेर कार्य भएको पाईन्छ । तान्त्रिक विधि अपनाउंदा शक्ति को आज्ञा अनुसार कार्य भएको देखिन्छ ।भने वैदिक बिधि अपनाउंदा शिवको आज्ञा अनुसार कार्य भएको पाईन्छ .।
१०.३.यहॉ एउटा कुरा प्रष्ट गरिदिई हालूँ समय समयमा शिव मार्गि भनेको सुनिन्छ । यस अध्ययन बाट त्यो कुरा सामुन्ने आएको पाईएन । यस्मा अन्यथा नलिई दिनु होला । मैले नबुझेको हुन पनि सक्तछ ।
१०.४. अर्को शिव र शिवलिंग कुलदेवता भनेर पूजाहरु गरेको पनि सुनिन्छ। त्यो पनि यस अध्ययन बाट ख़ारिज हुन गएको छ । यस्को थप जानकारी भए पाउं ।
१०.५. यस्मा के देखिन्छ भने शिवशक्ति स्वरुपमा पशुवलि भोग चढाएर शक्ति पूजाहरु भइरहेको पाईन्छ । त्यस्को मतलव शिवलाई पशुवलि भोग चढ्दैन भन्ने पनि ख़ारिज हुन्छ कि भन्ने जस्तो पाईन्छ । यस्मा थप चर्चा हुन आबश्यक छ ।
यसरी शिव र पार्वती सधै शिवशक्ति स्वरुपमा रहेर हामी सबैको रक्षा र कल्याण गरुन् ।

बाग्मती नदी सभ्यता के हो ?
बाग्मती नदी र सहायक नदीहरु बाट श्रृजना भएको उपत्यकाको सुन्दर लेक , उर्बरा बेसी र फॉटहरु को लामो ईतिहास देखिन्छ ।
बाग्मती नदी किन प्रसिद्ध छ पछि काठमाण्डौ उपत्यकाको सभ्यता र संस्कृति को बिकाश मा बाग्मती नदी को के योगदान छ भन्ने अध्ययन को क्रममा बाग्मती नदी र यस्को सहायक नदीहरु ( खोलाहरु ) को सुन्दर लेक , उर्बरा बेसी र फॉटहरु मा भएको बिकाश हेर्दा अहिले को ईतिहास ले देखाएको भन्दा धेरै पुरानो भएको देखिन आयो ।त्यसै क्रममा बाग्मती र सहायक नदीहरु को लेक बेसी र फॉटहरुमा भएको बिकाश को अध्ययन गर्न शुरु गरियो ।
१.. बाग्मती नदी किन प्रसिद्ध छ भन्ने अध्ययन को क्रममानै बाग्मती नदी को उत्पत्ति र यस्ले बिकाश गरेको तीन क्षेत्रको अध्ययन गर्दा किरॉत कालमा नै यी क्षेत्रहरु मा केही न केही बिकाश भएको देखिन आएको छ ।
१.१. गोकर्ण क्षेत्रमा किरॉतहरु ले दरवार बनाईसकेका थिए भन्ने अप्रमाणित भएता पनि उल्लेख चाहिं ठाउं ठाउंमा भएको छ ।
१.२. त्यस्तै पशुपति क्षेत्र मा सुबर्णनगर को बिकाश भएको पनि उल्लेख छ ।
१.३. शंखमुल क्षेत्र मा त झन किरॉतहरुले बिकल्प को रुपमा नयॉ ग्राम बनाएको भन्ने उल्लेख भएको छ ।
१.४. यस्को साथ साथै गोदावरी क्षेत्रमा पनि दरबार बनेको शंका गरेकै छन् ।
१.५. यहॉ सम्मकि लगनखेल को वटुक भैरबको वरिपरि ठूलै ग्राम बिकाश भएको भनिएको छ ।
यी सबै ठोस प्रमाण नभएको ईतिहास भनेता पनि यस्मा केही न केही कुराहरुमा प्रमाण भएको देखिन्छ । त्यस्कारण नेपाल को लामो पुरानो ईतिहास चम्काउन धेरै नै खोज र अध्ययन हुनु पर्ने आबश्यकता देखिन्छ । हामीले सकेसम्म हाम्रो पुरानो ईतिहास लाई बिस्तार बिस्तार खोटल्दै / खोज्दै जानु पर्ने समय आईसकेको छ ।
२.. बाग्मती को सहायक नदीहरु को अध्ययन गर्दा त्यहॉ धेरै पहिले नै बस्तीहरु को बिकाश भएको कथाहरु धेरै सुन्न र पढ्न पाईन्छन् ।तर ती सबै किन्बदन्ति को रुपमा उल्लेख भएको पाईन्छ ।
२.१. तोखा को नगर बिकाश को कथाहरु त धर्मदत्त राजा भन्दा धेरै पहिले को जस्तो बुझिन्छ ।
२.२. सॉखु क्षेत्र बिकाश को कथाहरु ले त स्वयम् बज्रयोगिनी माताले नै सातगाउं को सॉखु क्षेत्र को बिकाश गर्न आज्ञा भएको र सोही अनुसार बिकाश भएको उल्लेख छ ।
२.३. त्यस्तै थानकोट क्षेत्र को कथाहरु ले त बाणासुर को शोणितपुर को नगर स्थापना भएको भान हुन्छ ।
२.४. उता चॉगुनारायण को कथाहरु मा नारायण को बास भएको र मुरासुर दैत्यको जगजगी बाट बच्न नारायण ले किलेश्वर महादेव को आवाहन गरी गुह्येश्वरीको आराधना गरी छिन्नमस्ता प्रकट भई मुरासुर को बध गरेको उल्लेख छ ।
२.५. उता भक्तपुर तिरको सात गाउंको कथाहरु सुन्दा त किरॉत कालमा नै बिकाश भएको भान हुन्छ ।
२.६. त्यस्तै लेले टिकाभैरबको कथाहरु त झन पुरानो किरॉत काल भन्दा पहिले नै बिकाश भएको भान हुन्छ ।
२.७. यस्ले काठमाण्डौ उपत्यकाको चारैतिर बाग्मती नदी र यस्का सहायक नदीहरु को सुन्दर लेक , उर्बरा पबेसी र फॉटहरुमा त किरॉत कालमा बिकाश भएको स्पष्ट रूपले भन्न सकिने उदाहरणहरु छन् भन्ने भान हुन्छ । तर यस्लाई ईतिहास मा उल्लेख सम्म पनि गरिएको छैन र काठमाण्डौ उपत्यकाको ईतिहास लाई अन्याय गरेको छ कि जस्तो लाग्दछ ।कारण हाम्रो उपत्यकाको ईतिहास धेरै पुरानो देखिन्छ !
