25.8.21

मेरो बुबा अर्थात् नयराज पन्त

डा. महेशराज पन्त:-  हाम्रा बा (कुशे औँसी विशेष) बाबुको मुख हेर्ने दिन अर्थात् कुशे औँसीको अवसर पारेर त्यसको अघिल्लो दिन, अब आउने शनिबार भदौ २३ गते विशिष्ट मानिसहरूका छोरा–छोरीलाई उनीहरूका बाबुको विषयमा लेखाउने विचार हामीले गरेका छौँ, नयराज पन्तको विषयमा छोराको नाताले तपाईँले लेख्नुपर्‍यो भनी दैनिक ‘अन्नपूर्ण पोस्ट्’को हरेक शनिबार छापिने परिशिष्ट ‘फुर्सद’का संयोजक दीपक सापकोटाले केही दिनअगाडि मलाई भत्रुभयो। 

मलाई आफ्नो वा आफन्तको बारे लेख्न निकै गाह्रो लाग्छ। यसमा दुइवटा कारण छन्।मुख्य कारणमध्ये एउटा त आफ्नो वा आफन्तको विषयमा लेख्दा प्रशंसै प्रशंसा मात्र गर्ने परिपाटीमा मेरो श्रद्धा छैन, अर्कोचाहिँ मोहनदास करमचन्द गान्धी (वि.सं. १९२६–२००४)मा जस्तो आफ्नो वा आफन्तको विषयमा लेख्दा सत्यको पूरापूर प्रयोग गर्न सक्ने आत्मबल पनि ममा छैन। त्यसमाथि, मलाई के लाग्छ भने आफ्नो वा आफन्तको बारे मान्छेले तब मात्र लेख्छ, जब अरू कुरा लेख्ने क्षमता उसको रित्तिसकेको हुन्छ। दिनहुँ नयाँ नयाँ विचार मेरो दिमागमा उब्जिरहने हुनाले आत्मकथा वा आत्मीयका कथा लेख्न म भ्याउँदिनँ। हुन त मैले नयराज पन्त (वि.सं. १९७०–२०५९)को विषयमा पुस्तकै लेखेको छु। तर, त्यस पुस्तकमा मैले बाबुको रूपमा होइन कि विद्वानको रूपमा उहाँलाई देखाएको छु।
दीपकजीले जोड गर्नुभएकोले र १५ महीना यतादेखि ‘अन्नपूर्ण पोस्ट्’को ‘फुर्सद’मा मेरा लेख छापिँदै आएकाले मैले उहाँलाई हार्न सकिनँ र यस लेखले जन्म लियो। मलाई कता कता डर लागिरहेछ, कहीँ आफ्नो बाबुको विषयमा बढाइचढाई गरी लेखेँ कि अथवा छोराको हैसियतले लेख्न नहुने कुरा लेखेँ कि भनेर। जे होस्, लेखी त सकेँ, जे पर्ला पर्ला।
नयराज पन्तलाई आफ्नो बुबाभन्दा पनि बढी बीसौँ शताब्दीमा जन्मेका अब्बल राष्ट्रवादी नेपालीको रूपमा मैले सम्झने गरेको छु। बनारसमा ६ वर्ष जति बिताई त्यहाँबाट र कलकत्ताबाट उपाधि पाई फर्केपछि उहाँ फेरि फर्केर भारत कहिल्यै जानुभएन। संस्कृतविद्याका उपासक भारतभक्त हुने स्वयंसिद्ध नियमको उहाँ खास अपवाद हुनुहुन्थ्यो। आफ्नो प्राचीन विद्यासम्पत्तिलाई स्वतन्त्र भारतले शिक्षाको मूलधारमा ल्याउन नखोजेकोमा संस्कृतभाषाको आधारमा विद्या पढ्ने पढाउने प्रयोगात्मक उद्योग गर्दै आउनुभएको उहाँ भारतीय शासनपद्धतिसँग असन्तुष्ट हुनुहुन्थ्यो। त्यसैले उहाँ यस्तो लेख्न पुग्नुभयो—
