29.8.21

धर्म, धर्मनिरपेक्षता र राजनीति

विनोद न्यौपाने:- लेखको सीमिततामा सामान्य धर्म र राजनीति’ bout केही जोडिएका विषयहरू ल्याउन लेखिएको लेख हो । संसारमा रहेका धर्म र राजनीति गहिरिएर बुझ्न अझै गहिरो र व्यापक अध्ययनको आवश्यकता पर्छ । राजनीति, राजनीति गर्ने व्यक्ति अनि उसको राजनीतिक क्रियाकलापहरूमा धार्मिक भावनाहरू जोडिएको हुन्छ, चाहे त्यो हिन्दू होस्, क्रिस्चियन, इस्लाम वा अन्य धर्म मान्ने होस् । कुनै पनि व्यक्ति; संस्कार, संस्कृति, नीतिकता, रीतिथिति, रिवाज, भाषा आदि भएको आफ्नो समाजबाट भाग्न सक्दैन ।
हामी राजनीतिक विषयहरू जस्तै :संविधान, ऐन, नियम र निर्देशिकालाई वैधानिकीकरणको प्रक्रियाका रूपमा बुझ्छौं । यी विषयहरूको आधारभूत आधारको तहगत वर्गीकरणमै धर्म जोडिएर लेखिएको हुन्छ । यहाँ यही वैधानिकीकरणमा ‘राज्यशक्ति र राजनीति’ जोडिएर आउँछ । शासक, शासकीय व्यवस्था÷पद्धतिभित्र न्याय, कानुन आदि रहने हुँदा सोझै धर्म र राजनीति जोडिन्छ ।
धर्म र राजनीतिलाई गहिरिएर हेर्दा विभिन्न मुलुकहरूमा, आन्तरिक होस् वा बाह्य वा घरेलु राजनीति, क्षेत्रीय र अन्तर्राष्ट्रिय क्षेत्रमा नीति, उम्मेदवार, नामाङ्कन, गुट, उपगुटको प्लेटफर्ममा चर (भेरियबल) को रूपमा मान्यता दिएको देखिन्छ । जस्तै : अमेरिकामा क्रिस्चियन राइट, अफगानिस्तानमा तालिबान र यस्तै अल कायदा, भ्याटिकनजस्ता अन्तर्राष्ट्रिय धार्मिक कलाकारहरूले विश्वभरिका राष्ट्रहरूको राजनीति र नीतिमा महत्वपूर्ण प्रभाव पारेका छन् । धर्मनिरपेक्ष कुलीन यहुदीहरू र बेलायती रोमान्टिक वादबाट दबिएका युरोपेली यहुदी समुदायहरूले आफ्नै बुद्धिबाट सुरु गरेको ‘हस्कालाह’ आन्दोलनबाट विकसित हुँदै आएको देखिन्छ । ‘हस्कालाह’ एक यहुदीहरूको धर्मनिरपेक्षताको शक्ति थियो, जसको नेतृत्व सन् १७२९–१७८६ मा मोसा मोन्डेलसोहनले गरेका थिए । यहाँ उनीहरूले धार्मिक र जातीय पहिचानमा सम्झौता नगरी आर्थिक र सांस्कृतिक रूपमा समाहित हुने उपायहरू खोजे (सिला ए स्पेक्टर, २००५) ।
के हो धर्मनिरपेक्षता ?
सामान्य सुरु गरौँ यहाँ; ‘धर्मनिरपेक्ष’, ‘धर्मनिरपेक्षता’ : धर्म र राजनीतिसम्बन्धी लेखहरूमा प्रायः प्रयोग गरिन्छ । यी शब्दहरू विरलै स्पष्ट रूपमा परिभाषित छन् । तिनीहरूको अर्थ लेखकहरूले प्रायः आफ्नो विचार, सोच र धारणामा अभिव्यक्त गरेका हुन्छन् । त्यसैले यी शब्दहरूको अर्थ सामान्यतया प्रसङ्गबाट स्पष्ट हुन्छ । यो सधैँ धर्मको विरोधमा प्रयोग गर्दा जटिल हुन्छ । धर्मनिरपेक्ष, धर्मनिरपेक्षता र धर्मनिरपेक्षीकरणजस्ता शब्दहरू धर्मसँग जोडिएर नै आउने हुन् । यी शब्दहरू र प्रजातन्त्र; क्रिस्चियन प्रजातन्त्रबाट नै विकसित भएका हुन् । अहिलेको प्रजातन्त्र, प्रजातान्त्रिक समाजवाद, समाजवाद आदिको जन्म क्रिस्चियन पार्टीहरूले ल्याएका वैचारिक विषयहरूबाट नै विकसित हुँदै आएका त्यही बहावहरूबाटै जन्मिएका हुन् । धर्मनिरपेक्ष, धर्मनिरपेक्षता र धर्मनिरपेक्षीकरणलाई विभिन्न मुलुकहरूले आफ्ना–आफ्ना संविधानमा कसरी राखेका छन् त्यो महत्वपूर्ण हुन्छ । यी तीनैवटा शब्द धर्मविरोधी होइनन् ।
