26.1.22

पुनर्जागरण अभियान

इतिहासकाे सवैभन्दा राम्राे र जटिल समयमा हामी उभिरहेका छौं । याे समय युगौं पछि प्राप्त भएकाे छ | जहाँ विज्ञान, प्रविधि, धर्म र सहृदयता एकै स्थानमा सुसंयाेजन गर्ने आत्यन्तै ठुलाे जिम्मेवारी छ र माैका पनि हाे | हामी स्वक्रियात्मक भएर आ-आफैले सबै क्षेत्रबाट जति सकेको मुठी दान, समय दान, प्रविधि दान, विवेक दान, ज्ञान दान र अर्थ दान जे-जे सकिन्छ सबैले सक्ने दान गरौँ । 

याे हाम्राे इतिहास लेख्ने समय हाे । भविष्यका सन्ततिहरुलाई जवाफ दिन केहि गर्नु अत्यन्तै आवश्यक  छ । हामी सबैले आफ्नो कर्तव्य पुर्ण निष्ठापुर्वक स्वक्रियात्मक भएर निर्वाह गरौं । नेपालको परिप्रेक्ष्यमा, आधुनिकता र पुनर्जागरण दुवैलाई सँगसँगै अवलम्बन गर्ने प्रवृत्ति पृथ्वीनारायण शाहमा देखिन्छ । भीमसेन थापाले फ्रान्सेली पद्धतिको सिको गरी सेनाको पुनः संरचना गर्न खोजे । जब्गबहादुर राणाले बेलायत र फ्रान्सको यात्रापछि छापाखाना लगायतका विभिन्न प्रविधि भित्र्याए र नेपोलियन कोडको ढाँचामा मुलुकी ऐन बनाउन लगाए |

देवशमशेरले जापानी ढाँचामा विकासको योजना गर्न खोजे र राणाशासनको समयमा दरबार स्कूल खोल्ने आदि कार्यहरू आधुनिकीकरणका प्रयत्न अवश्यै हुन् । तर ती सबैका कार्यहरूमा पुनर्जागरण सचेतना पटक्कै थिएन । हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटा चाहिँ पुनर्जागरणमा आधारित आधुनिकताकै पक्षमा देखिन्छन् । तर, वीपी कोइराला वा पुष्पलालको कुरा गर्ने हो भने उनीहरूको आधुनिकताको ढाँचा नेपालको पुनर्जागरणमा आधारित आधुनिकता होइन । राजा वीरेन्द्रको आधुनिकताको ढाँचा पनि नेपालको पुनर्जागरणमा आधारित आधुनिकता होइन ।
अन्यत्रको इतिहास हेर्दा, इटाली, जर्मनी, बेलायत, फ्रान्स आदि युरोपेली देशले उनीहरूका सभ्यताको इतिहासमा अन्धकार युगबाट पुनर्जागरण युग हुँदै ज्ञानोद्दीपन (प्रबोध) युग र आधुनिक युगमा प्रवेश गर्ने क्रममा आफ्नै प्रकारको मान्यता, पद्धति, ढाँचा विकास गरे । तिनीहरूका हकमा पुनर्जागरण र आधुनिकताअन्योन्याश्रित परिघटनाहरू रहे । तर, संसारका कैयौँ देशहरूमा जुन आधुनिकीकरण एवं आधुनिकताको अभ्यास, प्रक्रिया, परिघटना घटित भयो, त्यो उनीहरूको मौलिक प्रतिमान अनुसारको, पुनर्जागरण सचेतनामा आधारित थिएन । आधुनिकता, आधुनिकीकरण, विकास भनेर युरोपेली–अमेरिकी प्रतिमानको विस्तार, विजय, प्रभुत्व भयो धेरै देशहरूमा । हाम्रा छिमेकी देशहरू इन्डिया र चाइनामा पनि धेरै समय पुनर्जागरणरहित आधुनिकता नै प्राथमिकता रहेको थियो । हालसालै मात्र त हो. इन्डिया र चाइनामा पुनर्जागरणको संकथनको मूलप्रवाहीकरण हुन थालेको । पुनर्जागरणको लागि आधुनिकता अनिवार्य तत्त्व हो, तर आधुनिकताका
लागि पुनर्जागरण अनिवार्य तत्त्व होइन रहेछ भन्ने तथ्य धेरै देशहरूको उदाहरणबाट उजागर हुन्छ । आधुनिकताको बाटो दुवैतिरबाट पक्डिन सकिन्छ :—
पुनर्जागरणको उज्यालोलाई स्वीकारेर, अथवा बाह्य (पराई) प्रतिमानलाई अँगालेर ।
उक्त दुई थरी आधुनिकतामध्ये हामीलाई चाहिएको चाहिँ पुनर्जागरणमा आधारित आधुनिकता हो ।