३.. यस बिषयमा उपत्यकाको वरिपरि अबस्थित चौसट्ठी शिवलिंगहरु को अध्ययन गर्दा पनि प्रष्ट देखिन आएको छ ।
३.१. श्री पशुपतिनाथ ज्योतिर्लिंग को चौसट्ठी कलाहरु यीनै चौसट्ठी शिवलिंगहरु बाट सर्बसाधारण को लागि सजिलो तरिका बाट आआफ्नु स्थानहरु मा उपलब्ध भएका छन् ।
३.२. चौसट्ठी शिवलिंग पूर्बमा हेर्दा रुम्जातार बाट भक्तपुर सम्म प्रष्ट देखिन्छ ।
३.३. दक्षिण दिशामा हेर्दा लेले टिकाभैरब क्षेत्र बाट पाटन शहर सम्म प्रष्ट देखिन्छ ।
३.४. त्यस्तै दक्षिण पश्चिम दिशामा हेर्दा टिष्टुंग पालुंग चितलांग भएर थानकोट बलम्बु क्षेत्र सम्म प्रष्ट देखिन्छ ।
३.५. शिवपुरी डॉडाको लेक बेसी र फॉटहरु हेर्दा उत्तर पश्चिम दिशामा , उत्तर दिशामा , र उत्तर पूर्व दिशामा अबस्थित शिवलिंग हरुले यस क्षेत्रको बिकाश धेरै पहिले भएको प्रष्ट देखाईरहेको पाईन्छ ।
३.६. अझ यस्भन्दा पर नुवाकोट जिल्ला सम्म पनि यी चौसट्ठी शिवलिंगहरुले ढाकिएका छन् ।
३.७. यस्ले श्री पशुपतिनाथ ज्योतिर्लिंग को कलाहरु फैलिएको क्षेत्रहरु पनि परिभाषित गर्दछन् ।
४.. यी चौसट्ठी शिवलिंगहरुको कुरा गर्दा यस्ले धेरै पुरानो नेपाल को धार्मिक ईतिहास लाई उजागर गर्दछन् ।
४.१. हाम्रो शास्त्र मा त यी चौसट्ठी शिवलिंगहरु एक एक गरेर माता पार्वती ले तीर्थ भ्रमण गरी पूजा पाठ र प्रार्थना गर्नु भएको उल्लेख भएको छ ।
४.२. यो कति पुरानो भन्ने कुराको लेखाजोखा यस तीर्थ भ्रमण मा पार्वती माता ले प्रार्थना गरेर माग गरेको बाट थाहा हुन्छ ।
४.३. पार्वती माता ले राख्नु भएको पॉच मागहरु हेर्दा शिव - पार्वती बिबाह भन्दा पहिले को हो भन्ने प्रष्ट देखिन्छ ।
४.३.१. वहॉको पहिलो प्रार्थना वहॉको संकल्प अनुसार शिवजी पतिको रुपमा पाउं भन्ने थियो ।
४.३.२. वहॉको दोस्रो प्रार्थना शिव लिंगमा रहेको बिशेष कलाहरु वहॉलाइ पनि प्राप्त होस भन्ने थियो ।
४.३.३. वहॉको तेस्रो प्रार्थना यी शिवलिंग बिशेष कलाहरु सबै सर्वसाधारण लाई पनि प्राप्त होस भन्ने थियो ।
४.३.४. वहॉको चौथो प्रार्थना थियो कि सबै सर्बसाधारण मनुस्यहरु ले पनि चाहेमा र सेवा भावले तपस्या गरेमा ती कलाहरु सिक्न पाउन र प्राप्त गर्न सक्षम हुन् ।
४.३.५. वहॉको पॉचौ प्रार्थना सर्बसाधारण सबैले चौसट्ठी शिवलिंग को तीर्थ भ्रमण गर्न सकोस । त्यस्को लागि पार्वती माताले सबैले देख्ने र बुझ्ने गरेर यी शिवलिंगहरुमा पाठ पूजा र स्तुति गर्नु भएको थियो । साथमा राति जागरण बसेर पनि देखाउनु भएको थियो ।
यो हाम्रो शास्त्र को भनाइ ले हाम्रो धार्मिक ईतिहास कति पुरानो रहेछ भन्नेतिर दोहराएको देखिन्छ ।यस्मा सबैको खास गरेर ईतिहासकारहरुको पनि ध्यान जावस ।
जय नेपाल !
जय बाग्मती गंगा !

बाग्मती नदी प्रसिद्ध किन - एक अध्ययन
बाग्मती नदी , बाग्मती अंचल , बाग्मती प्रदेश, जहॉ जे हेरे पनि बाग्मती प्रसिद्ध देखिन्छ । जस्ले नेपाल मण्डलमा सभ्यता र संस्कृतिको बिकाश गर्न धेरै योगदान पुर्याएको अनेकौ कहानीहरु छन् ।
यस्ले आफ्नु बाटोमा लेक बेसि , फॉट , उपत्यकाको सिर्जना गरेको कति कथाहरु छन् ।
यस्ले उपत्यकाका धेरै भागलाइ हराभरा जंगलहरु, उर्बरा भूमिहरु, स्वच्छ पबित्र जल प्रबाह गर्नमा यस बाग्मती नदीले हाम्रै जीवन कालमा खेल्दै आएको भूमिका हामी बर्णन गर्न सक्तैनौ । भने यस नदीले हजारौं बर्ष देखि खेल्दै आएको भूमिका बारेमा हामी के भन्न सक्तछौ ।यस्ले किरॉतहरु लाई बेसी र फॉटमा ग्राम र ग्रामनगर सिर्जना गर्न अनुकुल बाताबरण दिएकै पाईन्छ । लिच्छवि कालमा दक्षिण कोलिग्राम को सिर्जना गर्न र कोलिग्राम संग जोडेर कान्तिपुर सिर्जना गर्न अनुकुल बाताबरण दिएकै पाईन्छ ।
मल्ल कालमा त झन यस्ले बिशिष्ट सभ्यता र संस्कृतिको बिकाश गर्न ठूलै योगदान पुर्याएको भनिएको छ ।