धर्मनिरपेक्ष भनेको धर्म र समाजको अन्य क्षेत्रहरू (राजनीतिक, आर्थिक, सांस्कृतिक आदि) बीचको भिन्नता हो, तर धर्मको प्रभावको पतन भएको होइन । धर्मनिरपेक्षले सामाजिक परिप्रेक्ष्यमा धार्मिक विश्वासहरूको धेरै विकल्पहरूमध्ये एक हो भनेर वर्णन गर्छ । धर्मनिरपेक्षीकरण धार्मिक विश्वास धारण गर्ने व्यक्तिको संख्या घट्नु हो वा धार्मिक अभ्यास समुदायमा घट्नु हो अर्थात् धर्मको प्रभावमा दीर्घकालीन प्रभाव घट्नु हो । अझै बुझ्न, धर्मनिरपेक्षता भन्नाले राजनीतिमा धार्मिक प्रभाव घट्नु हो । यसले मानिसहरूको धार्मिक विश्वास वा अभ्यासमा गिरावट आउँदैन (फिलपोट, २००९) । विज्ञहरू काल्होन र साथीहरू भन्छन्, धर्मनिरपेक्षतावाद एक विचारधाराको रूपमा परिभाषित गर्न सकिन्छ, विचारधारा भन्नासाथ यसमा सामान्यतया विश्वासहरू समावेश रहेका हुन्छन् । धार्मिक भाषाको सहारा लिईकन व्याख्या गर्दा यो धर्मको विपरीत विषय हो । प्राध्यापक निर्मलमणि अधिकारी लेख्छन्, ‘धर्म–सम्प्रदाय धारित, धार्मिक परम्पराजन्य, सांस्कृतिक–सामाजिक–सम्प्रदाय–केन्द्रित संस्थाहरू र राजनीतिक–शासकीय–प्रशासकीय संस्थाहरूको पृथक्–पृथक् कार्यक्षेत्रको विशिष्टीकरणलाई हामीले वैदिक कालदेखि नै र युरोपेली क्रिस्चियनहरूले विकासक्रमको पछिल्लो चरणमा अवलम्बन गरेको देखिन्छ । अर्थात्, पूर्वीय दर्शन होस् वा पश्चिमा— यहाँ शासकीय शक्ति र धर्म छुट्ट्याएको हो ।
धर्मनिरपेक्षलाई विश्वास र विचारधाराको रूपमा पनि लिएको देखिन्छ । यसले मानिसलाई स्वतन्त्र र स्वायत्त छु भन्ने बनाउँछ, जसले गर्दा चलिरहेका धार्मिक दृष्टिकोणमा मानिसहरूबीच असहिष्णुता र द्वन्द्व निम्त्याउँछ । यही विषय अहिले संविधानमा नेपाली जनतालाई छलेर किन धर्मनिरपेक्षता राखियो भनेर नेपाली कांग्रेस र एमाले पार्टीभित्र कुरो उठिरहेको छ । वास्तविक सत्यतामा नेकाका नेता कृष्णप्रसाद सिटौला, जो संसद् थिएनन्, उनले यो संविधान संसद्मा ल्याए । तत्कालीन सभामुख सुवास नेम्वाङले सदनमा संघीयता र धर्मनिरपेक्ष लेखिएको संविधान न कुनै छलफल, न कुनै अध्ययन र अनुसन्धान तालिकाभर, ‘पास’; पास, पास गराए । अहिले आएर सबै विवाद आउनुको मुख्य कारण यही हो । धर्मनिरपेक्ष भन्ने विषय सजिलो होइन; यसको परिभाषा नै नौ प्रकारले विज्ञले गरेका छन् ।
यहाँ के देखिन्छ भने धर्मनिरपेक्ष भन्नासाथ राज्यबाट धर्मको दूरीको विषयवस्तु हो । यसले विचारहरूको एक विस्तृत शृङ्खलाको प्रतिनिधित्व गर्छ । धर्मनिरपेक्षताको मापदण्ड पूरा गर्न राज्यबाट धर्म कति टाढा हुनुपर्ने वा छुट्टिनुपर्ने प्रकृति वा सीमा के हो ? यी विषयहरू विश्वमै अभ्यासमा र स्पष्ट हाम्रै संविधानमा छैनन् । मानिस धार्मिक प्राणी भएकाले मानिसको बानीबेहोरा, प्रकृति पहिचान, आस्था र विश्वास मापन गर्न असजिलो र गाह्रो हुन्छ । धर्मनिरपेक्षताको विषयलाई आफ्नो, आफ्नो स्पेस, प्लेस र समयअनुसार विभिन्न मुलुकले आफ्नो संविधानमा लेखेका छन् । यसको मापन स्केल आफ्नो–आफ्नो तरिकाले गरेको देखिन्छ । हिजो राजतन्त्र हुँदा हामी हिन्दू राज्य थियौं, राजालाई विष्णुको अवतार र संविधानमै सार्वभौमिकता राजाको हातमा थियो भनी हाम्रो संविधानमै उल्लिखित थियो । आज आएर यो संघीय संविधानमा धर्मनिरपेक्ष राष्ट्र राखेका छौं । विश्वका अन्य मुलुकहरू हेर्दा सबैजसो धर्मनिरपेक्ष राष्ट्र बनाएको देखिन्छ ।
बहुलवादी समाजमा धार्मिक विश्वासले सार्वजनिक नीतिहरूका ’bout भूमिका खेल्छ । पश्चिमी उदार समाजवादीहरू नैतिक बहुलवाद, नीति निर्माणमा धार्मिक विश्वासको स्थानको ’boutमा छलफल गर्छन् । उनीहरू आधुनिक समाजमा कस्ता किसिमका मुद्दाहरू क्रिस्चियन सामाजिक र राजनीतिक चिन्ताको वैधानिक विषय वस्तुहरू हुन्छन् भनेर निकाल्ने प्रयास गर्छन् ( प्लान्ट रेमोन्ड, २००१) । उन्नाइसौँ शताब्दीका चिन्तकहरू— अगस्टे कोम्ते, हर्बर्ट स्पेन्सर, एमिल डर्कहिम, म्याक्स वेबर, कार्ल माक्र्स र सिग्मन्ड फ्रायड— सबैले भविष्यवाणी गरेका छन् :धर्म बिस्तारै महत्वका साथ खस्कँदै जान्छ र औद्योगिक समाजको उदयसँगै महत्वपूर्ण हुन छोड्नेछ ।