‘मुसलमानहरूले भारतमा सैनिक शासन गरेका थिए। उनीहरूको मूल बल सैन्यबल नै थियो, तर व्यापार गर्न भारतमा आएका थोरै अङ्ग्रेजहरूले सैनिकबलले मात्र शासन गर्नु सम्भव थिएन। यस कारण मुसलमानले दबाएर राखेका हिन्दूहरूलाई केही सुविधा दिई मुसलमानको विरुद्ध भड्काएर आफ्नो अनुकूल बनाउने काम अङ्ग्रेजहरूले गरे। कमारामा विशेष विवेकबुद्धि हुँदैन, जसल मीठो खान दियो, मीठो कुरा बोल्यो, त्यसैलाई कमारो रोज्दछ। यस कारण ६ शय वर्षसम्म मुसलमानका अधीनमा रहेका हिन्दूहरूले नयाँ मालिक अङ्ग्रेजको केही खुकुलो व्यवहारलाई सहर्ष स्वीकार गरे। यस कारण भारतमा बथानका बथान हिन्दूहरू अङ्ग्रेजी भाषा रहनसहन लिई अङ्ग्रेजको कृपापात्र बने। यिनैका भरले अङ्ग्रेजले आफ्नो साम्राज्य बलियो पार्दै लगे। ज्यादाजसो धनी हिन्दूहरूमा यो प्रवृत्ति थियो।
मुसलमानको जमानामा फारसी पढी मुसलमानको चाकडी गरी धनमान कमाएका हिन्दूहरू अङ्ग्रेजी जमानामा अङ्ग्रेजी शिक्षाका अग्रदूत भए। दासताले आफ्नो प्राचीन परम्परा छोडिसकेका यी काला अङ्ग्रेजहरू संस्कृतविद्यादेखि विमुख थिए। पछि अङ्ग्रेजी शिक्षा पाउनेको संख्या बढ्ता भएकोले सरकारी नोकरी दुर्लभ हुन लाग्यो। यसैले यी काला अङ्ग्रेजहरू अङ्ग्रेजी साम्राज्यका विरोधी भएर निस्के। यिनीहरूकै बहुमतले भारतमा अङ्ग्रेजविरोधी आन्दोलन उठ्यो। विदेशीको वेष–भूषामा रही विदेशी साम्राज्यसँग मुकाबिला गर्छु भन्दा दुनियाँले नपत्याइदिने हुँदा यी काला अङ्ग्रेजहरू श्वेत–खद्दरधारी भई निस्के। सभामा गई गीताको व्याख्यान गरी भारतीय विद्याको महिमा बुझाउँछौँ भनी यिनीहरू भत्र लागे। परन्तु भारतीय विद्याको मूल स्रोत संस्कृतभाषादेखि विमुख भएका यिनीहरूको हातबाट संस्कृतविद्याको पुनरुद्धार हुनु असम्भव थियो। यसको परिणाम अरबी भाषामा शिक्षा पाएका मुसलमान राजनीतिज्ञका अगाडि यी श्वेत–खद्दरधारीले दब्नुपर्‍यो र मुसलमानले भारत टुक्र्याई अंश लिए।
यता हिन्दू कहलाएको भारतीय मूल मन्त्रिमण्डलमा अङ्ग्रेजभन्दा पनि राम्रो अङ्ग्रेजी लेख्ने बोल्ने जवाहरलाल नेहरूको नेतृत्वमा अङ्ग्रेजी भाषा बोल्न नसक्ने अरबी भाषाका पण्डित मौलाना आजादको हातमा भारतको शिक्षाको सूत्र रहिरहेको छ। संस्कृत पढी हिन्दू राजनीतिज्ञ बन्दैनन्, परन्तु अरबी फारसी पढी मुसलमानहरू राजनीतिज्ञ बन्दछन् भत्रे उदाहरण यही हो। यस कारण स्वतन्त्र भारतमा पनि संस्कृतले राजकीय आ श्रय पाउन सकेको छैन। परन्तु बहुसंख्यक जनतामा संस्कृतको प्रभाव छाएको हुनाले नेताहरू संस्कृतको खुलेआम निन्दा गर्न हच्कन्छन्। यस कारण संस्कृतका केही पण्डितहरूलाई बोलाई पेँडा दक्षिणा दिई आफ्नो आसन स्थिर पार्न चतुर नेताहरू लागेका देखिन्छन्।’ (‘हाम्रो उद्देश्य र कार्यप्रणाली’, खिलशर्म–राजीवलोचनजोशीस्मारक–प्रतिष्ठान, काठमाडौँ, २०५९, ८–९ पृ.)