तर आजआएर यस्तो केभयो कि यो नदी त फोहर मैलाको नाली भएर काठमाण्डौ शहरको सभ्यता र संस्कृतिमानै प्रश्न उठाउन लागेको देखिन्छ ।त्यसोत यस्को सफाई गर्न अभियानहरु नचलेको पनि होईन । तर यस्लाई सफा, स्वच्छ , र पबित्र राख्न यस्को खास महत्व बुझेको समुदाय र समूहहरु नै अगाडि नबढी यस्को समस्या समाधान होला जस्तो देखिएन ।
त्यस्कारण आजको बिषय प्रसिद्ध बाग्मती नदी को एक अध्ययन भनेर चर्चा गर्न खोजेको मात्र हो । त्यसो त बाग्मती को बारेमा धेरै लेखहरु पाईन्छन् । त्यस्मा मैले आफ्नु सानो अध्ययन बाट देखा परेको कुरा देखाउन खोजेको मात्र हो ।त्यो हो बाग्मती नदीले काठमाण्डौ उपत्यकाको तीन क्षेत्र को बिकाश तीन शिवलिंग बाट बर प्रसाद पाएर प्रसिद्धि पाएको देखिएको छ ।
-१. गोकर्णेश्वर शिवलिंग को दर्शन बाट पितृ उद्धार को बर प्रसाद पाएको र गोकर्ण क्षेत्र को बिकाश गरेको पाईन्छ ।
-२. पशुपतिनाथ ज्योतिर्लिंग को दर्शन बाट प्राणीहरुको उद्धार र श्लेष्मान्तक बन क्षेत्र को बिकाश गरेको पाईन्छ ।
-३. सर्वेश्वर र कुम्भेश्वर शिवलिंग को दर्शन बाट सर्वोपरि बिकाश र ललितकला , ललित्यारण्य बन र उद्यान को बिकाश भएको पाईन्छ ।
हुनत मैले मेरो अध्ययन हालको बाग्मती नदीको त्यो पनि नेपाल मण्डलमा सिमित एक सानो नदी को रुपमा लिएर गरेको छु ।
यस अध्ययन को क्रममा मैले सोंचिरहेको थिएं कि यो बाग्मती नदी यति सानो भएर पनि पूर्ब र पश्चिम दिशामा बगीरहेको ठूला ठूला सप्त कोशी र सप्त गण्डकि भन्दा बढी प्रसिद्ध हुनु र साथै पूरानो सभ्यता र संस्कृति को बिकाशमा यति ठूलो भूमिका कसरी खेल्न सक्यो ।
यही सोंचेर सबभन्दा पहिले अध्ययन गर्दा बाग्मती नदी प्रसिद्ध हुनुका कारणहरु के के हुन् भनेर खोज्न लागें । अध्ययन को क्रममा यी पॉच कारणहरु प्रष्ट देखिन आए ।
१.. पहिलो कारण यस्को उत्पत्ति शिवपुरी डॉडामा शिव खुशिले खुलेर हॉसेको बेलामा मुखबाट जल निस्केर भयो । सोही बाग्मती नदी भनेर प्रसिद्ध भयो । यस्ले शिवको खुशियाली मात्र झल्काएको छैन कि ख़ुशी क्षणलाई बोकेर हिंडेको छ । जस्ले गर्दा यस नदीमा शिवको खुशियालीपन को आभास रहन गएको छ ।
२.. दोस्रो कारण शिवपुरी को बेसी , सुन्दरीजलमा साना साना खोलानालाहरु मिलेर एक सुन्दर नदी बन्यो ।यसरी यस्मा सुन्दरता पनि थपिएको पाईन्छ । यसरी यस्ले खुशियाली र सुन्दरता दुबैलाइ साथ साथै लिएर हिड्ने मौका पायो ।
३.. तेस्रो कारण सो बाग्मती नदी बिस्तार बिस्तार दक्षिण दिशा तिर बगेर गोकर्ण को बिशाल जंगल लाई हराभरा गर्दै त्यहॉ भएको पशुपंछि जानवरहरुले पनि प्यास बुझाएर बाग्मती नदी सबैलाई प्रसन्न पार्दै ख़ुशीयाली बॉड्दै अगाडि बढ्यो ।
त्यो देखेर भैरब भैरबी र पंचमुखे हनुमान समेतको साथ पाएर गोकर्णेश्वर शिवलिंग को दर्शन गर्ने मौका पाए ।
३.१. गोकर्णेश्वर शिवलिंग चौसट्ठी शिवलिंग मध्येको एक स्वयम्भू शिवलिंग हो । यस्मा ब्रह्मा आएर तपस्या गरेर महादेव बाट बरदान प्राप्त गरेको थियो ।
३.२. त्यस्मा थप ब्रह्माको हातमा परेको मृगको सिंगको टुकडा पनि ब्रह्माले यही शिवलिंग मा स्थापना गरेको थियो । त्यस्कारण यहॉ ब्रह्माको नामबाट पितामह महातीर्थ पनि भनिन्छ । यहॉ आएर पिण्डदान दिएमा वा यस बाग्मती नदी को पबित्र जल अर्पण मात्र गरेमा पनि पितृहरु को उद्धार हुन्छ भन्ने धारणा छ ।
३.३. यस्लाई पुरा गर्न गोकर्णेश्वर शिवलिंग र ब्रह्मा दुबैबाट थप बर प्रसाद बाग्मती नदी ले पाएको ले पनि बाग्मती प्रसिद्ध छ ।
३.४. यस्को लागि बाग्मती नदी ले श्रद्धाभक्तिले आफ्नु बाटो फेरेर उत्तर लागे ।त्यस्कारण यस स्थानलाई उत्तर बाहिनी बाग्मती पबित्र तीर्थस्थल भनेर प्रसिद्ध छ । यहॉ आएर जस्ले बाग्मती जल श्रद्धा भक्ति र बिश्वाश कासाथ अर्पण गरी साधना गर्दछन् तीनीहरु ले सिद्धि प्राप्त गर्दछन् भन्ने बिश्वाश छ ।
त्यहॉबाट बाग्मती गंगा पश्चिम दिशामा अगाडि बढेर पूर्ब फर्केर बसेको गोकर्णेश्वर शिवलिंग को सिधा दर्शन गर्न पुग्दछन् ।
३..५. बाग्मती नदी को सबैलाई पबित्र जल बाट उद्धार गरेर हिड्ने ईच्छा बुझेर गोकर्णेश्वर शिवलिंग बाट तीन बर प्रसाद आज्ञा भयो ।