धर्म र धर्मनिरपेक्ष : तुलनात्मक धार्मिकता, समाजशास्त्र, जनमत, राजनीतिक आनीबानी, राजनीतिक विकास, सामाजिक मनोविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध र सांस्कृतिक परिवर्तनमा चासो राख्ने सबैका लागि महत्वपूर्ण विषय हो ।
धर्म र राजनीतिको गाँठो
यहाँ, ऐतिहासिक भूगोलहरू अध्ययन गर्दा पोल्यान्डमा एकजुट, सोभियत साम्राज्यको विघटन, विभिन्न दक्षिण अमेरिकी, दक्षिणी अफ्रिकी र दक्षिण एसियाली मुक्ति आन्दोलनहरू, संयुक्त राज्य अमेरिकामा क्रिस्चियनहरूको अधिकार, अल कायदाको धार्मिक आधारित राजनीतिक द्वन्द्व आदि विषयवस्तुहरूमा धर्म र राजनीति जोडिएको पाइन्छ । धर्म र राजनीति जोडेर; अयातुल्ला खोमेनीले इरानमा पहलवी राजवंशलाई उखेले । विश्वका मुस्लिम सरकारहरूले इस्लाम भएको दाबी गर्दै आफ्ना राजनीतिक चाहना र आवश्यकताअनुरूप राजनीति र प्रशासनलाई अनुकूलित गर्ने कार्यहरू गरेको पनि देखिन्छन् । अन्य सतहमा देखिने विषयहरू : हाल नजिकैको भारतीय जनता पार्टी जन्मजातदेखि हिन्दूको वकालत, भारतीय राममन्दिर विवाद, चीनमा मुसलमानहरूलाई छुट्ट्याइएको, नेपालको संविधान, २०७२ बिनाअध्ययन र अनुसन्धान धर्मनिरपेक्ष राखिएको, राप्रपा पार्टीको हिन्दू राज्यको माग, बङ्गलादेश र पाकिस्तानमा हिन्दूमाथिको ज्यादती, काश्मीर मुस्लिम वा हिन्दू कसको हुने आदि जोडिँदै हाल नेपालमा ठोरीको राममन्दिर आदि देखिन्छन् । त्यस्तै उदाहरण : नेकपा एमाले, कांग्रेसमा धर्मनिरपेक्षताका विषयहरूमा कुराहरू उठ्नु, जोडिनु र जेलिनुले धर्म र राजनीति सत्ता, शक्ति, भोटसँग अन्योन्याश्रित सम्बन्ध गाँसिएको देखिन्छ । त्यसैले धर्मलाई राजनीतिसँग जोडेर फाइदा लिने शासकहरूको यहाँ कमी देखिँदैन । नेपालका पार्टीहरू र यसको नेतृत्ववर्ग कल्पनातीत, मोहक र मिथ्या राजनीति गरिरहेका छन् । पैसो कमाउने स्वार्थ सिद्धिसँग जोडिएको यो नेपालको राजनीति, धर्मसँग राजनीति जोड्न, होली वाइन काण्ड, भैँसी पूजा, अन्य धर्मको वकालत आदि जनमानसमा नाटक र नौटङ्की देखिएका छन् ।
नेपालका धार्मिक समूहहरू एक आफ्नो धार्मिक पहिचान स्थापित गराउन चाहन्छन् । दोस्रो, धार्मिक सहिष्णुता र सद्भावना प्रकट गरेर आफूलाई नेपाल एक राष्ट्रका रूपमा उभ्याएर राष्ट्रको पहिचान दिन्छन् । सहिष्णुता एक धार्मिक र नागरिक मूल्य हो, यसभित्र नेपालका पार्टीहरू, बिचौलिया वर्ग र फण्डितहरू राजनीति अहिले गरिरहेका छन् । स्थापित मूल्यमान्यता र धार्मिक विश्वासमाथिको खिचातानीले समाज र राजनीतिलाई नै सही दिशातिर डो-याउन सक्दैन ।
हार्वर्ड विश्वविद्यालय र मिचिगन विश्वविद्यालयका प्राध्यापकहरू पिप्पा नोरिस र रोनाल्ड इन्गलहार्ट लेख्छन्; पुरानो धर्मको प्रकृति अध्ययन गर्न वेबर र डर्कहिमले एक शताब्दी अगाडि नै विचारहरू विकसित गरे, जसमा धर्मको अस्तित्वगत सुरक्षाको अनुभवले कसरी धर्मनिरपेक्षताको प्रक्रियालाई गतिशील गर्छ भन्ने कुरा बुझ्न नयाँ सैद्धान्तिक ढाँचाको विकास भयो । यहाँ प्रश्न के उठिरहेको छ भने, धर्मनिरपेक्षताको प्रक्रियाले दैनिक जीवनमा धर्मको भूमिकालाई कम गरिरहेको छ । संसारका प्रमुख धार्मिक विश्वासहरूले एक पुनरुत्थानको अनुभव गरिरहेका छन् वा छैनन् ? यही विषयहरूभित्र आज हामी पनि छौं, यहाँ धर्म, धर्म परिवर्तन : राजनीति, छुवाछूत, लैङ्गिक भेदभाव, मानव अधिकार, स्वतन्त्रता, लोकतान्त्रीकरण आदि केही फण्डितहरूको पैसो कमाउने बाटो बनेको छ । यसलाई निर्वाचनमा भोटर फकाउने हतियार आदि बनाउँदै आएको देखिरहेका छौं । यसलाई आज भोगिरहेका छौं, जुन गाउँगाउँमा चर्च, अभिवादनमा जय मुसीजस्ता शब्दहरू दैनिक जीवनमा सुनिरहेका छौं ।