पुनर्जागरणको विशेषता नै हो कि प्राचीन समयको कुनै कालखण्डबाट केही
उज्यालो, अनुकरणीय, आदर्श उदाहरण वा प्रतिमान लिइन्छ र वर्तमानका साथसाथै भविष्यका लागि समेत उपयोगी प्रतिमान, सिद्धान्त, ढाँचा अभिनिर्माण गरिन्छ । तब न पुनर्जागरण र आधुनिकताको अन्योन्याश्रित सम्बन्धको कुरा गर्नु सार्थक हुन जान्छ ।
वास्तवमा, पुनर्जागरणमा आधारित आधुनिकता नै स्थितिगत्यात्मकताको कसीमा सर्वोत्तम ठहरिन्छ । हाम्रो आधुनिक चिन्तन र व्यवहार, आधुनिकता, आधुनिकीकरणको जरो र किलो हाम्रै सभ्यता, संस्कृति, इतिहासमा रहोस् । पुनर्जागरण रहित, पराइ प्रतिमानमा आधारित, जरो किलो नेपालमा नभएको आधुनिकताको धार त नेपालमा उहिल्यैदेखि विद्यमान छ र वर्तमान नेपालमा कपूतन्त्रको धार हो त्यो । कपूतन्त्रले चाहेको आधुनिकता होइन हाम्रो अभीष्ट । हाम्रो अभीष्ट त पुनर्जागरणद्वारा अभिनिर्मित, पुनर्जागरण सचेतनाद्वारा दिग्दर्शित, मौलिक रैथाने प्रतिमानमा आधारित आधुनिकता पो हो ।
अर्को पाटो पनि नछोडौँ । आधुनिकतारहित भएर कसैले पुनर्जागरणको कुरागर्यो  भने त्यो वास्तवमा पुनर्जागरण होइन, फगत् गफ हो । बुद्धिविलास ! त्यो काम लाग्दैन । आधुनिकतालाई आत्मसात् गर्न नसकेकाहरूले पुनर्जागरणको नाराबाजीको मुखौटो लगाएर अतीतजीवी, जडसूत्रवादी, कूपमण्डूकतावादी, प्रतिक्रियावादी कार्यसूची (एजेन्डा) बोकिरहेका पो हुन् कि । यो सधैँ हेर्नुपर्ने, शंका गर्नुपर्ने, जाँच्नुपर्ने कुरा हो । पुनर्जागरणका नाममा भूतकाल, विगत, इतिहासका सबै चिजबिज रिठ्ठो नबिराई बोक्ने त होइन नि । फोहोरमैला, विकृति, विसंगति त देशज, स्थानीय, आफ्नै भए तापनि त्याग्नुपर्छ ।

वृत्तं यत्नेन संरक्षेत् वित्तं आयाति याति च ।
अक्षीणो वित्ततः क्षीणो वृत्तस्तस्तु हतोहतः ।।
स्वभावलाई यत्नसाथ सुरक्षा गरौँ, धन त  आउँछ र जान्छ पनि । धनको विनाश हुँदा केही बिग्रिँदैन तर चरित्र बिग्रियो भने मरेकै समान हुन्छ ।

देश विग्रन धेरै समय लाग्दैन सपार्न वर्षौं लाग्छ | इतिहास हेर्यो भने गौरव मात्रै हुन्छ | जहाँ नुन देखि सुन सम्म सम्पन्न थियो | जस्तैः अन्नमा, अर्थतन्त्रमा, शिक्षामा, राजनीतिमा, कुटनीतिमा, सहृदयतामा आदि-आदि |