३.६. उत्तर बाहिनी बाग्मती गंगा देखि किरॉतेश्वर शिवलिंग सम्मको क्षेत्रमा आएर श्राद्ध, पिण्डदान , वा जल अर्पण गरेमा पितृहरुको मोक्ष हुन्छ भन्ने धारणा छ ।
३.७. यहॉ आएर अर्पण गरेको बाग्मती को पबित्र जलले पितृहरुको उद्दार हुने धारणा छ ।
३.८. यहॉबाट सजिलै संग पहाड़ फोरेर गल्छी बनाएरदक्षिण दिशामा बग्न सक्षम भएको छ ।
यसरी बाग्मती नदी गोकर्ण बन हराभरा गरी सौन्दर्यतामा थप गुण भरेर भैरब/ भैरबी र पंचमुखे हनुमान को साथ पाएर गोकर्णेश्वर शिवलिंग को दर्शन गरी पितृहरु को उद्धार गर्न र यस नदीमा तर्पण गरेको जलले पितृहरु को उद्धार होस भन्ने बरदान प्राप्त गरे ।
४.. चौथो कारण गोकर्णेश्वर बाट बाग्मती नदी दक्षिण तिर लागेर बृहत् श्लेष्मान्तक बनलाई हराभरा गरी सौन्दर्य बढाउने काम गरेको पाईन्छ । यस्बाट प्रसन्न भएर जलेश्वर शिवलिंग ले बाग्मती नदी को जल पबित्र र स्वच्छ होस भनेर आफु बाग्मती नदी को प्रबाह तल अबस्थित रहे । यसरी बाग्मती नदीले जलेश्वर शिवलिंगको साथ पाएर सो शिवलिंगनै ढाकेर नदेख्ने गरेर त्यस माथि हिंडेको छ ।जलेश्वर शिवलिंग चौसट्ठी शिवलिंग मध्येको एक जल शुद्ध गर्ने कला भएको लिंग मानिन्छ ।
यसरी शुद्ध र पबित्र भएको बाग्मती को जल गुह्येश्वरी र सिद्धेश्वर शिवलिंग लाई र गौरी र किरॉतेश्वर शिवलिंग लाई चढाएर बर प्रसाद प्राप्त गरी किरॉतेश्वर बाट अर्को पहाड़ फोर्ने स्वीकृत पाएर त्यहॉबाट पुनः दक्षिण तिर लागिन ।यस्मा धेरै देवताहरु , ऋषि मुनिहरु , मनुस्यहरु, आदि सबले स्नान गर्ने घाट को रुपमा प्रयोग गरे।
यहॉसम्म कि पशुपतिनाथ ज्योतिर्लिंग को स्नान पनि यही स्वच्छ र पबित्र बाग्मती नदीको जलबाट हुने गर्दथ्यो । स्वच्छ र पबित्र बाग्मती नदीको उदारता र सहयोग को भावना देखेर पशुपतिनाथ ले पनि आफ्नु प्राणीहरुको उद्धार कार्यमा सहपाठी हुन बरदान दिनु भयो ।
यसरी बाग्मती नदीले श्लेष्मान्तक बनको क्षेत्रलाई सिंचित गरी जलेश्वर शिवलिंग को दर्शन र सेवा गरी आफुलाइ स्वच्छ र पबित्र बनाई जलेश्वर शिवलिंग को आज्ञा पाएर गुह्येश्वरी र सिद्धेश्वर शिवलिंग को दर्शन ढोग गरी पूण्य हुने बरदान प्राप्त गरी किरॉतेश्वर शिवलिंग र तपस्यारत गौरीको आज्ञा प्राप्त गरी पहाड़ फोरेर गल्छी बनाएर दक्षिण तिर बग्न शुरुवात गरिन ।
यस क्षेत्रमा गुह्येश्वरी घाट , शान्तिघाट , गौरीघाट, सूर्यघाट , आर्यघाट , न्हेवघाट , भष्मेश्वर घाट, राजराजेश्वरी घाट , र पिंगलमाई घाट, आदि प्रसिद्ध घाटहरु मार्फत सेवा पुर्याई दक्षिण तिर बग्न लागे ।
५.. त्यस्पछि को पॉचौ कारण त्यहॉबाट दक्षिण दिशामा बगेर बाणेश्वर र कोटेश्वर फॉट बनाउंदै प्रसिद्ध शंखमुलको फॉट हराभरा गरी ललित्यारन्य उद्यान र मैदान मा सुन्दर उद्यान र ललितकला को बिकाशमा टेवा पुर्याएर पश्चिम तिर बगेर बिष्णुमती नदी संग टेकू दोभानमा मिलेर दक्षिण तिर बगेर नागदह बनाएको कहानी छ । यस क्षेत्र मा पनि धेरै प्रसिद्ध घाटहरु बनाई काठमाण्डौका स्थानीय वासीहरु लाई ठूलो सुबिधा पुर्याएका थिए ।
अध्ययन मा यी तीनै क्षेत्रहरु किरॉत कालमा नै बिकाश भएको भान हुन्छ ।
यस्को एउटा पुरानो उदाहरणहरु मध्येको गोकर्ण क्षेत्रबाट जोरपाटी हुंदै पशुपति क्षेत्र र त्यहॉबाट बत्तीस पुतली , बानेश्वर , नयॉ बानेश्वर मिनभवन भई शंखमुलको बाटो गरी सिधा मंगलबजार हुंदै सिधा लगनखेल सम्म र त्यहॉबाट हरसिद्धि गोदावरी सम्म सिधा बाटो बनेको पाईन्छ । जहॉ किरॉतहरु को दरबार र ग्रामहरु भएको ठाउं ठाउंमा उल्लेख भएको छ । तर ऐतिहासिक प्रमाण दर्शाएको पाईन्न ।
यसरी बाग्मती नदी को प्रसिद्ध हुनुको कारण तुंग्याउन चाहें । जय प्रसिद्ध बाग्मती नदी !
सबैलाई फेरी एक पटक सफा , स्वच्छ , र पबित्र जल प्रबाह गरी काठमाण्डौ उपत्यकाको सभ्यता र संस्कृति को लाज राखिदिनु पर्यो भन्ने पुकारा गर्न चाहन्छु ।

पशुपतिनाथ ज्योतिर्लिंग लाई किन केदारनाथ ज्योतिर्लिंग को शिर भनिन्छ ?
हामीले पशुपतिनाथ ज्योतिर्लिंग केदारनाथ ज्योतिर्लिंग को शिर भनेको धेरै पहिले देखि सुनि आएका छौ । मैले बासंग सोध्दा पाण्डबहरुको कथा सुनाउंदा चुप लागेको थिए । तर यो कुरा चित्त बुझेको भने थिएन । कारण पशुपतिनाथ ज्योतिर्लिंग को उत्पत्ति सत्ययुगमानै भएको थियो भने पाण्डबहरु को कथा द्वापरयुग को अन्ततिर को थियो । अर्को कुरा बारह ज्योतिर्लिंग सत्ययुगमानै सतीदेबी को अंग पतन भएर शक्ति पीठहरु उत्पत्ति भई सकेपछि को घटना हो । जबकि पशुपतिनाथ ज्योतिर्लिंग को उत्पत्ति सत्ययुगमानै भएको भए पनि शिव - पार्वती बिबाह पछिको हो । त्यस्कारण पनि मलाई यस बिषयमा अध्ययन गर्न मन लाग्यो । यस बिषयमा अध्ययन गर्दा म यस नतिजामा पुगें । यस्को शास्त्रीय प्रमाण त कहीं भेट्टाउन सकिन । तर पनि यस्लाइ चर्चामा ल्याउन जरुरी ठानेर यहॉ प्रस्तुत गरेको छु ।यस्मा कुनै सल्लाह सुझाबहरु भए पाउने आशा राखेको छु ।
बारह ज्योतिर्लिंग र पशुपतिनाथ ज्योतिर्लिंग मूल रूपमा सबै ज्योतिर्लिंग भएको हुनाले फरक त नपर्नु पर्ने हो । तर अध्ययन गरेर हेर्दा यी पॉच कुराहरु मा फरक देखिन आएको भान हुन्छ ।
-१. पहिलो फरक बारह ज्योतिर्लिंग को उत्पत्ति महादेव ले सतीदेबी को निराकार शरीरलाइ बोकेर हिड्दा शक्ति प्राप्त गर्नु भयो जुन पतन भएर बारह ज्योतिर्लिंग को उत्पत्ति भएको मान्यता छ भने पशुपतिनाथ ज्योतिर्लिंग को उत्पत्ति गौरीको तपस्या र दश महाविद्याहरुको शक्ति प्राप्त भई महादेव को संकल्पमा सबै बाट सहयोग पाई उत्पत्ति भएको मान्यता छ । यसरी पशुपतिनाथ ज्योतिर्लिंग को उत्पत्ति शक्तिको शिर्ष भागबाट भएको हुनाले शिरको रुपमा हेरिएको हुन सक्तछ ।
-२ . दोस्रो फरक बारह ज्योतिर्लिंग ऋषिहरु रिसाएर श्राप दिएर महादेव को लिंग पतन भएर ब्रह्माण्ड जलाउन खोज्दा बिष्णुले महादेव को आज्ञा अनुसार अंगालो मारेर शान्त पारेर ठाउं ठाउंमा स्थापना भएको शास्त्रमा उल्लेख छ भने पशुपतिनाथ ज्योतिर्लिंग को स्थापना महादेव को संकल्प र सबैको समझदारी मा पबित्र बाग्मती नदी को किनारमा भएको थियो ।त्यस्कारण यस्ले स्थापना कालबाट नै शिरको स्थान पाएको हुनसक्तछ ।
-३. तेस्रो फरक बारह ज्योतिर्लिंग को स्थापना कुनै बिशेष उद्देश्य राखेर भन्दा बिष्णु लाई महादेव को आज्ञा अनुसार ज्योति शान्त पारेर स्थापना गर्नु पर्ने भएको थियो । भने उता पशुपतिनाथ ज्योतिर्लिंग को स्थापना प्राणीहरु लाई पशु जीवन बाट मुक्ति दिलाउन भन्ने महादेव को संकल्प थियो ।यसरी मुक्तिदायक को रुपमा लक्षित भएको कारण शिरको महत्व पाएको हुनसक्तछ ।
-४. चौथो फरक पशुपतिनाथ ज्योतिर्लिंग को सिधा सम्पर्क लगातार गुह्येश्वरी शक्ति पीठ संग रहेको मान्यता छ ।।जस्ले गर्दा पशुपतिनाथ ज्योतिर्लिंग शिवशक्ति स्वरुपमा रहि शक्ति गुह्येश्वरी शक्ति पीठ बाट पाई रहने हुनाले सबै माथि रहेको कारण शिर को दर्जा पाएको हुनसक्तछ ।
-५. पॉचौ फरक पशुपतिनाथ ज्योतिर्लिंग को दश महाविद्या को शक्ति को श्रोत संग लगातार सिधा सम्पर्क भएको कारण पनि शक्ति प्राप्त गरी शक्तिमान रहने भएको ले शिरको मान्यता दिएको हुनसक्तछ ।
यी सबै कारणहरुले गर्दा पशुपतिनाथ ज्योतिर्लिंग लाई अन्य सबै ज्योतिर्लिंगहरुको पनि शिरको मान्यता पाएको जस्तो लाग्दछ मलाई । त्यस्कारण अध्ययन लाई अगाडि बढाउंदै
यस्लाई अलि बढी प्रस्त्याउन यसरी पशुपतिनाथ ज्योतिर्लिंग को बारेमा चर्चा गर्न सकिन्छ जस्तो लाग्दछ ।
१.. पशुपतिनाथ ज्योतिर्लिंग को उत्पत्ति को बारेमा बिचार गरेर हेर्दा धेरै कुराहरु मा सबैको साथ प्राप्त गरी थप शक्तिमान भएको हुन सक्तछ ।
१.१. महादेव मृग रुप धारण गरेर श्लेष्मान्तक बन बिहार गर्दा पार्बतीले गौरी को रुपमा तपस्वी भएर तपस्या गरेर बसेर महादेव को लागि आराधना गर्नु भएको थियो ।
१.२. गौरीको आराधना बाट प्रसन्न भएर गुह्येश्वरी लगायत दश महाविद्या को साथ पाउंनु भएको थियो ।
१.३. यसरी सबै को सहमति र समन्वय मा शक्ति संगठित भई उत्पत्ति हुन पाउंनु भएको थियो ।
त्यस्कारण ज्योतिर्लिंगहरुमा पनि थप शक्ति प्राप्त गर्नु भएको कारण शिर को मान्यता पाउनु भएको हुनसक्तछ ।
२.. पशुपतिनाथ ज्योतिर्लिंग को स्थापना को उद्देश्य सबै प्राणी जगतकै भलाइ को लागि थियो ।
२.१. महादेव को संकल्प को कारण ब्रह्मा बिष्णु र ईन्द्र ले मृग रुप धारण गरेको महादेव लाई समातेर स्वर्ग लान खोजेको बेलामा उनीहरुको हातमा सिंगको टुकडाहरु मात्र हात पर्न आयो । जस्लाइ वहॉहरुबाट स्वर्ग , मर्त्य , र पातालमा शिवलिंग को रुपमा स्थापना गर्नु भयो । महादेव लाई सोही स्थानमा ज्योतिर्लिंग को रुपमा स्थापना हुन ब्यबस्था मिलाउनु परेको थियो ।