यहाँ धर्म, संस्कार संस्कृति आदिजस्ता विषयहरूले राजनीतिमा एक गठ जोड्ने (कोहेसिभ बोन्ड) कार्य गरेको देखिन्छ । धर्म र राजनीतिले प्रभाव र कहीँकतै विवादहरू जन्माएका देखिन्छन् । जस्तै : निर्वाचनताका गुठियारहरूको भोज खाएर मत दिन जाने प्रस्ट उपत्यकामा देखिन्छ । यहाँ राजनीतिले मत प्रभावित पारिँदै छ । त्यसरी नै निर्वाचन पद्धतिको प्रजातन्त्रमा पहाडमा धामी, झाँक्री, पुरोहित, पण्डित आदि प्रयोग भएका देखिन्छन् । लेखकले गुम्दा, गोरखामा चर्च’bout विवाद गाउँमै देखेको छ । त्यहाँ दुई पक्षीय विवाद भएको थियो । यहाँ धर्म परिवर्तनको प्रक्रियामा विभिन्न संघ, संस्थाहरू प्रलोभन दिएर लाग्दा आएका विवादहरू हुन्, यसतर्फ सरकारको निगरानी जरुरी देखिन्छ ।
धर्म, पहिचान र राजनीतिमा जोडिन्छ, राम्रो उदाहरण उत्तरी आयरल्यान्ड देखिन्छ । उत्तरी आयरल्यान्डमा धार्मिकता छैन । यहाँ द्वन्द्व र युद्ध पनि हुनेछैन र कहिल्यै पनि हुनेछैन । यहाँ धेरै टिप्पणीकर्ताहरूले अनुमान गरेभन्दा धर्म बढी सामाजिक र राजनीतिक रूपमा महत्वपूर्ण छ । वास्तवमा धर्म द्वन्द्वका साथसाथै भर्खरको परिवर्तनको सामाजिक पहिचान र राजनीतिको केन्द्रीय विशेषता बनेको छ भनेर मिशेल क्लेयर, १९६९ मै अध्ययन गरेर लेख्छन् । अर्को विषय हामी इसाई र यहुदी सम्बन्धका व्यवहारहरू जर्मनीको हेर्दा धर्म पहिचानसँग यहुदीहरूको जोडिएको प्रस्ट देख्न सक्छौं । इसाई चिन्तनको फोहोर बोकेर नाजी विचारधाराभित्रको मिथक र रीतिथितिहरू यहुदीहरूमाथि थोपरियो, फ्राइडेन्डर शाउल सन् २००२ मै लेख्छन् । अर्को मुलुक अमेरिकातिर हेर्दा त्यहाँ गणतन्त्रको जन्मदेखि नै धर्म र राजनीतिलाई धेरै जसो समय छुट्टै क्षेत्रहरूमा सञ्चालन गरेका थिए । धार्मिक बहुलवादको मूल विशेषताले समाजमा जातीय कलहको डर रहेको थियो । संघीय धार्मिक स्थापनाको विरुद्ध कलहको डरले संवैधानिक अधिवेशनका प्रतिनिधिहरू चुनिएका थिए । वास्तवमा अमेरिकी क्रान्तिको एउटा असाधारण विशेषता भनेको चर्च र राज्यको विभाजन नै थियो (ल्याम्बर्ट फ्रान्क, २००८) ।
अमेरिकामै राष्ट्रपति पदका उम्मेदवारहरू र तिनीहरूका सहयोगीहरूले मतदाताहरूलाई परिचालन गर्न व्यापक धार्मिक अपिलहरू प्रयोग गर्छन् । यसको राम्रो उदाहरण अमेरिकी राष्ट्रपति चुनावमै जोन एफ केनेडीले क्याथोलिक वर्गको मत धर्मद्वारा प्रभावित पारेर राष्ट्रपति चुनाव जितेको देखिन्छ । यहाँ निक्सनकी छोरी जुली आफ्ना बाबुलाई प्रश्न गर्छिन्, यो राष्ट्रपतीय निर्वाचनमा किन मानिसहरूले हामीजस्तालाई र अन्य धर्म मान्नेहरूलाई भोट दिएनन् ? (कार्टी जे थोमस, २००४) अमेरिकाको हालसम्म भएका निर्वाचनहरूमा प्रत्यक्ष र अप्रत्यक्ष धर्मको प्रयोग, नस्लको प्रयोग भएको देखिन्छ । यिनै विषयहरूको अभ्यासले वाक्क भएर अमेरिकी राजनीतिक गणतन्त्रले प्रजातान्त्रिक राजनीति र राजनीतिक–धार्मिक बहुलबाद दुवैका लागि एक गतिशील रोकथाम गर्ने संरचना बनायो । यो संरचनाले राम्रोसँग काम गर्न सकेको देखिँदैन, किनकि पार्टी भनेको व्यक्तिहरूको समूह हो । व्यक्ति गएर धर्म, संस्कार अनि मातृत्वको गाँठोमा जोडिन्छ ।
त्यस्तै ठूलो प्रजातान्त्रिक मुलुकमा गनिएको भारतमा कुलीन शासकहरू मुस्लिमविरोधी भएर पाकिस्तानलाई शत्रु देखाएर सत्ता टिकाएका छन् । भारतीय प्रधानमन्त्री मोदी सोझै हिन्दुत्वको वकालत गर्छन् । धर्म र राजनीति विषय जुनसुकै मुलुकमा नस्ल, जातजाति, मानव अधिकार, सशक्तीकरण, स्वतन्त्रता, समृद्धि आदिजस्ता विषयहरू जोडिएर आएको सन् १९६० को नव उदारवादी संरचनाभित्र देखिन्छ । गरिबी, छुवाछूत र पछाडि पर्नुको कारण धर्म हो भन्ने भ्रम छर्ने कार्य नेपालमा गरी क्रिस्चियानिटीतर्फ आकर्षित गर्ने कार्य नेपालमा गरेको देखिन्छ । धर्मले प्रजातान्त्रिक पद्धतिका सबैजसो अवयवहरूमा आफ्नो प्रभुत्व र प्रभावकारिता देखाएको देखिन्छ । धेरै पेपरहरू खोतल्ने प्रयास गर्दा यो नवउदारवादी अर्थव्यवस्थाभित्र मानव अधिकार र मेरो स्वतन्त्रताका नाममा धर्म स्खलित भएको देखिन्छ । कट्टर मुस्लिम राष्ट्रहरूमा पनि अन्तर्राष्ट्रिय विचौलिया वर्गका गैरसरकारी संस्थाहरूको वकालतले धर्मनिरपेक्षता बढेको देखिन्छ । यसमा बहुसांस्कृतिक वाद त आयो तर व्यवस्थापनको पाटोमा राज्यहरू कमजोर हाम्रो जस्तै लथालिङ्ग अवस्थामा गुज्रिरहेको देखिन्छ ।
यहाँ सम्बन्धलाई लिएर हेर्ने हो भने धर्म र राजनीति बीचको महत्वपूर्ण सम्बन्ध छ । क्याथोलिक र इस्लामतर्फ हेर्ने हो भने आनुवंशिकतावाद (नातावाद) लैङ्गिक राजनीतिसँग जोडिएर आएको देखिन्छ । यहाँ, क्रिस्चियन डेमोक्र्याटिक अभिनेता र चिन्तकहरू २० औँ शताब्दीका धेरै महत्वपूर्ण राजनीतिक लडाइँहरूमा अग्रणी रहेका छन्, जसमा अन्तर्राष्ट्रिय मानव अधिकारको निर्माणदेखि युरोपियन एकीकरणको प्रक्रिया र उत्तर पश्चिम कल्याणकारी शासनको निर्माणदेखि लिएर ल्याटिन अमेरिकी विकास नीतिहरूसम्म बनाएका छन् (असेत्ति कार्लो इनभर्जी, २०१९) ।
यो पोस्ट मोडर्न (उत्तर आधुनिक) समयमा लिङ्ग, धर्म र राजनीति एकआपसमा जोडिएको देखिन्छ । प्रत्येकको आपसी सम्बन्धले दुईलाई निर्माण गर्छ । त्यसैले तिनीहरू पूर्ण रूपमा अलग हुन सक्दैनन् । आज हामीले आधुनिकता, यसका बहुआयामी प्रकृति साथै अन्तर्निहितका घटकहरूको अन्वेषण गर्ने विश्लेषणात्मक कार्यलाई अनुसन्धानको विषयवस्तु बनाई विविधता समेट्नु जरुरी भैसकेको अवस्था छ, जसभित्र हाम्रो बालविवाह, लैङ्गिक भेदभाव, छुवाछूत आउँछन् । त्यसैले यही हाम्रो कमजोरी समाएर अन्तर्राष्ट्रिय बिचौलिया वर्ग राष्ट्रिय र स्थानीय बिचौलिया बौद्धिक वर्ग समाएर गैरसरकारी संस्थामार्फत सामाजिक विखण्डनमा राजनीति गरिरहेको देखिन्छ । यसैलाई प्राथमिकतामा राख्दै सहयोगका नाममा सफ्ट पावरमा खेल्न विकसित मुलुकहरूले उद्देश्यमा विश्व निर्माण भन्दै समानता, समावेशीकरण र लैङ्गिक समानता आदि राख्छन् र यस क्षेत्रको भू–राजनीतिमा खेल्छन् । धेरै उदाहरणहरू हाम्रै मुलुकमा देखिइरहेका छन् । हाम्रो कमजोरीको विषयलाई हामी आफैं समाधानतिर लान सक्दैनौं र होइन भनेर बोल्न र लेख्न पनि सक्दैनौं । कारण, परम्परा र आर्थिक स्रोत तथा साधनको अभाव छ ।
फण्डितहरूको भूमिका
अर्को पाटोबाट विश्लेषण गर्दा, नागरिक धर्मले ‘राजनीतिक प्रक्रियाका लागि अतुलनीय लक्ष्य’ प्रदान गर्छ । राष्ट्रिय एकताका शक्तिशाली प्रतीकहरू उत्पन्न गर्छ । हामी विकसित मुलुकका विकसित संस्थाहरूले अनुसन्धान गरेर ल्याएका धर्म र राजनीतिको विषय, उद्देश्य र नाराहरूतर्फ कुद्यौं, तर आफ्ना घरभित्रका अभ्यास र व्यवहारलाई उपहास गर्छौं । समस्याको गाँठो यहाँ देखिन्छ । अर्को पाटो धर्म र राजनीतिलाई बसाइँसराइको आँखाबाट हामीले अध्ययन गरेनौं । प्राध्यापक धेरैजसो एकेडेमिक क्षेत्रको विकृति र फोहोरी खेल अध्ययन गर्ने हो भने विभिन्न धर्म बोकेर नेपाल छिरेका शरणार्थी, बाह्य मुलुकका अपराधी, भगुवा, सिकारीसम्मका व्यक्तिहरूलाई हामीले ‘भूमिपुत्र’ बनाउने कार्य ग¥यौं अनि राजनीतिमा बार्गेनिङ र लबियिङ शक्ति सिर्जना गरिदियौं । शिक्षा नीति बनाउन पुगेका फण्डितहरूले सत्य, तथ्य र वास्तविक तथ्याङ्क अध्ययन गर्छन् स्कुलदेखि नै नाबालकहरूले भनेर पाठ्यक्रममै नेपालको ऐतिहासिक, सामाजिक, आर्थिक, राजनीतिक भूगोल चिमोट्ने काम गरियो । आधारभूत भूगोलमा खुट्टो टेकिएपछि मात्रै राजनीतिक, आर्थिक र सामाजिक क्रियाकलापहरू हुने हुन् भन्ने तथ्य पूरै छोपियो ।