यसै प्रसङ्गमा सम्झना आएको एउटा कुरा पनि भनिहालूँ। महाराष्ट्रकी क्षमा राव (वि.सं. १९४१–२०११)ले संस्कृतमा निकै काव्य, कथा र नाटक लेखेकी छिन्। वि.सं. २०१६ देखि २०२१ सम्म भारतका दूत भई नेपाल आएका हरीश्वर दयालकी उनी सासू रहिछिन्। भारत र नेपाललाई जोड्ने सेतुमध्ये मुख्य संस्कृतवाङ्मय पनि भएकोले हरीश्वर दयाल आफ्नी सासूले संस्कृतमा लेखेका नाटक संस्कृतमै भारतीय दूतावासमा बराबर खेलाउँथे। ती नाटक हेर्न दूतावासद्वारा आमन्त्रित विद्वान्हरूमा बुबा पनि पर्नुहुन्थ्यो। त्यसको लागि निमन्त्रणापत्र संस्कृतभाषामै छापिएका हुन्थे। तर त्यस्ता निमन्त्रणापत्रमा सामान्य अशुद्धि पनि पर्ने गरेकाले उहाँले यस्तो लेख्नुभएको थियो—
‘संस्कृतभाषा नेपालको मात्र नभई भारतको समेत हो। तर धेरै कालदेखि विदेशी भाषाको चमक–दमकमा परेका भारतका ठूला मनुष्यहरूले आफ्नो देशको गौरवस्वरूप भएको संस्कृतभाषाको वास्तव महत्त्व बुझ्न नसके जस्तो मलाई लाग्छ। नेपालस्थित भारतीय राजदूतावासबाट संस्कृतभाषामा छापी बाँडिएका निमन्त्रणापत्रमा सामान्य विद्यार्थीले पनि गर्न नहुने अशुद्धि वारंवार दोहरिएकाले मैले यसो भत्रुपरेको हो।’ (‘विद्या–रक्षा’ ५ संख्या, संशोधन–मण्डल, २०१८, २ पृ.)
दूतावासहरूको निम्तामा उहाँ जानुहुन्थेन। भारतीय दूतावासमा कल्चरल अट्याशे भएर कवि शिवमङ्गल सिंह सुमन (वि.सं. १९७२–२०५९) धेरै वर्ष बसे। नेपालका लेखक कवि साहित्यिकहरूसँग उनको बाक्लो उठबस हुन्थ्यो। बुबासँग पनि उनले उठबस गर्न खोजेका थिए, तर उहाँले टेरपुच्छर लगाउनुभएन।
‘आठ शय वर्षदेखि दासतामा रहेका भारतीयहरूमा संस्कृतको अभ्यास गर्नेहरूमा दानेहरूकै बाहुल्य छ। दानेहरूमा प्रायः गहिरो राजनीतिचेतना हुँदैन।’ (‘हाम्रो उद्देश्य र कार्यप्रणाली’, ८–९ पृ.) भनी बुबाले एक ठाउँमा लेख्नुभए जस्तै, संस्कृतविद्या भारत र नेपालको साझा दाय भएकोले संस्कृतविद्याका उपासकहरू भारतीय दूतावासले छरेको चारोमा वारंवार भुल्ने गरेको अझै देखिँदैछ।
बुबासँग बाबुको रूपमा भन्दा गुरुको रूपमा मेरो बढी सम्बन्ध थियो कि जस्तो अहिले मलाई लाग्छ। हजुर मलाई बोक्नुहोस्, हजुरलाई म राजा भन्छु भनी तैँले सानोमा मलाई भनेको थिइस् भनी मलाई बराबर बुबा सुनाउनुहुन्थ्यो।
भारतसँग कुनै प्रकारको सम्बन्ध नराख्नुको खास कारण त सिमाना जोडिएको मुलुकले कहिले पनि हाम्रो हित गर्दैन भत्रे राजनीतिको सिद्धान्तमा उहाँको दृढ विश्वास हुनु नै हो भत्रे मलाई लाग्छ।
