Showing posts with label फण्डित. Show all posts
Showing posts with label फण्डित. Show all posts

10.11.21

योगी नरहरी नाथको सम्पुर्ण अडियो प्रवचन। भाग १ देखि १४ सम्म।

योगी नरहरिनाथको जन्म वि.सं. १९७१ फागुन १७ गते आइतबारका दिन कालीकोट जिल्ला, तत्कालीन ठाँटीकोट गाउँ विकास समिति, वडा नं. ७, लालुलोखाडा, चाखा, लालुगाउँका भारद्वाजगोत्रीय ललितसिंह ऋक्सेन थापा र माता गौरीदेवी (आत्रेयगोत्री) को माइला पुत्रको रूपमा भएको थियो ।
आठ वर्षकै उमेरमा ब्रतवन्ध गरिएका बलवीरसिंह ऋक्सेन थापाले वि.सं. १९८१ मा जुम्ला चन्दननाथ मन्दिरका महन्त छिप्रानाथ योगीसँग सन्न्यास लिएपछि मात्र उनको नाम योगी नरहरिनाथ रहन गएको थियो अध्ययन पूरा गरेपछि उनी'गौहत्या निषेध आन्दोलन' एवं भारतको स्वतन्त्रता संग्राम सत्याग्रहमा होमिए । यस क्रममा उनी पटकपटक लाहौरको मल्तान, शिन्ध, पञ्जाब, दिल्ली र कलकत्ताका कारागारहरूमा थुनिए ।

8.9.21

संस्कृतिको आधुनिक हत्या

पृथ्वीराज पोखरेल- आदि लर्ड म्याकालेको एउटा सिद्धान्त बहुप्रचलित छ, ‘कुनै पनि देशमा शासन सत्ता विस्तार गर्नुछ भने त्यहाँको मूल्य, प्रणाली, भाषा र धर्मप्रतिको आस्था खण्डित गर्नु र नयाँ मूल्य प्रणाली लागु गर्नु।’ पश्चिमा समाजले म्याकालेलाई लर्ड पदवी दिएर उनको यो सिद्धान्तलाई प्रमुख मानेर ठूलै जत्था नेपालको मौलिकता मास्न लागिपरेको छ र यसले धेरै कुराहरुमा नेपालीलाई दिग्भ्रमित, खण्डित र विद्रोही बनाएको पनि छ। कसरी गरिन्छ त मौलिकताको हत्या? 

राष्ट्रिय चिह्नमा लालिगुराँसयुक्त मालाको बीचमा महिला र पुरुषले हात मिलाएको चिह्न तर्जुमा गरेर सनातन नमस्कार संस्कृतिको हत्या गरिएको छ, जब कि वैज्ञानिक अनुसन्धानले पनि हात मिलाउनु हानिकारक मान्छ। ताण्डव मूलको पाङ्दुरे नाचको हत्या खयालीले गरेको छ। परम्परागत नृत्यहरुको फ्युजन हाइब्रिड हुन सक्थ्यो तर तथाकथित पश्चिमा कोरियोग्राफीले यसको हत्या गरेको छ। अलिया युरोपियाको अत्यधिक प्रचारले रैथाने अलिया नेपालेन्सिस जिब्राडको हत्या भएको छ, जसरी भारतीय मसलाले नेवारी मसलाको हत्या गरेको छ। शासकको कुबुद्धिले गर्दा विमान पण्डित अच्युतानन्द खरेलको विमान आविष्कारक पदको हत्या भएको छ र त्यसका मालिक राइट दाजुभाइ भएका छन्। हिलेमाछा खाएर रातोमाछा जोगाउने नेवारले आफ्नै संस्कृति खाइरहेका छन्।

5.9.21

‘वैदिक शिक्षा नै शान्तिको सूत्र’

विनु पोखरेल:- अमेरिकाको आयोवास्थित महर्षि यूनिभर्सिटी अफ म्यानेजमेन्ट का अध्यक्ष डा. जोन हेगलिन भौतिकशास्त्री, लेखक र भावातीत ध्यानका अभियन्ता समेत हुन्। स्विट्जरल्याण्डस्थित यूरोपियन सेन्टर फर प्राक्टिकल फिजिक्स र अमेरिकाको स्टानफोर्ड लिनियर एक्सिलेटर सेन्टरमा शोधार्थी रहिसकेका हेगलिन योग र ध्यानबाट तीव्र सामाजिक तनाव, हिंसा र आतंकवादलाई कम गर्न सकिन्छ भन्ने विश्वास राख्छन्।

नेपाल महर्षि वैदिक फाउण्डेसनले फागुन (१७–१९) मा आयोजना गरेको ‘वैदिक तथा आधुनिक विज्ञान’ सम्मेलनमा सहभागी हुन काठमाडौं आएका हेगलिनसँग वैदिक ज्ञान र योगको सेरोफेरोमा हिमाल का लागि बिनु पोखरेल ले गरेको वार्ताको अंशः

डा. जोन हेगलिन ।

तपाईंजस्तो भौतिकशास्त्री के कारणले वेद र योगतर्फ आकर्षित हुनुभयो ?