हामीले स्वार्थ सिद्ध गर्न, प्रोपोजल लेखेर दाताको उद्देश्यमा खेल्न र ठाडै पैसो खान सामान्यतिर होइन, जटिलतातिर मोडिदियौं । अर्कातर्फ विगत ३० वर्षका अनुभवहरूले राजनीतिको पहुँचमा पुग्नेहरू धर्म र लिङ्ग विषयहरूको सूक्ष्म छलफल प्रदान गर्न असमर्थ हुन्छन् भन्ने पनि देखियो । यिनीहरूको हेराइ बारम्बार धार्मिक महिलालाई पितृसत्तात्मक नियन्त्रण, शक्तिहीन र कमजोरको अधीनमा रहेको अनि त्यसैले विश्वव्यापी मुक्तिको आवश्यकताको रूपमा हेर्छन् । यिनीहरू आफ्नो भूगोल, परिवेश र परिधि केलाउने अनि समस्याको समाधान निकाल्ने परिवेश हेर्दैनन् ।
सानो रूपले हेर्दा ‘आमा, दिदी बैनी हो कति बस्छौं दासी भई ….’ गीत घन्काउनु । तर, घरमा छोरीहरू पढाउन तर्सिन्छन् वा छोरा र छोरीबीच विभेद गर्छन् । यसको अर्को उदाहरण हालै पत्रपत्रिकामा निस्किएका समाचारहरूमा मिटू, छुवाछूत, लैंगिक असमानता’bout लेखिएका विषयहरू अनि व्यावहारिकतामा र अभ्यासमा लेखिएका देवयानी राणा र सांसद कोमल ओलीप्रतिका नकारात्मक समाचार आफैं दाँजेर हेर्दा यी तथ्यहरू बोल्छन् ।
नेपालकै परिवेशमा घर, परिवार, व्यक्तिको सामाजिक परिधि, आर्थिक र सामाजिक पुँजी धर्म र राजनीतिसँग जोडिएको देखिन्छ । छुवाछूत त धर्मसँग टाँसिएको देखिन्छ । त्यसलाई भजाउने र राजनीतिसँग जोडेर स्वार्थ सिद्ध गर्नेहरूको बाहुल्यता सा-है धेरै प्रयोग गरेको भेटिन्छ ।
यहाँ नेपालकै यो बजार केन्द्रित आधुनिक राजनीति ( नवउदारवादी) मा धर्महरूको प्रकृति, राजनीतिक संस्कारको गतिशीलता र अर्कातर्फ धर्मको राजनीतीकरणलाई उजागर गर्न सक्छौं । अन्तर्राष्ट्रिय नायकहरू-बिचौलियाहरू र विभिन्न गैरसरकारी संस्थाहरूको उद्देश्य अनुकूल : पहिचान, छुवाछूत, सशक्तीकरण र भेदभावलाई राजनीतीकरण गरेर धर्मसँग लगेर जोडेको नेपालमा देखिन्छ । धर्मलाई राजनीतिले न्यायसङ्गत बनाउनु, वैधानिकतामा ल्याउनु, शक्तिको अदृश्यता समाउनु, परम्परागत सहमतीय आधारहरू समाउनु र यसको समस्याहरू केलाउनु र समाधानका उपायहरू सङ्कलित गरी कार्यान्वयनतर्फ लैजानु निकै जटिल विषय हो ।
नागरिक धर्मभित्रका नायकहरू र संस्थागत संरचनात्मक आधारहरू भत्काउन सजिलो छ लोकप्रियताका लागि, तर संस्थागत संरचना तयार गर्न वर्षौं लाग्छ । यो राजनीतिले मात्रै गर्न सक्दैन । यसभित्रका अवयवहरू खेलाउन सक्ने बुद्धि चाहिन्छ । यसरी भित्री धर्म र राजनीति संस्थागत संरचना भित्र गाँसिएको देखिन्छ । अहिले भनेको अध्ययनको युग हो, जहाँ राष्ट्रवाद, राजनीतिक अल्पमत, आर्थिक फाइदा, वैज्ञानिक विकास, सांस्कृतिक चासो र रणनीतिक चासोले धर्मलाई जित्न थालेको अवस्था हो । अहिलेको अवस्थाको पुस्तान्तरणमा धर्म, राजनीतिप्रतिको चासो र लगाव घट्न थाल्यो, तर नेपालमा उल्टो; जातजातिहरूमा खाडल धर्म र परम्परा, संस्कार र संस्कृतिबीच गहिरो बनाउँदै लाने; शासकीय व्यवस्थामै खाडल बनाउँदै लाने कार्य फण्डितहरूले गरिरहेको देखिन्छ । जसको प्रतिफल मुलुकमा अस्थिरता राखिराख्ने, बाह्य अमेरिका, भारत र अन्तर्राष्ट्रिय बिचौलियाको स्वार्थ अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्य नेपालमा देखिन्छ ।
धार्मिक र धर्मनिरपेक्षताका कलाकारहरूले राजनीतिक क्षेत्रमा प्रतिस्पर्धा गर्छन् । हिन्दू, बौद्ध, इस्लाम, इसाई, जैन आदि धर्म-धार्मिक समस्याभित्र धार्मिक स्वतन्त्रताका विषयहरू आउनुपर्ने हो । तर, यी विषयहरू राजनीतिक क्षेत्रमा बहस, छलफल र द्वन्द्व हुन्छन् । इस्लामिक धर्मभित्र नै पनि सोझो हिसाबले धर्ममा द्वन्द्व र लडाइँ भएको देखिँदैन, जस्तै : टर्कीमा कुर्द, तुर्क र सुन्नी मुस्लिम भाइचारामै रहेको देखिन्छ, तर जब राजनीति आउँछ उनीहरूबीच द्वन्द्व छ ( तुर्क म्यान गुले, २०२१) ।