२.२. महादेव मृग रुपमा बन बिहार गर्दा पार्वती ले गौरीको रुपमा तपस्या गरी ज्योतिर्लिंग को रुपमा स्थापना हुन पूर्ण साथ दिनु भएको थियो ।
२.३. महादेव को सबै प्राणीहरु लाई पशु योनी बाट छुटकारा दिलाउने संकल्पमा पनि पार्वती ले साथ दिनु भएको थियो ।
२.४. महादेव लाई ज्योतिर्लिंग को रुपमा त्यस ठाउंमा स्थापना हुन गौरीले दश महाविद्याहरुको आराधना र तपस्या गरेर प्रसन्न पारेर ब्यबस्था मिलाउनु भएको थियो ।
यसरी सम्पूर्ण शक्ति को श्रोत को ब्यबस्था भई प्राणीहरुको पशुयोनिबाट उद्धार होस भन्ने उद्देश्य राखि पशुपतिनाथ ज्योतिर्लिंग को स्थापना भएको थियो ।
त्यस्कारण पनि यस्ले शिरको भूमिका खेल्ने मौका प्राप्त गरेको हुनसक्तछ ।
३.. पशुपतिनाथ ज्योतिर्लिंग को उत्पत्ति र स्थापना हुंदा सबै दश महाविद्याहरु नजिकै रहेर साथ दिएका थिए ।
३.१. जस्ले गर्दा पशुपतिनाथ को पुजारी भट्टहरुलाई प्रत्येक बर्ष पाहॉच :हे को बेलामा पशुवलि भोग चढाएर बत्सलेश्वरी शक्ति पीठ को पूजा आराधना गरी प्रसन्न राख्न सजिलो परिरहेको छ ।
३.२. त्यस्तै पूजा आराधना गर्ने क्रम अन्य जयमंगला शक्ति पीठ, नीलसरस्वती शक्ति पीठ , त्रिपुरा सुन्दरी शक्ति पीठ ,
पिंगलमाई शक्ति पीठ , बनकाली शक्ति पीठ ,
भुवनेश्वरी शक्ति पीठ ,
जयबागेश्वरी शक्ति पीठ ,र
झंकेश्वरी शक्ति पीठ मा पनि पूजा , होम , जात्रा, चलिरहेको देखिन्छ ।
३.३. अर्को गुह्येश्वरी शक्ति पीठ नजिकै भएको कारण नवरात्र भर पशुपतिनाथ को पुजारी भट्टहरु गुह्येश्वरी शक्ति पीठ मा पूजा आराधना गरी प्रसन्न राख्न सक्षम हुनुभएका छन् ।
यस्ले गर्दा पशुपतिनाथ ज्योतिर्लिंग को पुजारी भट्टहरु आबश्यकता अनुसार समय समयमा यी दश महाविद्याहरुको पूजा आराधना गरी पशुपतिनाथ ज्योतिर्लिंग लाई शक्ति संग लगातार सिधा सम्पर्कमा राखि राख्न सक्नु भएको छ ।
यसरी शक्ति को श्रोत संग सिधा सम्बन्ध राखि शक्ति संचालन गरी शिरको कामको मान्यता पाएका हुनसक्तछ ।
४.. पशुपतिनाथ ज्योतिर्लिंग को चारैतिर चौसट्ठी शिवलिंगहरु साथमा रहेर आबश्यक कलाहरु पनि प्रदान गरिरहेका छन् ।
४.१. सिद्धेश्वर शिवलिंग गुह्येश्वरी को साथ रहेर सबैलाई सिद्धि दिलाउन सक्षम छन् ।
४.२. किरॉतेश्वर शिवलिंग साथ रहेर किरॉतहरु को उद्धार र लड़ाकूहरुको लागि हात हतियार उपलब्ध गराउन सक्षम छन् ।
४.३. भष्मेश्वर शिवलिंग साथ रहेर बाग्मती नदी को किनारमा भष्मेश्वर घाट मा जलाईएका सबै लाशहरु को उद्धार गर्न सक्षम छन् ।
४.४. रुद्रागारेश्वर शिवलिंग को साथ रहेर निन्द्रा सरल र सम्पूर्ण दिलाउन सहयोग पुर्याउन सक्षम छन् ।
४.५. भुवनेश्वर शिवलिंग को साथ मा रहेर भुवनको समस्या समाधान गर्न सक्षम छन् ।
४.६. पर्वतेश्वर शिवलिंग पर्वत क्षेत्र लाई पूण्य क्षेत्र र तपस्याको लागि उपयुक्त क्षेत्र को रुपमा बिकसित गर्न सक्षम छन् ।
४.७. ज्ञानेश्वर शिवलिंग को रुपमा ज्ञान को बिकाश र बृद्धि गर्न सक्षम छन् ।
४.८. त्यस्तै महामृतुंजय शिवलिंग को हैसियतले मृत्युको डर भगाउन सक्षम छन् ।
यी सबै कारणहरु ले गर्दा पशुपतिनाथ ज्योतिर्लिंग लाई केदारनाथ ज्योतिर्लिंग को शिर भनिएको हो ।
जय श्री पशुपतिनाथ ज्योतिर्लिंग हे करुणासागर सबैको कल्याण होस .

भक्तपुर किन प्रसिद्ध छ ?
भक्तपुर शहरको धार्मिक र सॉस्कृतिक प्रसिद्ध भएको मुख्य मुख्य ठाउंहरु हेर्ने क्रममा आजसम्म मैले हेर्न पाएका र केही अध्ययन गर्न पाएको धार्मिक स्थलहरु प्रस्तुत गर्न गइरहेको छु । यस्मा थप कुराहरु हेर्दै जाने ईच्छा राखेको कोरोना ले बिचमा आएर बाधा पुर्याई राखेको छ ।
आजसम्म भक्तपुर का यी प्रसिद्ध धार्मिक र सांस्कृतिक स्थलहरु हेर्न पाउनु परमेश्वरको कृपा हो र यस्को लागि भक्तपुर वासीहरु लाई पनि धन्यबाद दिन चाहन्छु ।
१.. भक्तपुर को सबभन्दा प्रसिद्ध नवदुर्गा नाच पूर्ण रूपमा हेर्न पाएको छैन । बिच बिचमा मौका पाएको बेलामा हेर्ने बाहेक बसेर बिस्तृत रुपमा हेर्न पाएको छैन ।त्यत्तिको आधारमा मलाई लागेको कुराहरु चर्चा को लागि पेश गर्नु ठिक हो होईन थाहा छैन । गल्ति भएको भए माफि पाउं ।
१.१. नवदुर्गा नाचले मनुष्यको जन्म देखि मरण सम्मको सम्पूर्ण क्रियाकलाप लाई झल्काएको बुझिन्छ । यस्ले तत्कालीन समाज को शास्त्रीय जीवन शैली को छाप दिन खोजेको भान हुन्छ । यस्मा आफ्नै मौलिकता ले पूर्ण जीवन शैली प्रस्तुत गरिएको छ ।
१.२. यस्ले “ मातृ सत्तात्मक समाज “ को बिकसित हुदै गएका कुराहरु देखाउंदै मातृ सत्ताले बनेको मातृकल्पमा समाजको बिकाश बिकासबादी सिद्धान्त “ अनुसार भएको झल्काएको छ ।