आफ्ना पूर्वज पृथ्वीनारायण शाह (वि.सं. १७७९–१८३१, राज्यकाल वि.सं. १७९९–१८३१), प्रतापसिंह शाह (वि.सं. १८०६–१८३४, राज्यकाल वि.सं. १८३१–१८३४) र रणबहादुर शाह (वि.सं. १८३२–१८६३, राज्यकाल वि.सं. १८३४–१८५५)ले आफ्ना भाइहरूलाई राजकाजमा हात हाल्न दिएकाले गृहकलह भएको कुरा चतुर राजा महेन्द्र (वि.सं. १९७७–२०२८, राज्यकाल वि.सं. २०११–२०२८)ले नबुझ्ने कुरै थिएन। यसैले उनले भाइहरूलाई राजकाजमा हुलेनन्। तर राज्यले तोकेको तलबबाट मात्र चित्त बुझाउने मनोवृत्ति नभएका विलासी भाइहरूलाई उनले बेपार गरी खाओ भनी छाडा छोडिदिए।
‘इच्छा जति जति पूरा गर्दै गयो, आगोमा घिउ हाल्दा आगो झन् झन् दन्किए जस्तै इच्छा झन् झन् बढ्दै जान्छ, कहिल्यै त्यो साम्य हुँदैन’ (‘मनुस्मृति’ २।९४ को उल्था) भने जस्तै, राजा महेन्द्रका भाइहरूको वित्तैषणा झन् झन् बढ्दै गयो र त्यसैले गर्दा नेपालको पुराकृति किंवा कलाकृतिको चोरी निकासी हुन थाल्यो।
राजा महेन्द्रले भाइहरूलाई बेपारमा धकेलिदिएको कुराको आलोचना बुबा वारंवार गर्नुहुन्थ्यो। राणाजीहरूले नगरेको कामको शुरूवात अहिले राजाले गराए, त्यसको परिणाम राम्रो हुँदैन भत्रे उहाँको धारणा थियो।
ताहाचलमा राजा महेन्द्रका माहिला भाइ हिमालय (वि.सं. १९७८–२०३७)ले थुप्रै बङ्गला बनाई गोराहरूलाई भाडामा दिएका थिए। त्यो देखेर पश्चिमाहरूको अभिष्यन्दवमनको अर्थात् आफ्ना देशवासीलाई परदेशमा बसाई उपनिवेश बनाउने कामको प्रारम्भ यस्तै यस्तै कामबाट हुन्छ भनी उहाँ भत्रुहुन्थ्यो।
बुबामा राजनीतिको गहिरो चेतना भएकोले प्रायः विदेशी विद्वान्हरू विद्याको लागि मात्रै यहाँ आउँदैनन्, उनीहरूको अरू अरू काम पनि हुन्छ भत्रे उहाँको धारणा थियो। यसैले संस्कृतविद्या वा नेपालको इतिहास र नृतत्त्व आदिको खोजी गर्न आउने विदेशी विद्वान्हरूसँग उहाँ भेटघाट गर्नुहुँदैनथ्यो। उहाँको यस धारणामा कामन्दकको यस वचनबाट पनि बल मिलेको थियो :
‘विद्या पढ्ने र कालीगढीको कामको निहुँले दुवैतिर (स्वपक्ष र परपक्ष)को पैसा खाएका मान्छेसँग सम्बन्ध राखेर कृत्यपक्ष (भड्काउँदा भड्किने मानिस)लाई र त्यहाँका राजाको चेष्टा पनि बुझ्नू। तीर्थ, आ श्रम, देवतास्थानमा तपस्वीको भेष लिएका आफ्ना जासूसहरूसँग शास्त्रको चर्चा गर्ने भनेर भेट गर्नू।’ (कामन्दकीय नीतिसार १३।१३–१४ को उल्था)