धर्मनिरपेक्षताको पाटोबाट अध्ययन गर्दा धर्म’boutमा लामो समयदेखि भोग्दै आए पनि अचेत धर्मनिरपेक्ष धारणा यो आधुनिकतामा अघि स¥यो । स्टेसी गुटकोस्कीको बेलायतमा गरिएको अनुसन्धानले युद्ध र धर्मनिरपेक्षताबीचको सम्बन्धका ’boutमा महत्वपूर्ण निष्कर्ष निकाल्न सक्यो । यो अध्ययनले बितेको दशकको जिहादिज्मप्रतिको धारणा बाहिर ल्यायो । उनकै भाषामा इराक, अफगानिस्तान र आतङ्कवादविरोधी बेलायती नीतिहरूमा धर्मनिरपेक्षताको विश्वास, सोच र दृष्टिले युद्ध निम्त्यायो । उनले तर्क गरेर भनेकी छिन्; पुरानो प्राच्य विचार र इसाइ सांस्कृतिक सम्पदाको साथमा धर्मनिरपेक्षतामा बाँधिएको विश्वास, सोच अनि जान्नु न तान्नु अगाडि सर्नु प्रवृत्तिले इस्लामिक सामाजिक संरचनाहरूलाई गलत अर्थ लगाउन र महत्वपूर्ण गलत निर्णयहरू नीति बनाउनेहरू र राजनीतिक नेतृत्व वर्गले ग¥यो । यी इसाई भएर धर्मनिरपेक्षताको अर्धसोच र बुझाइ बोक्नेहरू इस्लामिक समाजको उखानटुक्का, स्थानीय लवज, बोली–भाषा, धार्मिक आदि सङ्केत तथा प्रतीकहरू बुझेनन्- बुझ्दैनन् । त्यसैले युद्ध र इस्लामिकहरूविरुद्ध कारबाही थोपरियो । अझै अर्को पाटोबाट उनी भन्छिन्; धर्मनिरपेक्ष बानीले इस्लाम राजनीतिलाई व्यावहारिक समर्थन पनि दिएको छ । यसले बहुसांस्कृतिकताका लागि अझ रचनात्मक दृष्टिकोणहरू उत्पन्न गरेको छ । यहाँ स्मरणीय विषय भर्खरै अमेरिकी राष्ट्रपति बाइडेन अमेरिकी सेनाहरू हार खाएर अफगानिस्तानबाट आफ्ना सेनाहरू फर्काउँदै छन् ।
हाम्रो मुलुकमा पनि धर्मको अर्थ वा रीतिथिति, संस्कार, प्रतीक, सिम्बोल नबुझ्ने धर्मनिरपेक्षताकै विद्वान् महाशयहरू लुगा फेरेर भात खाने, बिहानै नुहाउने, सफासुग्घर हुने, आयुर्वेदिक औषधि, जडीबुटी, मूर्तिपूजा गर्ने, कसैकी भइसकेकी छु भनेर सिन्दूर हाल्ने, टुप्पी राख्ने, हात धोएर खानेकुरा खाने, संसार तिम्रै हो भनेर प्रकाशलाई अर्घ र पानी चढाउने आदि विषयहरूमा विरोध गरेको देखिन्छ । यहाँ धर्ममै राजनीति घुसाएर ठाडो विरोध एकातर्फ देखिन्छ भने दोस्रो अर्काको प्रजातान्त्रिक अधिकार र स्वतन्त्रतामाथिको हस्तक्षेप देखिन्छ । नेपालकै प्रसङ्ग कोट्याउने हो भने धर्मनिरपेक्षको सोच बोक्ने दाताहरू बाहुनले सबै थिचोमिचो गरेको छ । यही वर्ग शासन गर्छ भन्ने महान् बौद्धिकता यिनका मगजमा गढेको देखिन्छ । यिनले जातजातिभित्रको डबल छुवाछूत पनि देखेका र जानेका छैनन् भने लँगौटी लाएर जीवन चलाउने बाहुनले चौँरी खर्कमा भेडा र बाख्रा चराएको देखेका छैनन् ।
शताब्दियौंदेखि नेपालको सांस्कृतिक सम्पदाको विकास भएको छ । यो बहुआयामिक विरासत (हेरिटेज) ले नेपालमा जात–जातीय, जनजाति र सामाजिक समूहहरूको विविधताले सीमित र अभिव्यक्त गरेको छ ।
नेपाल विविधता नै विविधता भएको मुलुक भएकाले विविधताभित्र एकता खोज्नु आवश्यक छ । संघीयताभित्र बनाइएका संस्थाहरूलाई चलायमान बनाएर धर्म मान्ने, धर्म नमान्ने र धर्म निरपेक्षहरूलाई सामान्य मूल्य र मान्यतामा हिँडाउनुपर्ने आवश्यकता देखिन्छ । नेपालको राजनीतिक आन्दोलनसँगै धर्म, अधर्म र धर्मनिरपेक्षका विषयहरूमा, २००७ साल, २०३६, २०४६ र २०६२-०६३ वर्षहरूमा अवधारणा, अभ्यास, सोच, दैनिकी सामाजिक जनजीवनमा प्रतिमान (प्याराडिग्म्स) बदलिएको देखिन्छ । यो अर्को अध्ययनको पाटो हो ।
