30.8.21

बोरोबुद्दुर : बिनाव्याख्या

सौरभ:- १. बोरोबुद्दुरको अर्थ के हो भन्ने अहिलेसम्म थाहा पाइएको छैन (नेट) । बोरोबुद्दुरको सोझो नेपाली अर्थ हुन्छ— बडाबुद्ध । बोरोबुद्दुर इन्डोनेसियास्थित एक बौद्ध तीर्थस्थल हो । यहाँ निर्मित छन् बौद्ध चैत्यहरू । आयाताकार ठूलो छ ।२. बोरोबुद्दुरका चार कुनामा मकरधारा छन् । मकरधाराको उत्पत्ति नेपालमा भएको हो । (हेरे हुन्छ- नलेखिएको एउटा लेखोट –असंगति ।) 

३. बोरोबुद्दुरमा नेपालका मन्दिरहरूमा हुनेजस्तै दिक्पाल छन् । दिक्पालहरू प्रायः सिंहरूपी हुन्छन् । तिनमा एउटा सिंह हुन्छ, एउटा सिंहिनी ।
४. बोरोबुद्दुर नेपालको मण्डला शैलीमा निर्मित छ । मण्डला शैलीको सबैभन्दा राम्रो नमुना बौद्धस्थित स्तूपा हो ।
५. बोरोबुद्दुर २५ सय स्क्वायर मिटर आयातको छ, जसमा एक वर्गमिटर बराबर चार मानिसको दरले १० हजार मानिस अट्छन् ।
कैलाशकूटको माथिल्लो तलामा वाङ हुयनत्सेको सातौं शताब्दीको भनाइअनुसार दस हजार मानिस अट्थे । उचाइ र आयातको प्रेरणा त्यतिबेलाको सर्वाकर्षक कैलाशकूटबाट लिइएको देखिन्छ ।
६. बोरोबुद्दुर इस्वीको ८०० मा निर्माण गरेको मानिएको छ । तर, सन् ८ सय हचुवाको निर्णय हो । यसमा अझै विवाद छ ।