हामीले रोजेको बाटो कठीन छ, सत्य, समानानुभुति, प्रेम, दया, सहयोग , सहृदयता, विवेक आदिको भाषण होइन, व्यवहार गर्नुपर्ने छ | आफ्नो र आफ्नो समाजको विकासको लागि समानान्तर खट्नुपर्ने छ | यो बाटोमा न आफुले आफैलाई ढाट्नेहरू हिड्न सक्ने छन्,  न अरूलाई ठग्नेहरू नै हिंड्न सक्ने छन् | यहाँ अर्काको निन्दा तथा शिकायतका लागि कुनै ठाउँ हुनेछैन |
यो बाटोमा हिड्नेले सत्यसँग विश्वासघात नगर्ने वचन आफैलाई दिनुपर्छ | व्यक्तिको सम्मानका लागि आफ्नो सम्मान त्याग्ने हिम्मत गर्नुपर्छ | यहाँ त्याग हुन्छ तर त्यागीले समाज छोडेर हिड्न सक्दैन | त्यागको प्रमाण समाज मै रहेर गर्नुपर्छ | हामीले  रोजेको बाटो सन्यासीको होइन न त बुद्धको नै हो | यो कर्मको बाटो हो कर्मत्यागको बाटो पटक्कै होइन |


हामीले हाम्रो  जरोकिलो, मौलिकता तथा इतिहासको कदर गर्न सक्ने र पिछलग्गु बन्न   न चाहनेहरुको  लागि पुनर्जागरणको  बाटोले स्वागत गर्छ | सत्य तीतो, तीखो र अत्यन्त प्रभावकारी औषधि पिउन आँट नगर्नेहरूका लागि “जरोकिलो” विष सरह हो | यो पटक्कै पच्ने छैन तर सत्यको बाटो रोज्नेहरूका लागि यो अमृतपथ हो, अजेयपथ हो |
हामीले रोजेको नेपालको पुनर्जागरणको  बाटो ठीक छ किनभने यो विवेकशील रोजाई हो हो | यो आरम्भमा विषझैं देखिए पनि यसको अन्त्यमा अमृत छ | हामी  कसैको नक्कल होइन, कसैको प्रभाव होइन | हामी देखेको पुनर्जागरण प्राचीनमा प्राचीनतम् र नवीनमा नवीनतम् पथ हो | 

नेपालमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहले शुरु गरेको वास्तविक पुनर्जागरणको यात्रालाई जरोकिलो महाअभियानले पुन: स्थितिगत्यात्मक भएर अगाडि सारेको हो | जरोकिलोको यात्रा युगद्रष्ट्रा गुरु डा. निर्मलमणि अधिकारीको आव्हान, संकल्प बाट स्थापना भएको हो | जरोकिलो आजको अवस्थामा आउँदा हजारौं राष्ट्रप्रेमी नेपालीको साझा घर बनेको छ | यो घरमा सारा नेपालीलाई स्वागत छ | हामी सबै मिलेर राष्ट्रको पुनर्जागरण गर्न अग्रणी बनौं |

(स्रोत:- जरोकिलो सत्संग – राजन लोहनी)

सनातन चौतारीले साँस्कृतिक पुनर्जागरण अभियान अन्तर्गत सुसुचित अभियान चलाईरहेको छ। तपाईहरु पनि जोडीन सक्नु हुनेछ। 

#नेपालकोसभ्यता #नेपालकोपुनर्जागरण #सनातनचौतारी #प्राचिननेपाल #HistoryOfNepal #Oldnationoftheworld #OldnationNepal #NepalG. Edward #Fossil-of-Nepal


#नेपालकोसभ्यता #नेपालकोपुनर्जागरण #सनातनचौतारी #प्राचिननेपाल  #चौतारी संरक्षण #नेपालमा बरपिपल चौतारी



#नेपालकोसभ्यता #नेपालकोपुनर्जागरण #सनातनचौतारी #प्राचिननेपाल #नेपालमा बौद्ध शिक्षा #NepaliCulture #NepaliHistory #SanatanDharmaNepal #BuddhaiWasBornInNepal #OldestUniversity #OldestBuddhistUniversity



नेपालको शहिहरु #NealiMovement #MartyrOfNepal #NepaliMartyr #Nepal #Martye #SanatanChautari
#CulturalRevolution

#Veda&Science #VedaVSScience #HinduScience #VEDA&Hindu #SanatanChautari #SanatanVEDA #बैदिकविज्ञान #वेदविज्ञान


#Esterphilosophy #EasterKnowledge #EAST&West #NepaliTemple #NepalTradition #NepaliCulture
#TempleCultureOFNepal #SanatanDharma 


#Temple&ThunderstormConnection #Lightining&TempleConnection #LightiningTemple #HowTempleSaveLightining #HowTempleAbsorbLightining #LightiningVSTeple #NepaliChautari&Temple #TempleLightining&ChautariRelation










No comments:

Post a Comment