उहाँ आयुर्वेदको परम भक्त हुनुहुन्थ्यो। संस्कृतविद्याको एउटा ठूलो शाखा भएर मात्र होइन, आयुर्वेदअनुसार उपचार गर्दा आफ्नो देशको धन आफ्नै देशमा रहन्छ भत्रे उहाँको धारणा थियो। त्यसैले हाम्रो घरमा डाक्टरी औषधि हतपति हुलिँदैनथ्यो। हाम्रो औषधिले काम गरेन, अब तपाईँ डाक्टरी औषधि गर्नुहोस् भनी वैद्यराजले नै नभनेसम्म बुबा आफू र आफन्तहरूको उपचार आयुर्वेदअनुसार नै गराउनुहुन्थ्यो। कालगतिले गर्दा अहिले हाम्रो देशमा आयुर्वेदमा उलटी गङ्गा बगिरहेछ।
कुलायनी ढङ्गले आयुर्वेदको परम्परालाई जीवित राखेका वैद्यहरूलाई हाम्रो शासन झन् झन् पछाडि धकेल्दैछ। उतातिर, आयुर्वेदको औपचारिक शिक्षा पाएको भनी अभिमान गर्नेहरूबाट माखो पनि मर्दैन। डाबर, वैद्यनाथ र धूततापेश्वर जस्ता भारतीय आयुर्वेदीय कम्पनीका औषधि बिकाउनमै आयुर्वेद पढे पनि वैद्य नबनी डाक्टर बनेकाहरू मश्गूल छन्। नेवार राजाको पालादेखिको वैद्यखानामा आयुर्वेदीय औषधि बनाउने काम झन् झन् घट्दै गइरहेको छ। राणाशासनमा दुःखजिलो गरी वैद्यले बनाएर छोडेको, निघण्टुको लेखोट पुस्तक अहिले आएर थुप्रै आयुर्वेदीय डाक्टरहरूको अतिरिक्त पैसा कमाउने भाँडो बनेको छ।
संस्कृतमहाविद्यालयका अध्यापक मेरो बुबाले देशको लागि यति बिदि चिन्ता गर्नुपर्ने जरूरत थिएन, यस्तो अवस्थालाई परिवर्तन गर्न सक्ने शक्ति पनि त उहाँको थिएन। तैपनि उहाँ यस्तो चिन्ता गर्नुहुन्थ्यो, आफ्ना चेलाछोराहरूलाई सुनाउनुहुन्थ्यो। हामी यस्तै यस्तै परिवेशमा हुर्कँदै गयौँ, हामी सबैलाई कमोबेश यस्तै यस्तै भावनाले ग्रस्त गर्दै गयो।
हामी बाबुछोरामा परिवार कसरी चलाउने भत्रे र अर्थनीतिको विषयमा ज्यादै आपत् नपरीकन त्यति साह्रो कुरा हुँदैनथ्यो, खास गरी पढाइको विषयमै बढी कुरा हुन्थ्यो। गृहस्थीका कुराबाहेक, छोरा र चेलाहरूसँग गर्ने कुरामा खास फरक हुँदैनथ्यो। जहिले पनि पढ पढकै रटान हुन्थ्यो, हामीले कति पढ्यौँ, त्यो त अर्कै कुरा हो।
बुबासँग बाबुको रूपमा भन्दा गुरुको रूपमा मेरो बढी सम्बन्ध थियो कि जस्तो अहिले मलाई लाग्छ। हजुर मलाई बोक्नुहोस्, हजुरलाई म राजा भन्छु भनी तैँले सानोमा मलाई भनेको थिइस् भनी मलाई बराबर बुबा सुनाउनुहुन्थ्यो। आफूसरहकालाई उनीहरूका बाबुले बोक्ने, डुलाउने गरेको देखेर मैले यसो भने हुँला। ज्यादै सानो भएकोले होला, मलाई त्यसको सम्झना पटक्कै छैन। यताबाट पनि सामान्यतया बाबुछोरामा हुने जस्तो गाढा सम्बन्ध हामीमा थिएन भत्रे स्पष्ट हुन्छ।