१.३. हाम्रो शास्त्र ले पनि निराकार स्वरुपको श्री माहामाया लाई नै अलौकिक शक्ति स्वरुपा मानेको छ । यसैलाई मूल शक्ति को आधार मानेको छ ।
१.४. श्री माहामायाले सतीदेबी को रुपमा दक्ष प्रजापतिको घरमा साकार स्वरुपको जन्म लिएर दश महाविद्या को प्रदर्शन गरेर आगम शास्त्र वा बिद्या शक्ति को परिचय महादेबलाइ दिनु भयो ।
१.५. उनै सतीदेबी को निराकार शरीरको अंगहरु पतन भएर पचास शक्ति पीठहरु उत्पत्ति भई आगम शास्त्र र बिद्या शक्ति को प्रचार प्रसार भएको छ ।
१.६. त्यही शक्ति पीठहरु लाई शक्ति को श्रोत र कुलदेवता को मान्यता दिएर आजसम्म पनि “ कुलदेवता “ भनि पूजा र साधना गरिआईरहेका छौ ।
१.७. यसरी परापूर्ब काल देखि मातृ शक्ति लाई शक्ति को पहिलो श्रोत को रुपमा मानीआएका छौं ।
१.१०. हाम्रो आगम घरमा ( आगंछें) मा आगम कुलदेवता ( आगंद्य: ) लाई मान्ने गरिआएको छ ।त्यस्तै देगुद्य पूजा मा पनि कुलदेवता पूजा गरिआएका छौ ।
१.११. नवदुर्गा नाचमा यीनै दश महाविद्या मध्येको त्रिपुरा सुन्दरी जस्लाइ स्थानीय भाषामा “ सिफद्य “ भनिन्छ नायिका प्रधान को रुपमा अष्ट मातृकाहरु को नाच प्रस्तुत गरिएको छ ।
१.१२. भक्तपुर मा नवदुर्गा भवानी भनेर प्रसिद्ध भएको पनि यीनै अष्ट मातृकाहरु र त्रिपुरा सुन्दरी भएर नव दुर्गाहरु भएको हो ।
१.१३. यी नवदुर्गाहरुको मोहनी नख: ( बड़ादशै ) को नौ दिन एक एक गरेर भब्य पूजा हुन्छ । यस्ले भक्तपुर को बड़ादशै को नौ दिन को चहलपहल मा ठूलो योगदान पुर्याउंछ ।
२.. त्रिपुरा सुन्दरी शक्ति पीठ भक्तपुर शहरको दश महाविद्याहरु मध्येको एक प्रसिद्ध शक्ति पीठ हुन् ।यीनीहरु भक्तपुर शहर वासीहरु को लागि शक्ति को श्रोत हुन् । आजकाल बर्षको एक दिन भक्तपुर शहरमा दश महाविद्याहरु को पूजा भ्रमण पनि गर्ने गरेको छ ।
२.१. भक्तपुर शहरको दश महाविद्या मध्येको पहिलो श्री काली हुन् जुन भक्तपुर मा योसिंखेलको भद्रकाली शक्ति पीठ मा अबस्थित छन् ।
२.२. दश महाविद्या मध्येको दोस्रो तारा हुन् जुन भक्तपुर मा चुपिंघाट पारी भिसिख्यमा नीलसरस्वती को नामबाट प्रसिद्ध छ ।
२.३. दश महाविद्या मध्येको तेस्रो षोडशी हुन् जुन भक्तपुर मा तुलाछें टोलमा त्रिपुरा सुन्दरी शक्ति पीठ को नामबाट प्रसिद्ध छ । यस्लाई नवदुर्गा भवानी को नामबाट पनि पुकारिन्छ ।स्थानीय वासीहरु सिफ द्य: पनि भन्दछन् ।
२.४. दश महाविद्या मध्येको चौथो भुवनेश्वरी हुन् जुन भक्तपुर मा टौमढी टोलमा पाषाण यन्त्र को रुपमा अबस्थित छन् ।
२.५. दश महाविद्या मध्येको पॉचौ भैरबी हुन् जुन भक्तपुर को भौध्वाखा मा खुशि अजिमाद्य को रुपमा प्रसिद्ध छन् ।
२.६. दश महाविद्या मध्येको छैठौ छिन्नमस्ता हुन् जुन भक्तपुर मा टौमढी टोलमा चण्डिका द्य: को नामबाट प्रसिद्ध छन् ।
२.७. दश महाविद्या मध्येको सातौ धुमावती हुन् जुन भक्तपुर मा टिबुक्छें बाट चासुटोल जाने बाटोमा दुरुपो द्य: को नामबाट प्रसिद्ध छन् ।
२.८. दश महाविद्या मध्येको आठौ बगलामुखी हुन् जुन भक्तपुर मा ईन्द्रायणी शक्ति पीठ को बायॉपट्टि अबस्थित छन् ।
२.९. दश महाविद्या मध्येको नवौ मातंगी हुन् जुन भक्तपुर मा ईपाछेंमा कलंद्य: को नामबाट प्रसिद्ध छन् ।
२.१०. दश महाविद्या मध्येको दशौं सिद्धिलक्ष्मी हुन् जुन भक्तपुर मा भोलाछें टोलको दुगुमला मा भुखा द्य: को नामबाट प्रसिद्ध छन् ।
यसरी भक्तपुरमा यी दश महाविद्याहरु स्थानीय वासीहरु आआफ्नु नाम बाट पुकार्ने र कुलदेवता को नाम लिन हुंदैन भन्ने जनधारणा बिकसित भएको हुनाले दश महाविद्या को नामहरु सुन्नमा धेरै आउंदैन । धेरै ले त थाहा छैन भनेर जवाफ दिन्छन् ।
३.. भक्तपुर शहरको अर्को एउटा बिशेषता भनेको यस शहर लाई चारै दिशाबाट शान्ति सुरक्षा होस र कुनैपनि ख़राब तत्वहरु शहर भित्र प्रबेश गर्न नसकोस भनेर अष्ट मातृकाहरु सबै दिशामा सुरक्षाको लागि अबस्थित छन् ।
३.१. ब्रह्मायणी शक्ति पीठ जुन भक्तपुर शहरको उत्तर पूर्व दिशामा हनुमन्ते खोला ब्रह्मायणीघाट निर अबस्थित छन् । यस्को द्योछें ( देवीको आगम घर ) तोलाछें टोलमा छ । स्थानीय वासीहरु वाता अजिमा भन्दछन् ।
३.२. माहेश्वरी शक्ति पीठ जुन भक्तपुर शहरको पूर्व दिशामा हनुमन्ते खोला माहेश्वरी घाट नजिकै अबस्थित छन् ।यस्को द्योछें ( देवीको आगम घर ) ईनाच्व टोलमा छ ।स्थानीय वासीहरु बाता अजिमा भन्दछन् ।
३.३. कौमारी शक्ति पीठ जुन भक्तपुर शहरको दक्षिण पूर्व दिशामा पासिख्यो महेश कुण्डमा नजिकै अबस्थित छन् ।यस्को द्योछें ( देवीको आगम घर ) क्वाछें टोलमा अबस्थित छ । स्थानीय वासीहरु पसि अजिमा भन्दछन् ।