कैलाशकूट इस्वीको ७औं शताब्दीमा निर्माण भएको मानिएको छ । दुवैका तह संख्या तीन हुन आउँछन्, देखिएको र अनुमान गरिएको गरी ।
७. बोरोबुद्दुरको चैत्य घण्टी (तल्लो भाग) मा माथि र तल चुच्चो भएका घण्टी र प्वाल कुँदिएका छन् । जम्मा ७२ प्वाल परेका चैत्य छन् । जो नेपाली आँखिझ्याल शैलीकै अनुसारका छन् । बज्रयानमा ९ शुभ अंक हो । अष्टमंगलको चलन छ .७२ हुन्छ ।
८. बोरोबुद्दुरका स्तूप ठ्याक्कै नेपाली घण्टीका आकारमा कुँदिएका छन् । सीमापारिका घण्टी र नेपाली घण्टी बनोट मिल्दैनन्, ती फरक हुन्छन् । आजभोलि पुराना मन्दिरमा पारितिरका प्रशस्तै घण्टी देखिन्छन् ट्युनिङ नमिलेका र फलाम मिसाइएका । रुचि हुनेहरूले तुलना गरी त्यहीं हेरे हुन्छ ।
९. ढुंगाको पूर्ण प्रयोग छ । नेपालका चैत्यहरू पनि प्रस्तरकै बनाइन्छन् । खासगरी पाटन जिल्लामा यस्ता चैत्यहरू जति भने पनि देख्न सकिन्छ ।
१०.प्रस्तरद्वारको छाना पगोडाकारको छ, नेपाली छानोजस्तै । प्यागोडाकार नेपालको हो । र, यतैबाट उत्तर लागेको हो भन्नेबारे प्रशस्तै लेखिसकिएको छ ।
११.छानो बीचमा छेप्व छ । छेप्व नेपाली द्वारकै बीचमा हुन्छ । छेप्वको एउटा ठूलो नमुना नयाँसडकको ढोकामा देखिन्छ ।
१२.बुद्ध जन्म चित्रित प्यानेलमा मायादेवीले रूखको हाँगो समातेको शैली ठ्याक्कै सालभञ्जिका शैली हो । नेपालकै हो । मायादेवीको लुम्बिनीस्थित सोही शैलीको मूर्ति निरीक्षण गर्नलाई आठौं शताब्दीका कलाकार नेपाली नभएर इन्डोनेसियन वा भारतीय हुन सक्दैन ।
१३.ताराले चमर बोकेकी छन् । तिब्बती वा भारतीय अष्टमंगलमा चमर हुँदैन, नेपालीमा मात्रै हुन्छ । तिब्बतीमा धर्मचक्र हुन्छ ।
१४.व्याख्यामा, मायादेवीले प्लक्ष रूखको हाँगा समातेको बताइएको छ । लुम्बिनीमा त्यस्तो प्लक्ष (काब्रो) को रूख अद्यापि छ । ८२ फिट गोलाइको, कोटियामाई भनी पूजा गरिने र सो कोटियाको उल्लेख ललितविस्तरमा छ (नेट) ।
१५.पहिला चारपाटे ढुंगा एकमाथि अर्को राख्ने, अनि कुँद्ने चलन छ । यो एक दृष्टान्त हो । यो ठ्याक्कै नेपालकै चलन हो ।
१६.(गोपाल राजवंशावलीअनुसार शिवदेव (विसं ६६७–६८१) मा बौद्ध बने— ले अरू धेरै कुरा संकेत गर्छ ।) यो ठ्याक्कै मण्डलामाथि बसेको छ । बोरोबुद्दुरको कलाकारले यसैको विस्तृत अनुकरण गरेको छ ।
१७.बुद्ध मूर्तिहरू खोपामा राखिएका छन् । खोपाको देउता, क्वपा द्यो नेवारहरूको चलन हो । कैयन् पुराना भवनहरूमा देउतै नराखे पनि खाली खोपाहरू पनि हुन्छन् । यो एक विशेषता हो नेपाली वास्तुको ।
१८.रक्षक सिंहले दायाँ खुट्टा उठाएको छ । नेपालको मानांकमा ठ्याक्कै त्यस्तै छ, सिंहले दाहिने खुट्टा उठाएको छ ।
१९.यसमा जोर्नीमा दाँतीले बाँध्ने प्रविधिको प्रयोग छ । जो नेपालमा खासगरी सिकर्मीहरूको प्रविधि हो । यसलाई अंग्रेजीमा ‘लक’ भन्ने चलन छ ।
२०.बज्रलेपको प्रयोग भएको अनुमान छ । पुरानो ढाँचाले घर बनाउँदा १९ औं शताब्दीसम्म पनि नेपालमा बज्रलेपको प्रयोग हुँदै थियो ।
२१.यो स्तूपको नाममा मन्दिर हो भन्ने मानिएको छ । नेपालमा बौद्ध मन्दिरहरू स्तूप मात्र हुँदैनन् पनि ।
२२.कमलको पत्रदल तल–माथि दुवैतिर हुने चलन नेपालकै हो ।
२३.स्तूपमा आयुध (हातहतियार) हुने चलन नेपालकै हो । यसो भन्दा धेरैलाई पत्यार लाग्दैन । तर, लुम्बिनीका स्तूप उत्खननपछि जगमा भेटिएका सामग्रीको तस्बिर हेरे हुन्छ ।
२४.ढुंगाको काम पाटनकाहरूले गर्छन् ।
२५.स्थानीयहरू बोरोबुद्दुर र जाभा– बोरोबुद्दुरबीचको एक मन्दिरलाई नेपालका गुणधर्मले बनाएका भन्दछन् पनि । मन्दिरका बारेमा पुरानो ‘हिमाल’ मै त्यस्तो भनाइ छापिएको छ–
अरनिको झैं विदेशमा गएर आफ्नो कलाको प्रदर्शन गर्ने नेपाली शिल्पकारहरूमा आक्कलझुक्कल गुणधर्मको नाम पनि आउँछ । उनले आठौं शताब्दीमा इन्डोनेसियाको प्रसिद्ध र विशाल बोरोबुद्दुर बनाएको हुन सक्छ भनेर स्व. स्वयम्भूलाल श्रेष्ठले एक लेखमा भारतीय लेखक हरिनन्दन ठाकुरको किताब ‘धर्ती के चारों ओर’ को उद्धरण दिँदै लेखेका थिए । त्यस किताबमा गुणधर्म नेपालकै कलाकार थिए भनिएको छ (पेज ९, हिमाल, कात्तिक–मंसिर २०५३) प्रकाशित : भाद्र २०, २०७७ १२:०२





No comments:

Post a Comment