वेदमा ब्रह्माण्ड अटाउने ज्ञान छ । वैदिक ज्ञान सृष्टिको अन्तिम यथार्थ हो । म वर्तमान विज्ञानको परम्पराबाट आएको हुँ, जसले वेदलाई बुझ्ने प्रयास मात्र गरेको छ । आधुनिक समयमा विज्ञानले सर्वोच्च ज्ञानको झल्को यौगिक चेतनाको क्षेत्रमा प्राप्त गरेको छ । वैदिक भाषामा यही यौगिक चेतनालाई आत्मा भनिन्छ ।

29.8.21

धर्म, धर्मनिरपेक्षता र राजनीति

विनोद न्यौपाने:- लेखको सीमिततामा सामान्य धर्म र राजनीति’ bout केही जोडिएका विषयहरू ल्याउन लेखिएको लेख हो । संसारमा रहेका धर्म र राजनीति गहिरिएर बुझ्न अझै गहिरो र व्यापक अध्ययनको आवश्यकता पर्छ । राजनीति, राजनीति गर्ने व्यक्ति अनि उसको राजनीतिक क्रियाकलापहरूमा धार्मिक भावनाहरू जोडिएको हुन्छ, चाहे त्यो हिन्दू होस्, क्रिस्चियन, इस्लाम वा अन्य धर्म मान्ने होस् । कुनै पनि व्यक्ति; संस्कार, संस्कृति, नीतिकता, रीतिथिति, रिवाज, भाषा आदि भएको आफ्नो समाजबाट भाग्न सक्दैन ।
हामी राजनीतिक विषयहरू जस्तै :संविधान, ऐन, नियम र निर्देशिकालाई वैधानिकीकरणको प्रक्रियाका रूपमा बुझ्छौं । यी विषयहरूको आधारभूत आधारको तहगत वर्गीकरणमै धर्म जोडिएर लेखिएको हुन्छ । यहाँ यही वैधानिकीकरणमा ‘राज्यशक्ति र राजनीति’ जोडिएर आउँछ । शासक, शासकीय व्यवस्था÷पद्धतिभित्र न्याय, कानुन आदि रहने हुँदा सोझै धर्म र राजनीति जोडिन्छ ।

नेपालमा संरचनागत रूपले फण्डितहरुको अवस्था

विनोद न्यौपाने:- अन्तर्राष्ट्रिय बिचौलिया, राष्ट्रिय बिचौलिया, स्थानीय नागरिक समाज, नागरिक आन्दोलनबारे पहिलेदेखि नै बहसका विषयहरू नेपालमा देखिन्छ। दाताहरूले दिएको पैसाले विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू आफ्नै प्रशासन र प्राविधिक संयन्त्र प्रयोग गरेर काम गर्थे। सेवा र सुविधा सोझै जनस्तरमा पुग्दथ्यो। जस्तै : केयर नेपालले आरुघाट उँभो बनाएका पुलहरू, खानेपानी त्यस्तै हेल्भिटासले कर्णालीमा गरेका राम्रा कामका उदाहरणहरू हुन्। जब साझेदारीमा जाने नीति र अवधारणा आयो, तब यो सबै विवादास्पद बन्न पुगेको देखिन्छ। 
सहायताका विषयहरू अध्ययन गर्दा, हाम्रो अर्थ मन्त्रालयभित्र पसेर प्राविधिक तथा अन्य सहायता विवरण आ.व. २०६१/६२ देखि हेर्दा द्विपक्षीय, बहुपक्षीय स्रोत तथा अन्तर्राष्ट्रिय गै.स.सं. मार्फत प्राप्त सहयोग समेत हेर्दा विकास र विकसित भइसकेको हाम्रो अबस्था देखिन्छ। त्यहाँ यो आर्थिक वर्ष अगाडिका रेकर्डहरू देखिदैँनन् भने त्यहाँदेखि यता पनि काम गरेका धेरै संस्थाहरूले रकम उल्लेखित गरेको पाइँदैन।