३.४. बैष्णबी शक्ति पीठ जुन भक्तपुर शहरको दक्षिण दिशामा हनुमन्ते खोला चुपिघाटमा अबस्थित छन् ।यो शक्ति पीठ भद्रकाली को नामबाट प्रसिद्ध छन् ।यस्को द्योछें ( देवीको आगम घर ) ईच्छा टोलमा अबस्थित छ । स्थानीय वासीहरु नकिजु अजिमा भन्दछन् ।
३.५. बाराही शक्ति पीठ जुन भक्तपुर शहरको दक्षिण पश्चिम दिशामा हनुमन्ते खोला पारी बाराही टोलमा अबस्थित छन् ।यस्को द्योछें ( देवीको आगम घर ) तेखाच्व टोलमा छ । स्थानीय वासीहरु याकती अजिमा भन्दछन् ।
३.६. ईन्द्रायणी शक्ति पीठ जुन भक्तपुर शहरको पश्चिम दिशामा खौमा टोलमा ब्यासी जाने बाटोमा अबस्थित छन् ।यस्को द्योछें ( देवीको आगम घर ) खौमा टोलमा छ । यस्लाई स्थानीय वासीहरु ईलमा अजिमा भन्दछन् ।
३.७. महाकाली शक्ति पीठ जुन भक्तपुर शहरको उत्तर पश्चिम दिशामा ठूलो ब्यासी टोलमा अबस्थित छन् ।यस्को द्योछें ( देवीको आगम घर ) भोलाछें टोलमा छ । स्थानीय वासीहरु मसां / मसान अजिमा भन्दछन् ।
३.८. महालक्ष्मी शक्ति पीठ जुन भक्तपुर शहरको उत्तर दिशामा थाहाछें टोलमा अबस्थित छन् ।यस्को द्योछें ( देवीको आगम घर ) दथु टोल थालाछें मा छ । स्थानीय वासीहरु भोति अजिमा भन्दछन् ।
३.९. यी अष्ट मातृकाहरु को आआफ्नु द्योछें ( देवीको आगम घर) छन् । त्यहॉ सम्बन्धित अष्ट मातृकाहरुको बिशेष मूर्ति बनाएर राखिएको छ । ती बिशेष मूर्तिहरु को पूजा र दर्शन बर्षमा दुई पटक सर्वसाधारण भक्तजनहरु लाई भएको देखियो ।
३.९.१. एक पटक मोहनी नख: ( बड़ादशै ) को पर्व मनाउंदा आआफ्नु पीठहरुमा सजाएर राखेको र स्थानीय भक्तजनहरु ले पूजा दर्शन गरेको देखियो ।
३.९.२. दोस्रो पटक बिष्केट जात्रा को सातौ दिनमा द्योछें बाट तल ल्याएर भुईतस्ला मा सर्वसाधारण को दर्शन र पूजा को लागि राखिएको देखियो ।
३.९.३. त्यस्बाहेक अन्य समयमा बिशेष पूजा को लागि द्योछें भित्र नै जानु पर्ने देखियो ।
४.. भक्तपुर शहरको चारै दिशाको रक्षा गर्न अबस्थित यी अष्ट मातृकाहरु भएर शहर भित्र प्रबेश गर्न ढोकाहरु बनाईएका थिए भन्ने सुन्नमा आउंछ । हाल ती ढोकाहरु बिभिन्न हालातमा रहेका छन् ।
४.१. ब्रह्मायणी शक्ति पीठ भएर शहर भित्र प्रबेश गर्न “ब्रह्मायणी ढोका “ रहेको र यो ढोका च्यामासिंह बाट सूर्यमढी टोल जाने बाटोमा रहेको उल्लेख छ।
४.२. माहेश्वरी शक्ति पीठ भएर शहर भित्र प्रबेश गर्न “माहेश्वरी ढोका “ रहेको र यो ढोका माहेश्वरी घाटबाट सूर्यमढी टोल जाने उकालो निर रहेको कुरा उल्लेख छ ।
अर्को “ माच्व ढोका “ माहेश्वरी घाटबाट ज्यला टोल जाने बाटोमा भएको भनिएको छ ।
तेस्रो “ वाचुक्वा ढोका माहेश्वरी घाटबाट ईनाच्व जाने उकालोमा भएको उल्लेख छ ।
४.३. कौमारी शक्ति पीठ भएर शहर भित्र प्रबेश गर्न “हनुमन्ते ढोका “ जगाती बाट भक्तपुर हनुमन्ते घाट भई शहर पस्ने ढोका भनेर उल्लेख भएको छ ।
“ याता ढोका “ हनुमान घाट बाट गोलमढी याता टोल जाने बाटोमा रहेको उल्लेख छ ।
४.४. बैष्णबी शक्ति पीठ भएर शहर भित्र प्रबेश गर्न “ योसिंख्व ढोका “ योसिंखेलमा रहेको उल्लेख छ ।
४.५. बाराही शक्ति पीठ भएर शहर भित्र प्रबेश गर्न “ माक्चो ढोका “ मंगल तीर्थ बाट खुरचो टोल जान यो ढोका रहेको उल्लेख छ ।
“ युगचो ढोका “ मंगलतीर्थ बाट उकालो लागेर मंगलाछे जाने बाटोमा यो युगचो ढोका रहेको उल्लेख छ ।
“ बाजिगाचा ढोका “ मंगलतीर्थ बाट भागाचो र ईचादो जाने पुरानो बाटोमा यो बाजिगाचा ढोका रहेको उल्लेख छ ।
४.६. ईन्द्रायणी शक्ति पीठ भएर शहर भित्र प्रबेश गर्न “ ईन्द्रायणी ढोका “ ईन्द्रायणी पीठ बाट खौमा टोल जाने बाटोमा रहेको उल्लेख छ ।
४.७. महाकाली शक्ति पीठ भएर शहर भित्र प्रबेश गर्न “महाकाली ढोका “ महाकाली पीठ बाट भोलाछें जाने बाटोमा यो ढोका रहेको उल्लेख छ ।
४.८. महालक्ष्मी शक्ति पीठ भएर शहर भित्र प्रबेश गर्न “ महालक्ष्मी ढोका “ कमल बिनायक बाट महालक्ष्मी पीठ तिर जाने बाटोमा रहेको उल्लेख छ ।
यस बाहेक पनि भक्तपुर मा केही नाम चलेको प्रसिद्ध ढोकाहरु भएको उल्लेख भएको छ ।
-सुबर्ण द्वार :- तलेजु भवानी को मन्दिर भित्र प्रबेश गर्ने मूल द्वारको रुपमा रहेको छ ।
⁃ सुकुल ढोका :- सुकुलढोका टोलको भिमसेन स्थानबाट लालाछें टोल जाने बाटोमा रहेको भनिएको छ र यो प्रसिद्ध नाम चलेको ढोका भएता पनि केही देखिंदैन ।
⁃ खौमा ढोका :- खौमा टोलबाट दरबार चोक पस्ने मूलढोका कै रुपमा रहेको छ
⁃ लसकुस ढोका :- स्वागत द्वार को रुपमा रहेको उल्लेख छ ।
यसरी यी दश महाविद्या र अष्ट मातृका शक्ति पीठहरु को स्थापना भएपछि शहरको बिकाशमा बल पुगेको भान हुन्छ ।
यस पछिको सॉस्कृतिक र धार्मिक चर्चा अर्कोमा गरिने छ ।
धन्यबाद !

No comments:

Post a Comment