हाम्रो क्षेत्रका विषयहरू कोट्याउँदा समाजशास्त्री हन्टिंग्टन शमूएल पीकै वर्गीकरणबाट बोल्ने हो भने पनि यो ब्रह्मको मैदान एक सभ्यताको रूपमा पहिचान गरिन्छ । उनले नै आठ सभ्यताहरूको पहिचान गर्दै पश्चिमी सांस्कृतिक प्रवेश अन्य मुलुकमा भएको र राजनीतिक प्रभुत्वले विश्वको अन्य भागहरूमा असन्तोष र द्वन्द्व निम्त्याएको लेखे । पश्चिमी संस्कृतिले धेरै धर्मनिरपेक्षताको वकालत गर्छ, सुषुप्त तरिकाले क्रिस्चियानिटी छिराउने र प्रभुत्व देखाउने उद्देश्य गरिब मुलुकहरूमा रहेको देखिन्छ । मुख्यतया प्रत्येक धर्मका आफ्ना मूल्य र मान्यताहरू छन् । धर्मलाई राजनीतिमा जोडेर र यससँग सम्बन्धित रीतिथिति, रिवाज, संस्कार, संस्कृतिलाई सफ्ट पावरको खेला बनाउनु अनावश्यक देखिन्छ । यो भनेको राज्य विभाजन र स्खलित गराउनु हो । त्यो कर्ममा आफूलाई नेपालको बौद्धिक हुँ भन्ने जमात लागेको देखिन्छ । सरकारले धर्म परिवर्तन गराउने कर्ममा लागेका संस्थाहरूलाई नियन्त्रण र रोकथाम गर्नुपर्छ । मुलुकका औपचारिक र अनौपचारिक धार्मिक संस्थाहरू जस्तै; गुठी, मन्दिर, चर्च, मस्जिद आदिहरूको संरक्षण गर्नुपर्छ । धार्मिक क्षेत्र होस् वा राजनीतिक क्षेत्र; त्यसप्रति ‘विश्वास’ जगाउनु आजको आवश्यकता देखिन्छ । त्यसबाट मात्रै आर्थिक वृद्धि र समृद्धिको पाइलाको सुरुवात हुने बुझ्न आवश्यक छ ।
अहिले सशक्तीकरण, छुवाछूतका नाममा, लैङ्गिक समानताको नाममा भइरहेको दुरुपयोग रोक्दै बहुसांस्कृतिक वादको व्यवस्थापन कसरी गर्न सकिन्छ, अध्ययन र अनुसन्धान गर्दै नीति बनाउन जरुरी देखिन्छ । धर्म, धर्मनिरपेक्षता र अधर्मी सम्बन्धमा उठेका द्वन्द्वका विषयहरूलाई विभिन्न आयोगहरू र स्थानीय सरकारमार्फत समाधान गरिनुपर्छ । यहाँ छुवाछूत, सशक्तीकरण र लैङ्गिक समानताका विषयहरूमा कस्ता नीतिहरू स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारमा बनाउने’bout अध्ययन र अनुसन्धान गर्नुपर्ने आयोगहरू गैरसरकारी संस्थाको विज्ञापन र उनीहरूको प्रचारप्रसारमा लागेको एक महिला आयोग नै देखिन्छ ।
मूलतः धर्मले प्रत्येक व्यक्तिको दैनिक जीवन प्रक्रियालाई र उसको व्यक्तिगत दैनिकीलाई एक बाटोतिर डो-र्याइरहेको हुन्छ भन्ने विषय भुल्न हुँदैन । हिन्दूबाट क्रिस्चियन बनेर धर्म परिवर्तन गरेका व्यक्ति नै भूकम्प आएका बेला ज्यान जोगाउँदै किच्न लागेको घरबाट भाग्दा अनायास, अकस्मात् ‘हे राम….’ भन्दै भाग्नुले उसको मातृत्वको गाँठोमा उसको धर्म जोडिएको इङ्गित गर्छ । उसलाई पछि परिवर्तन गरेको धर्मले काल आउने बेलामा काम दिएन, त्यो मात्रै व्यापारिक प्रयोजन भयो भन्ने देखाउँछ । मानवीय जीवन धर्म र राजनीतिसँग जोडिएको छ, त्यसमा फाइदा लिन सुषुप्त अवस्थामा रहेको राजनीतिलाई उत्तेजनात्मक रूपले अगाडि सारिन्छ । त्यसैले धर्म र राजनीतिको ठूलो गाँठो छ ।
अन्त्यमा, इमानदारीका साथ यस मुलुकलाई स्थिरतातिर लैजाने हो भने नेपालको सन्दर्भमा यो राजनीतिक ढाँचा, प्रशासनिक ढाँचा र आर्थिक ढाँचा तथा धर्म, धर्मनिरपेक्षता’bout अध्ययन, अनुसन्धान र बहस साथै छलफल गरी पुनर्संरचना गर्न अत्यावश्यक छ भन्ने भोगाइ र अभ्यासले बताएको छ । धार्मिक विभिन्नता, धारणा, परम्परा र बानीमा प्रतिविम्बित हुन्छ । जस्तै : विवाह, व्रतबन्ध, चाडपर्व र वेशभूषा आदिमा— यो धार्मिक रूपान्तरण गर्नु भनेको धेरै दुर्लभ विषयवस्तु हो । राजनीतिले, स्वार्थले धार्मिक धारणा, परम्परा र बानीमा आक्रमण गरिरहेको फिटिक्कै राम्रो होइन । हामीले हाम्रो आधारभूत भूगोलमा बसेर सबै समस्याको आफैं समाधान गर्नबाहेक विकल्पहरू छैनन् । 


स्रोत : श्रावण ११, २०७८ सोमबार: कारोबार दैनिकमा प्रकाशित
लेखका अन्य विचार पढ्न यहाँ तल क्लिक गर्नुहोस।
https://bhairebinod.wordpress.com/ 

No comments:

Post a Comment