हुन त मेरो बालककालमा र जवानीमा हामी जस्ताको परिवारमा फोटो खिच्ने त्यति चलन थिएन। अहिले यस लेखको सन्दर्भमा बाबुछोरा बसेको फोटोको खोजी गर्दा मैले दुइवटाभन्दा बढी पाउन सकिनँ। मेरो बीस बाइस वर्ष जतिको उमेरको बुबा, भाइ र बहिनीसमेतको एउटा र अर्कोचाहिँ म चालीस वर्ष जति हुँदा दसैँमा टीका लगाएको।
परिवारका अरूहरूसँग पनि बुबाको सम्बन्ध एक प्रकारले भत्रे हो भने विद्यासम्बन्धी नै थियो। छोरीबुहारीहरूलाई पनि उहाँ नियत पाठ दिनुहुन्थ्यो र त्यसै जरियाबाट सम्बन्ध कायम हुन्थ्यो। नातिनातिनाहरूसँगको सम्बन्ध पनि एक प्रकारले भत्रुपर्दा पढाइसम्बन्धी नै थियो। उनीहरूलाई खास गरी छोहरा, काजु, बदाम आदि उहाँ हरदिन खुवाउनुहुन्थ्यो। उनीहरूले खान पाउने शर्त के हुन्थ्यो भने, द्रव्य शाहदेखि वर्तमान राजासम्मको नाउँ खर्र भत्र सक्नुपर्थ्यो। दिनका दिन त्यस्तो खाँदा तिनीहरू पछि वाक्कब्याक्क पनि भए।
नयराज पन्तले नपढ्ने मान्छे मेरो कोठामा नआउनुहोला भनी टाँस्नुभएको थियो भत्रे व्यापक प्रचार छ। तर यो कसरी शुरू भयो भने, मेरी जेठी छोरी त्यस्तै आठ दश वर्षकी हुँदी हो, हजुरबुबाको कोठामा गई चकचक गरेर बस्दी रहिछ। त्यताबाट बुबाको पढाइमा व्यवधान हुँदो हो। पढ्ने भए मकहाँ आइज, नपढ्ने भए नआइज भनी एक दिन उहाँले नातिनीलाई भत्रुभएछ। त्यसो भए यो कुरा टाँसेर राख्नुपर्यो  भनी उसले भनिछ र हजुरबुबाको स्वीकृतिमा त्यसै दिन त्यस्तो लेखी उसले त्यो टाँसिदिइछ। त्यसै वेलादेखि त्यस्तो टाँस्ने चलन चलेछ। टाँसेको पुरानो हुँदै गएपछि बर्सेनि नाग टाँसे जस्तै गरेर त्यस्तो लेखिएको नयाँ कागत बुबाको कोठामा टाँसिन्थ्यो।
यति सबै कुराको सार के हो भने, नयराज पन्त लोकोत्तर हुनुहुन्थ्यो। उहाँ कसका छोरा, कसका बाबु भत्रे तपसीलका कुरा हुन्। सम्पादकशिरोमणि मदनमणि दीक्षित (वि.सं. १९७९ मा जन्म)को शब्दमा भन्दा नयराज पन्त ‘यो शताब्दीको सबैभन्दा अग्लो नेपाली’ हुनुहुन्थ्यो (शेषराज सिवाकोटीद्वारा सम्पादित ‘स्वाभिमानका सगरमाथा नयराज पन्त’, ज्ञानगुनसाहित्यप्रतिष्ठान, काठमाडौँ, २०५९ मा ‘यो शताब्दीको सबैभन्दा अग्लो नेपाली’, ९२ पृ.)।

स्रोत:-  फुर्सद  २४ भदौ २०७५ ११:१८:००  मा https://annapurnapost.com/news/107714 प्रकाशित

No comments:

Post a Comment